ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्कको अध्यक्ष मुलुकको हैसियतमा खेलेको भूमिकाप्रति पाकिस्तानद्वारा नेपालको प्रशंसा


एबीसी / संवाददाता
२५ मंसिर २०७७, बिहिबार   ४ : ०६   बजे

काठमाडौं, २५ मंसिर । दक्षिण एसियाली सहयोग संगठन (सार्क) को अवरुद्ध शिखर सम्मेलन छिटो आयोजना गर्नका लागि नेपालले गरिरहेको पहलको पाकिस्तानले स्वागत गरेको छ । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँगको भेटमा पाकिस्तानका विदेश सचिव सोहेल मोहमदले यस्तो धारणा ब्यक्त गर्नुभएको हो ।

‘सार्क प्रक्रियालाई अगाडि बढाउन सार्कको अध्यक्ष मुलुकको हैसियतमा खेलेको भूमिकाप्रति विदेश सचिवले प्रशंसा गर्नुभएको छ,’ पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ । भेटमा नेपाल र पाकिस्तानको बीचमा रहेको बहुआयामिक सम्बन्धको बारेमा छलफल भएको मन्त्रालयले उल्लेख गरेको छ।

सन् २०१४ यता सार्कको कुनै पनि शिखर सम्मेलन हुन सकेको छैन । सन् २०१६ मा पाकिस्तानको राजधानी इस्लामावादमा तय भएको सार्कको १९ औं सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको थियो । यतिबेला सार्कको अध्यक्षता नेपालले गरिरहेको छ भने सार्क सम्मेलनको आयोजक मुलुक पाकिस्तान हो । नेपालले सार्क सम्मेलन सकेसम्म चाँडो गर्नका लागि अन्य सदस्य मुलुकहरुसँग आग्रह गरिरहेको छ तर सहमति जुट्न सकेको छैन ।

काठमाडौंमा सन् २०१४ मा सम्पन्न शिखर सम्मेलनपछि नियमित रूपमा पाकिस्तानमा हुनुपर्ने शिखर सम्मेलन अहिलेसम्म हुन नसकेपछि सार्क कोमामा गएको हो । सार्क कोमामा जानुपछाडिका प्रमुख कारणहरू भारत र पाकिस्तानबीच देखिएका आन्तरिक समस्याहरू नै प्रमुख हुन् । त्यसो त सार्कको स्थापना नै शंकाको आधारमा भएको हो । त्यही भएर सुरुआतीका दिनदेखि आजसम्म नियमित शिखर सम्मेलनबाहेक यसले खासै उल्लेखनीय भूमिका निर्वाह गर्न सकेको छैन ।अहिले कोरोनाले ल्याएको मानव विपद्ले बेहोसजस्तै भएको सार्क ब्युँझिहाल्ला भन्न सकिने अवस्था देखिँदैन । नियमित रूपमा सम्मेलन भइदिएको भए सार्कको अध्यक्ष मुलुक पाकिस्तान हुँदै यतिवेला श्रीलंका हुनुपर्ने थियो ।

सार्कको २०औँ सम्मेलन श्रीलंकामा सम्पन्न भएर ०७७ मा अफगानिस्तानले सम्मेलन आयोजना गर्ने अवस्था हुन्थ्यो । ०७३ कात्तिकमा पाकिस्तानमा १९औँ सम्मेलन सम्पन्न हुन्थ्यो भने ०७५ कात्तिक÷मंसिरमा श्रीलंकाले सम्मेलन सम्पन्न गरिसक्नुपर्ने थियो । तर, भारत र पाकिस्तानको विवादका कारण १९औँ सम्मेलन नै अनिश्चित छ । 

काठमाडौंमा १०–११ मंसिर ०७२ मा सम्पन्न सार्कको १८औँ शिखर सम्मेलन (१०–११ मंसिर २०७१) ले ०७३ कात्तिक २४ र २५ गते पाकिस्तानमा १९औँ सम्मेलन गर्ने र नेपालले पाकिस्तानलाई अध्यक्षता हस्तान्तरण गर्ने निर्णय गरेको थियो । तर, सम्मेलनको मितिभन्दा दुई महिनाअघि (२ असोज ०७३) भारतको उरीमा १९ जना भारतीय सैनिकको ज्यान जाने गरी आतंककारी हमला भयो । त्यसपछि रोकिएको सार्क सम्मेलन भारत र पाकिस्तानबीच सम्बन्ध चिसिँदै गएका कारण अझै अनिश्चित छ । १९८५ डिसेम्बरमा सात राष्ट्र रहेर स्थापना भएको सार्कमा सुरुमा सात मुलुक रहे पनि सन् २००७ अप्रिलमा १४औँ शिखर सम्मेलनबाट अफगानिस्तान थपिएको थियो । सार्कमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, मालदिभ्स, पाकिस्तान र अफगानिस्तान सदस्य छन् । युरोपियन युनियन, चीन, जापान, इरानसहित सार्कका नौवटा पर्यवेक्षक मुलुक छन् । सार्क सचिवालयमा महासचिवबाहेक आठै देशका निर्देशक (उपसचिव तहका) कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu