सन् १९४६ जुन १४ मा न्युयोर्क शहरको क्विन्समा जन्मेका डोनाल्ड ट्रम्पले पेन्सलभेनिया विश्वविद्यालयको वार्टन स्कूलबाट अर्थशास्त्रमा स्नातक डिग्री प्राप्त गरेका थिए । सन् २०१६ मा रिपब्लिकन पार्टीको तर्फवाट राष्ट्रपति पदको उम्मेद्वार बनेका उनी डेमोक्रेटिक उम्मेद्वार हिलारी क्लिन्टनलाई पराजित गर्दै अमेरिकाको ४५ औ राष्ट्रपतिमा निर्वाचित हुन सफल भएका थिए ।
सुधार प्रयास
कोभिड १९ को विश्वव्यापी महामारीलाई हटाउन राष्ट्रपति ट्रम्पले दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो राष्ट्रिय परिचालन शुरू गरे। ट्रम्प प्रशासनले अमेरिकी इतिहासमा आर्थिक राहतको सबैभन्दा ठूलो प्याकेज लागू गरेको छ, विश्वको सबभन्दा उन्नत परीक्षण प्रणालीको निर्माण गरेको छ, लाखौंको ज्यान बचाउन प्रभावकारी चिकित्सा उपचारको विकास गरेको छ र समयमा खोप वितरण गर्न र भाइरसलाई हराउन द्रुत अपरेशन सुरु गरेको छ। ।
उनले आफ्नो कार्यकालमा रेकर्ड –सेटिंग ट्याक्स कटौती र नियमन कटौती पारित गरे, ऊर्जा स्वतन्त्रता प्राप्त गरे, नाफ्टालाई संयुक्त राज्य अमेरिका९मेक्सिको९क्यानाडा सम्झौतामा प्रतिस्थापित गरे, सेनालाई पूर्णरूपमा पुनर्निर्माण गर्न २ खर्ब डलर लगानी गरे, अन्तरिक्ष बल शुरू गरे, आईएसआईएसबाट खलिफाटलाई हटाए, मध्यपूर्व क्षेत्रमा शान्तिको लागि बिशेष सफलता प्राप्त गरे, द्विपक्षीय फौजदारी न्याय सुधारमा हस्ताक्षर गरे, लागूऔषधको मूल्य घटाए, मेडिकेयर र सामाजिक सुरक्षालाई सुरक्षित गरे ।
आफ्नो राष्ट्रपति पक्षमा ट्रम्पले सुरक्षा चिन्ताको उद्धरण गर्दै धेरै मुस्लिम बहुल देशका नागरिकहरूमाथि यात्रा प्रतिबन्धको आदेश दिए । व्यक्ति र व्यवसायका लागि कर कटौती प्याकेज लागू गरे । विदेशनीतिमा ट्रम्पले ट्रान्स९प्यासिफिक पार्टनरशिप ट्रेड वार्ता, मौसम परिवर्तन सम्बन्धमा पेरिस सम्झौता र इरान आणविक सम्झौताबाट संयुक्त राज्य अमेरिकालाई फिर्ता लिने निर्णय गरे ।
उत्तर कोरियाली नेतासँग भेट
उत्तरी सिरियाबाट अमेरिकी सेनाहरू फिर्ता बोलाए । ट्रम्पले उत्तर कोरियाली नेता किम जोंग उनसँग तीन पटक भेट गरे, वार्ता सकारात्मक भए पनि एजेण्डाले तात्विक सफलता हात पार्न सकेन । स्वास्थ्य अधिकारीहरूको कोभिडसम्बन्धी धेरै सिफारिशहरूको खण्डन गरे र अप्रमाणित उपचार र परीक्षणको उपलब्धताको बारेमा गलत जानकारी प्रचार गरे ।
राष्ट्रपति ट्रम्प ओबामाकालमा पारित भएको अफोर्डेबल केअर एक्ट (एसीए) खारेज गर्न चाहन्छन । यो कानुन अनुसार निजी स्वास्थ्य बीमा प्रणालीमा सङ्घीय सरकारको नियन्त्रण बढाइएको थियो। त्यसका साथै उक्त कानुनले पहिलेदेखि नै बिरामी भएका मानिसहरूलाई बीमाको हिस्सा नबनाउने कार्यलाई गैरकानुनी बनाइदिएको थियो ।ट्रम्पले यसमा सुधार गरेर संशोधन गर्न चाहन्छन् ।उनको प्रमुख लक्ष्य औषधिको मूल्य कम गर्नु हो जसका लागि उनी बाहिरी देशबाट सस्तो दरमा औषधि आयातको अनुमति दिन चाहन्छन् ।
राष्ट्रपति ट्रम्पले १० महिनामा एक करोड रोजगारीको अवसर सिर्जना गर्ने प्रतिबद्धता जनाएका थिए भने उनले १० लाख नयाँ साना उद्योगहरू स्थापना गर्ने लक्ष लिएका िथए।ट्रम्प आयकरमा कटौती गर्न र कम्पनीहरूलाई अमेरिकामा रोजगारी कटौती नगर्न प्रोत्साहित गर्न ’ट्याक्स क्रेडिट’ दिन चाहन्छन् ।
राष्ट्रपति ट्रम्पले २०२० जनवरीमा कोरोना भाइरससम्बन्धी एउटा कार्यदल गठन गरे जसको मुख्य उद्येश्य मानिसहरूको सुरक्षा र देशको अर्थतन्त्र कसरी खोल्ने भन्नेमा केन्द्रित छ । उनले कोरोना भाइरसको उपचार र खोप विकासलाई पनि प्राथमिकतामा राखेका छन् र त्यसका लागि १० अर्ब डलर छुट्ट्याएका थिए ।
ट्रम्पले विदेशमा रहेका अमेरिकी सैनिकहरूको सङ्ख्या घटाउने पहल कदमी चालेका छन् । उनले अन्तर्राष्ट्रिय गठबन्धनहरूलाई चुनौती दिने कार्य जारी राख्ने र चीनमाथिको व्यापार शुल्कलाई निरन्तरता दिने नीति लिएका छन् ।राष्ट्रपति ट्रम्प जलवायु परिवर्तनलाई लिएर सधैँ सन्देह व्यक्त गर्छन त्यसैले उनी गैर –नवीकरणीय ऊर्जाको विस्तार गर्न चाहन्छन्।उनको लक्ष्य ग्यास र तेल निकाल्ने कार्य बढाउने र वातावरण संरक्षण सम्बन्धी सुरक्षा प्रबन्धहरू फिर्ता लिने रहेको छ।उनी पेरिस जलवायु सम्झौताबाट पनि पछि हट्न लागिपरेका छन्।
राष्ट्रपति ट्रम्प ओबामाकालमा पारित भएको अफोर्डेबल केअर एक्ट (एसीए) खारेज गर्न चाहन्छन । यो कानुन अनुसार निजी स्वास्थ्य बीमा प्रणालीमा सङ्घीय सरकारको नियन्त्रण बढाइएको थियो। त्यसका साथै उक्त कानुनले पहिलेदेखि नै बिरामी भएका मानिसहरूलाई बीमाको हिस्सा नबनाउने कार्यलाई गैरकानुनी बनाई दिएको थियो ।ट्रम्पले यसमा सुधार गरेर संशोधन गर्न चाहन्छन् ।उनको प्रमुख लक्ष्य औषधिको मूल्य कम गर्नु हो जसका लागि उनी बाहिरी देशबाट सस्तो दरमा औषधि आयातको अनुमति दिन चाहन्छन्।
अमेरिकालाई हेर्ने विश्वको नजर
चार वर्षअघि राष्ट्रपति बन्दै गर्दा ट्रम्पले अमेरिकालाई विश्वको सबैभन्दा महान मुलुक बनाउने उद्घोष गरेका थिए । यद्यपि १३ मुलुकमा गरिएको हालैको एक अध्ययनले भने उनले अमेरिकालाई महान बनाउने दिशामा खासै केही गर्न नसकेको देखाएको छ । सो अध्ययनले अमेरिकाप्रतिको सकारात्मक धारणा २० वर्षयताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको उल्लेख गरेको छ । अध्ययनका अनुसार बेलायतमा ४१ प्रतिशतले अमेरिकाप्रति सकारात्मक धारणा राख्दा फ्रान्समा ३१ तथा जर्मनीका केवल २६ प्रतिशतले अमेरिकाप्रति सकारात्मक धारणा राखेका थिए ।
आप्रवासी नीतिमा कडाइ
ट्रम्पको कार्यकालमा अमेरिकामा आउने आप्रवासीमा कडाइ गरिएको थियो । पदको शपथ लिएको केही सातामा नै ट्रम्पले सात मुस्लिम मुलुकबाट अमेरिका भ्रमणका लागि आउने मानिसहरुमा कडाइ गरेका थिए । जसको व्यापक आलोचना भयो । अहिले यो कडाइको सामना गर्ने मुलुकको संख्या १३ पुगेको छ । सन् २०१९ को तथ्यांक अनुसार सन् २०१६ को तुलनामा विदेशमा जन्मिएका अमेरिकामा बस्ने मानिसको संख्या तीन प्रतिशतले बढी छ । यद्यपि अमेरिकामा आप्रवासीको वृद्धिदर भने उनको कार्यकालमा घटेको छ ।
ट्रम्पको कार्यकालमा मेक्सिकोमा जन्मिएर अमेरिकामा बसोबास गर्नेको संख्यामा भने कमी आएको छ । तर, बाँकी ल्याटिन अमेरिकाबाट आएर अमेरिकामा बसोबास गर्नेको संख्यामा भने वृद्धि भएको छ । साथै उनको कार्यकालमा अमेरिकामा आउने शरणार्थीको संख्यामा पनि निरन्तरको कमी देखिएको छ ।
जलवायु परिवर्तनको मुद्दाबाट बाहिरिनु
सन् २०१५ मा फ्रान्सको पेरिसमा जलवायु परिवर्तन न्यूनीकरणका लागि भएको सम्झौताबाट ट्रम्पले बाहिरिने निर्णय गरेका थिए । यो निर्णयले विश्व राजनीतिमा हलचल ल्यायो । अहिले जलवायु परिवर्तन न्यूनीकरण गर्ने सम्झौतामा आबद्ध मुलुकको नेतृत्व चीनले गरिरहेको छ । ट्रम्पले भने जलवायु परिवर्तनको मुद्दालाई बेवास्ता गर्दै आएका छन् । उनले जलवायु परिवर्तनको न्यूनीकरणको लागि चालिएको कदमले अमेरिकालाई ठूलो नोक्सानी हुने भन्दै यसबाट बाहिरिने निर्णय गरेका थिए ।
इरानसँग युद्ध नजिकको सम्बन्ध
ट्रम्पको कार्यकालमा अमेरिकाको इरानसँग लगभग युद्धको अवस्था आयो । उनले इरानसँगको आणविक सम्झौताबाट बाहिरिँदै इरानमाथि प्रतिबन्धको निर्णय गरेसँगै तनाव बढेको थियो । यसै क्रममा अमेरिकाले इरानका सबैभन्दा शक्तिशाली अधिकारी कासिम सुलेमानीको इराकमा हत्या ग¥यो । त्यसको जवाफमा इरानले इराकमा रहेको अमेरिकी क्याम्पमा मिसाइल आक्रमण ग¥यो । यो आक्रमणमा एक सयभन्दा धेरै अमेरिकी सेना घाइते भएका थिए ।यस्तोमा विश्लेषकहरुले इरान–अमेरिका युद्धको अवस्थामा पुगेको बताएका थिए । वास्तवमा उनीहरुको बीचमा युद्ध त भएन, तर धेरै निर्दोष मानिसहरुले यो तनावका क्रममा ज्यान गुमाएका थिए । तनाबका क्रममा इरानले भुलवस युक्रेनको विमानलाई मिसाइल हानी खसाएको थियो । जसमा सवार १७६ जनाको मृत्यु भएको थियो ।
अमेरिकाको ‘अन्त्यहीन युद्ध’ र मध्यपूर्वको सम्झौता
सन् २०१९ को फेब्रुअरीमा ट्रम्पले महान राष्ट्रले ‘अन्त्यहीन युद्ध’ नलड्ने भन्दै सिरियाबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णय गरे । त्यसका साथै उनले इराक र अफगानिस्तानबाट पनि आफ्ना सैनिक फिर्ता गर्ने निर्णय गरे तर उनले आफ्नो पदभार सुरु गर्दा जहाँ जहाँ अमेरिकी सैनिक थिए, त्यहाँ अहिले पनि अमेरिकी सैनिकहरु छन्, तर संख्या भने घटेको छ । साथै मध्यपूर्वको अमेरिकाको रणनीतिमा पनि ट्रम्पको कार्यकालमा उल्लेख्य परिवर्तन देखिएको छ । सन् २०१८ मा ट्रम्पले जेरुसलेमलाई इजरायलको राजधानीको मान्यता दिँदै अमेरिकी दुतावास जेरुसलेममा सार्ने निर्णय गरेका थिए । गत महिना अमेरिकालाई साथ दिँदै यूएई र बहराइनले पनि इजरायलसँग सम्झौता गरेका थिए । यी दुई मुलुकहरु इजरायल स्वतन्त्र भएपछि उसलाई मुलुक मान्ने तेस्रो र चौथो मुलुक हुन् । ट्रम्पका समर्थकले यसलाई उनको प्रशासनको सबैभन्दा ठूलो कूटनीतिक उपलब्धि भएको बताउँदै आएका छन् ।
व्यापार सम्झौताबाट बाहिरिने निर्णय
ट्रम्पले आफ्नो कार्यकाल सुरु गरेको केही समयमा नै १२ मुलुकसँगको ट्रान्स प्यासिफिक पार्टरसिप सम्झौताबाट बाहिरिने निर्णय गरेका थिए । यो सम्झौताबाट अमेरिका बाहिरिँदा चीनलाई सबैभन्दा फाइदा पुगेको बताइएको छ । यो सम्झौतामा अमेरिका चीनको एसिया–यासिफिक क्षेत्रमा बढ्दो प्रभाव नियन्त्रणको लागि समावेश भएको थियो । यद्यपि ट्रम्पका समर्थकहरुले भने यो सम्झौताबाट बाहिरिँदा अमेरिकाको धेरै रोजगारी बाहिर जानबाट जोगिएको बताएका छन् ।
त्यस्तै ट्रम्पले उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतालाई पनि अहिलेसम्मकै सबैभन्दा खराब सम्झौता भन्दै पुनः वार्ता गरेका थिए । उनले व्यापारमा लिएको नीतिको कारण अमेरिकाको चीनसँग व्यापारयुद्ध सुरु भएको थियो । जसको कारण अहिले दुबै मुलुकले एक अर्काका अर्बौं डलरका सामान माथि अतिरिक्त भन्सार शुल्क लगाएका छन् । सन् २०१९ मा अमेरिकाको चीनसँगको व्यापार घाटा सन् २०१६ को तुलनामा केही कम देखिएको छ । जसका कारण ट्रम्पले लगाएको अतिरिक्त भन्सारबाट बच्न अमेरिकी कम्पनीले चीनबाट कम सामान खरिद गर्नु हो ।
चीनसँगको बढ्दो तनाव
ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएसँगै चीनप्रति अनुदार नीति अपनाउँदै आएका थिए । राष्ट्रपतिमा निर्वाचित भएसँगै उनले ताइवानकी राष्ट्रपतिसँग फोन वार्ता गरेका थिए । यससँगै अमेरिकाको चीनसँगको तनाव सुरु भएको थियो । त्यसयता अहिले अमेरिका–चीन सम्बन्ध अहिलेसम्मकै कमजोर बनेको छ । अमेरिकाले चीनमाथि दक्षिण चीन सागरको मुद्दा उठाउने, चिनियाँ सामानमाथिको अतिरिक्त कर बढाउने, लोकप्रिय चिनियाँ एपमाथि अमेरिकामा प्रतिबन्ध लगाउनेजस्ता कदम चालिरहेको छ । साथै कोरोना भाइरस (कोभिड–१९) लाई पनि ट्रम्पले ‘चिनियाँ भाइरस’को संज्ञा दिएसँगै दुई मुलुकको सम्बन्ध थप कमजोर बनेको थियो ।
अन्तमा
ट्रम्पको चारवर्षे कार्यकाल कति सफल कति असफल भयो त्यो त समयले देखाउला तर उनको राष्ट्रियताप्रतिको लगाव साँच्चै नै उदाहरणीय बनेको छ । उनले अमेरिकाको नाम रोशन गर्ने तथा अमेरिकी नागरिकहरुको हितको लागि जस्तोसुकै चुनौती सामना गर्न पनि तयार देखिए । राष्ट्रपति ट्रम्पले देशको सुरक्षा र अन्तरिक्षमा अमेरिकाको उपस्थिति थप प्रभावकारी बनाउन अन्तरिक्षमा अमेरिकी सेनाको शाखा विस्तार गर्ने घोषणा गर्नु अमेरिका तथा अमेरिकी नागरिकहरुको लागि गौरवको विषय हो । अमेरिकी नागरिकहरुको लागि चन्द्रमाको यात्रा सहज बनाउन तथा मंगल ग्रहमा आफ्ना नागरिकलाई पु¥याउने सपना देख्नु ट्रम्पको राष्ट्र र राष्ट्रियताको सवालमा अवश्य गौरवपूर्ण कार्य हो जसबाट एउटा नागरिकको लागि आफूभन्दा राष्ट्र र राष्ट्रियता ठूलो हो भन्ने कुरा उनले प्रमाणित गरिदिएका छन् ।
प्रतिक्रिया दिनुहोस्