शुभशंकर कंडेल ।
केन्द्रीय संसद र प्रादेशिक सभाको निर्वाचन परिणाम सार्वजनिक भइरहंदा बाम गठवन्धन दुुईतिहाईतर्फ उन्मुख देखिएको छ । सत्तारुढ दल कांग्रेस इतिहासमै चुनावी दौडबाट शर्मनाक हार व्योहर्न बाध्य भएको छ । यसको लेखाजोखा हुंदै गर्ला । तर बाम गठवन्धन निर्माण र पार्टी एकताको प्रक्रियाको वरिपरि सक्रिय रहेका दुूईजना पात्रको पनि चर्चा सान्दर्भिक देखिएको छ ।
यस चुनावको हिरो अफ दि इलेक्सन अवश्य नै केपी शर्मा ओली नै हुन् । नेतृत्व, योजना, नारा, सक्रियता र परिणामले पनि सबैभन्दा अग्लो नेता बनाइदिएको छ केपी ओलीलाई । यसको पनि विश्लेषणका अनेक आयाम सुरु भइसककेका छन् ।
लुुजर अफ दि इलेक्सन अवश्य पनि कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा हुन् । केही समय पहिले तात्कालीन प्रधानमन्त्री शुशील कोइरालाका एक जना भित्रियाले भनेका थिए, सुशील दा तपाई नै किन पटक पटक अघि सर्नुहुन्छ ? अब त देउवालाई अघि सारे हुन्न र ? भन्ने जिज्ञासामा कोइरालाले भनेछन् । देउवाका हातमा पार्टी पुुग्यो भने कांग्रसको जरो नै उखेलिनेछ । अनि ति सहयोगी अवाक भएछन् । कोइरालाको अवसान पछि कांग्रेस नेतृत्वलदेउवाकै हातमा पुुग्यो । देउवाका हतामा मात्र पुुगेन कि डा. आरजु राणको कोटरीमा थन्कियो । यो चुनावले त्यही निरश कुरालाई संकेत गरेको छ ।
उसो भए यस चुनावको इडियट को हो त ?
यो चुनावको विश्लेषण पहिले अलिक पृष्ठभूमिमा फर्कनु आवश्यक छ । दुुई वटा बामपन्थी पार्टीबीचको एकताका दन्दुभी परम्परागत रुपमा चल्दै आएको हो । त्यसमा अविराम लागिरहने एकजना पात्र अवश्य पनि बामदेव गौतम नै हुन् भने एकता भनेपछि हाम फालिहाल्ने नेता प्रचण्ड नै हुन् । यसको पनि त्यति धेरै महत्व छैन । गत वर्षको कुनै सांझ ओलीसंग लामो सम्वादमा म ओलीबाट भित्रैदेखि प्रभावित भएं । त्यति खुला, त्यति सहज र आफ्ना कुरा मलाई पत्रकार हो भन्ने पनि हेक्का नगरीकन बताउने नेता सांच्चै केपी ओली नै हो ? जस्तो लाग्थ्यो मलाई । जुुन कुरा डेढ दशकदेखि लगातार प्रचण्डसंग भइरहेका थिए । पात्र फरक भएपनि दुईजनाका स्वभावमा अनेक समानाता देखिएको थियो । कुुराका अनेक आयाममा प्रवेश भयो । म नोस्टाल्जिक बन्दै धेरै पक्षमा सुचित हुने अवसर पाएं । त्यही बीचमा केही दृष्टान्त सहित मैले भनें, ‘के अर्को ५ वर्ष प्रतिपक्षमा नै बसिरहने ? पार्टीभित्रका गुटहरुको धक्कामुक्कीमा कम्युनिस्ट आन्दोलनलाई सिमित गर्ने त ?’ जबाफमा ओलीले आफ्नो चाहना, योजना र उद्धेश्य बताउनुुभयो । त्यसखालका कुराकानी समय मिलेसम्म सिलसिलाकै रुपमा जारी छन् । ओलीले पार्टी एकताको सम्भावनाको नाडी छाम्न सम्भव सबै स्रोतलाई म्याराथुन दौडकै शैलीमा प्रयोग गर्दा बामदेव गौतम नै सबैभन्दा बढी कुदे । गौतमको बेलामौका नारायणकाजीसंग पनि छलफल भयो । प्रचण्डतिरबाट पार्टी एकतामा योगदान गर्न उनले निकै मेहनत गरेका थिए ।
जब पार्टी एकता, एउटै चुनाव चिन्ह र बाबुरामलाई समेत त्यस एकतामा सामेल गर्ने कुरा भयो । अनि केही कुराहरु गडबढ भए । एकदिन कुनै सांझ मैले ओलीलाई बाबुरामलाई जति जान्दथें, त्यो बताउंदै केही सु्झाव समेत दिएं । बाबुरामजीसंगको मेरो भेटघाट र कुराकानीको निकै लामो निरन्तरता कायमै थियो । बाबुरामजी खेर गएकोमा मलाई चिन्ता थियो । यद्यपि उनी देशको प्रधानमन्त्री भइसकेका, सबै विषयका त्रिकालदर्शी राजनीतिककर्मी हुन् । हाम्रो चिन्ताको त्यति धेरै केही अर्थ हुुदैंन । बाबुुरामजी दक्षिणबाट मिसलिड भएको गहिरो पीडामा हुनुहुन्थ्यो शायद । त्यही मेसोमा बाम एकताको पारो तातेका बेला उहांले पनि अवसर छोपिहाल्ने निर्णयमा पु्ग्नुभयो ओलीसंगको तीनवटा अन्तिम छलफलपछि । त्यसले प्रचण्डमा अव्यक्त र नारायणकाजीमा बुुझ्न सकिने गरी छटपटी ल्याइदिएको चर्चा पनि थियो । जुन सर्वथा गलत थियो । प्रचण्डले बाबुुरामलाई एकतामा सहभागी गराउन तयार भएपछि माओवादीभित्र पार्टी एकताको विकास सुुन्दा चक्मा खाएकाहरुको आक्रोशको लाइनमा नारायणकाजी उभिएर एउटै चुनाव चिन्हबाट चुनाव लड्ने कुराबाट प्रचण्डलाई पछि हटाउन सफल भए । त्यसमा अनेक तर्क गरिए । ती सबै कुतर्क थिए । त्यो पछि हटाईमा स्वयं प्रचण्ड खुशी थिएनन् । किन कि पार्टी एकता गरिहाल्ने हतारो ओलीलाई भन्दा प्रचण्डलाई थियो । तर बाबुरामजी सूर्य चिन्हबाट चुनाव लड्न तयार थिए । त्यसले झन माओवादीभित्र छटपटी बढाइदियो । एकता घोषणा सभाको बाबुरामको भाषणले एमाले बरिष्ठ नेताहरुले ओलीलाई घेरे । त्यसको लगत्तै दुई दिनपछि बाबुरामजीलाई एबीसीको आउटलुकमा गरिएको उटा अन्तर्वार्तामार्फत सच्याइयो ।
जब चुनावी सिट तालमेलको कुरा आयो । त्यही विन्दुमा माओवादी पक्षबाट काजी र अर्कातिर बाबुरामले साह्रै बचकना प्रदर्शन गरे । बाबुरामले स्वभाविक रुपमा सूर्य चिन्हबाट गोरखाबाट चुनाव लड्ने दावी गरे । त्यही घानमा माओवादीले कुनै परचक्री वा कांग्रेससंग चुनावी तालमेल गरेकोजस्तो शैलीमा माओवादीले गोरखा छोड्न नसक्ने दाबी गरे । त्यो घानमा बाबुराम र काजी जुधिरहे । यता माओवादीको इरिटेशनबाट मुक्ति खोज्दै बाबुराम फेरि देउवाका शरणमा बालुवाटार गएर पार्टी एकताको महान उद्धेश्यमा बालुवामा पानी खन्याए । त्यस घटनालो ओली र प्रचण्डलाई नराम्रोसंग झस्काएन मात्र कि मन चिसो भएको ओलीले बताउनुुभएको थियो । बाबुराम र काजीले त्यो हदको मुर्खता गर्नुका साटो सरक्क एकजना अर्को ठाउबाट चुनाव लड्ने निर्णय गरिहाल्नु पर्दथ्यो । काजी ललितपुरबाट चुनाव लड्न आएको भए सबैभन्दा राम्रो हुने थियो । अर्कातिर काजीको जुधाई र बाबुरामका अनन्य मित्रहरुको मनोदशा बुुझेर बाबुराम नै काठमाडौंबाट चुनाव लड्न आएको भए उनी नै इलेक्सन अफ दि हिरो हुने निश्चित थियो ।
बाबुराममलाई लाग्दो हो मलाई ओली र प्रचण्डले थोरै दिए । उसो भए उनले के पाए त ? गोरखामा १ र रसुवामा १ प्रदेशको सभासद मात्रै । जब कि बाम गठवन्धनमा त उनका मझौला कार्यकर्ता दर्जनबढीलाई व्यवस्थापन गर्ने सहमति भएकै थियो । खिमलाल देवकोटा, देवेन्द्र पराजुली, कल्पना धमला, नवराज सुवेदी, गंगा नारायण श्रेष्ठ लगयत दर्जन बढी त प्रदेशका मन्त्री बन्नेवाला थिए । अहिले के भयो ? केवल व्याक बेन्चर र हांसोको पात्र होइन र ?
ओली र प्रचण्डले संयुक्त रुपमा र ओलीले एक्लै पनि बाबुरामलाई भनेका थिए । तपाईंलाई सांसद बनाउने जिम्मा हाम्रो भयो भनेर । बाबुरामले गोरखा नभए प्राण नै सकिने गरी र काजीले कुनै दैवसंयोगले गोरखामा जन्म भएका कारण त्यसलाई बपौति मान्न पुुगे । जब कि ताजा रुपमा सम्पन्न स्थानीय तहको चुनावमा ११ तह मध्ये माओवादीले ९ स्थान गुमाएको थियो । काजी गोरखका स्वाभाविक जनप्रतिनिधि हुनै सक्दैनथे । जेसुकै होस् बाबुरामको पवित्र मन थियो भने देशकै नेतृत्व गरिसकेको र सहर बजारमा सबभन्दा बढी रुचाइएको नेता काठमाडौं आउन तयार हुनु पर्ने थियो । बाबुरामले अहिले चुनाव त जिते । तर चुनाव अवधिभर बाबुरामलाई देशभरका जनताले देखेनन् । मिडियामा उनका योजना र सपना कसैले सुुन्न पाएन । किन कि उनी गोरखको हिमाली कन्दरातिर चुनावी फोहरी खेलमा भिडिरहे । यदि काठमाडौंमा बाबुराम त्यो पनि आफु सहमत भईसकेको सूूर्य ध्वजाबाहक हुंदा झापाका ओली वा चितवनका प्रचण्डकै हाराहारीमा उनलाई जनताले सुन्न पाउने थिए । अर्कातिर मानिसहरुका मनमा बाबुराममाथि अरु कसैको रहेछ भन्ने कलंक पनि त लाग्ने थिएन । व्यक्तिगत इगो नै भएको भए काजी पाटन र बाबुराम काठमाडौं आएर गोरखामा अरुलाई नै उमेदबार बनाएको भए पनि त हुने थियो । राजनीतिककर्मी हुनुका नाताले तत्कालै दिर्घकालको सोच राख्न नसक्ने हो भने किन आफूलाई अरु भन्दा जान्ने सुन्ने ठूलो नेता हुं भन्ने ?
त्यसैगरी काजी ललितपुर आएको भए संसदभित्रको झण्डै दुई तिहाईको भीडको पहिलो लहरमा हुने थिएनन् र ? बाबुरामलाई देखाइदिने भन्ने ध्याउन्नमा काजीले नराम्रोसंग पृथ्बी घुमिरहेको देख्ने भए । उता माओवादीलाई देखाइदिने जिरहमा बाबुरामले संदसदको अन्तिम बेन्चमा आफैलाई हेर्न क्यामेरालाई हात उठाउने बाहेक त के देखाए र ?
तसर्थ काजीले जे देखे वा देखाउन् । उनीसंग ठूलो पार्टी छ । झन ठूलो बन्दै छ । त्यसले नै जिम्मा लेला । तर बाबुरामजीले अझै पनि असोज १७ गतेको सार्वजनिक घोषणामा नै फर्कनु सबैभन्दा बुद्धिमानी हुनेछ । बाबुुरामको बाबुरामलाई नै नभए पनि देशलाई अझै खांचो छ भन्ने जमात बामपन्थीहरुभित्र धेरै छ । ओली र प्रचण्डलाई सघाउंदा बाबुरामलाई जति स्वाद आउला तर विनोद चौधरीको गफ सुन्दा त साह्रै लाजमर्दो हुंदैन र भन्या ? यसकारण भन्न सकिन्छ झण्डै दुुई तिहाईको बामपन्थी सरकार बन्दा बाबुरामजी संसदभित्र खोज्न पर्ने अवस्थामा र काजी शायदै सडकमै पनि खोज्न पर्ने अवस्था सिर्जना गर्नमा सबैभन्दा बढी भूमिका उनीहरुको हो । त्यसकारणले यसपटकको चुनावको इडियट को दर्जाका लागि बाबुराम र काजीलाई राख्नु अर्घेल्याईं होला र ? आगे कदम बाबुराम र काजीकै ।
2074/08/24
प्रतिक्रिया दिनुहोस्