ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किसानको पीडा : सातवर्ष भयो चारलाख लिन बाँकी, पैसा नपाएपछि हामी बालबच्चालाई कसरी कापीकलम दिने ?


एबीसी / संवाददाता
१ पुस २०७७, बुधबार   ४ : ११   बजे

काठमाडौँ, १ पुस । चिनी उद्योगले खरिद गरेको उखुको भुक्तानी नदिएपछि यतिबेला उखु किसानहरु काठमाडौँको माइतीघरमा धर्ना दिइरहेका छन् । सर्लाही रामनगर गाउँपालिका–१ का वयोवृद्ध किसान गगनदेव यादव पनि त्यहीँ भेटिनुभयो ।
उमेरले ७० वर्षका उहाँ छातीमा पोस्टर झुण्ड्याएर चिसो सडकमा पलेँटी कसेर बस्दैहुनुहुन्छ । अन्नपूर्ण सुगर मिलले खरिद गरेको उखुको भुक्तानी नपाएपछि सरकारले पहल गरिदेओस् भनी आन्दोलनमा आएको उहाँले सुनाउनुभयो ।
उहाँले सर्लाहीमा दुई बिगाहा जमिनमा उखु खेती लगाउनुभएको छ । नगद आम्दानीको एक मात्र स्रोत यही उखु खेती भएको बताउँदै उहाँले भन्नुभयो, ‘चार लाख रुपियाँ लिन बाँकी छ । २०७० सालदेखिको आज दिन्छु, भोलि दिन्छु भन्ने भाका कुर्दा कुर्दै यत्रो समय बित्यो । कहिले दशैँमा दिन्छु भन्छन्, छठमा दिन्छु भन्छन् । तर पैसा पाइनँ ।’
‘हामी उखु उधारोमा बेच्छौँ तर चिनी नगदमा बिक्री हुन्छ । हामीलाई आफ्नो उखुको मूल्य तिर्न किन यति आनाकानी ?’ उहाँले दुखेसो पोख्नुभयो ।
२०७२ सालमा कृषि विकास बैंकबाट दस लाख रुपियाँ ऋण लिएको उहाँले सुनाउनभयो । उहाँले भन्नुभयो, ‘बैंकले सूचना निकालिरहन्छ । तिर्न नसके मेरो घरजग्गा नै लिलाम गर्छ ।’‘गाउँमै पनि चिनी उद्योग हामीलाई कहिल्यै सुनेन । त्यसैले सरकारले हामीलाई आफ्ना उखुको मूल्य दिलाउन सहयोग गरोस् भनी बिन्ती गर्न यहाँ आएको हो ।’ उहाँले भन्नुभयो ।

दस जना नातिनातिनीलाई खुवाउने र पढाउने सबैको भर यही उखु खेती भएको यादवले बताउनुभयो । ‘त्यही पैसा पनि समयमा नपाएपछि हामी बालबच्चालाई कसरी कापीकलम दिने ?’ उहाँले प्रश्न गर्नुभयो ।

उखुको पैसा पाए सधैँ बर्खामा डुबिरहने बासलाई सुरक्षिँत बनाउने उहाँको आशा छ । यादवले भन्नुभयो, ‘अझै मेरो घरअगाडि पानी छ । नातिनातिनीहरु पानीमा डुब्ला भन्ने ठूलो चिन्ता छ । पैसा आए बासको व्यवस्था पनि गर्न सकिन्थ्यो ।’

गाउँमा वडाध्यक्ष, सांसद, नेता सबैलाई भन्दा पनि समस्या समाधान नभएको उहाँको गुनासो छ । उखु किसानले पटक पटक गरेको आन्दोलनमा उहाँ काठमाडौँ आउनुभएको छ । अब भने उधारो सहमति गरेर नजाने उहाँलगायत किसानको अडान छ ।
‘जति दिन लागोस्, म यहीँ बस्छु । भुक्तानी नलिई त घर फर्किन्नँ । आन्दोलन गरी पनि पैसा नलिई घर गए गाउँमा बेइज्जत हुन्छ मेरो ।’ उहाँले सुनाउनुभयो ।

अहिले किसानहरुको नेतृत्व गरी काठमाडौँ आउनुभएका उखु किसान संघर्ष समितिका संयोजक रामस्वार्थ रायका अनुसार गत वर्षको माघ ७ गतेसम्म भुक्तानी दिने भनी गरिएको सम्झौला चिनी उद्योगहरुले कार्यान्वयन गरेनन् । चैतसम्म पनि सबै भुक्तानी नपाएपछि गत चैत ६ गते पनि किसानहरु काठमाडौँ आएका थिए । संयोजक यादवका अनुसार त्यतिबेला कोरोना संक्रमण र लकडाउनका कारण चैत ८ गते नै किसानहरु फर्किए । अब भने भुक्तानी नपाई किसानको आन्दोलन नरोकिने रायले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

राज्यको तमासा : सुकुम्वासीको आत्महत्या हुँदै आत्मदाहको त्रसित बाटो

डोजरको त्रास : सुकुम्वासीको जीवनमाथि राज्यको ‘निर्मम खेल’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu