ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाका दुबै समूहका भेला र बैठक आज पनि : कुन नेकपाले पाउँछ वैधानिकता ?


एबीसी / संवाददाता
१२ पुस २०७७, आइतबार   १२ : १७   बजे

काठमाडौं,  १२ पुस ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुबै समूहले आजपनि आफ्ना आन्तरिक भेला र बैठक जारी राखेका छन् । विभाजन भएपछि त्यसको औचित्य र भावी रणनीतिका बारेमा सबै तहका कमिटी र नेता कार्याकर्तालाई जानकारी दिन दुवै समुहले भेला र बैठकको क्रमलाई तिब्रता दिएका हुन । नेकपाको केपी ओली समूह र प्रचण्ड–नेपाल समूहले विभाजन लगत्तै केन्द्रीय समिति हुँदै सबै तहमा भेला र बैठकलाई निरन्तरता दिएका छन । ओली समूहले आज जनवर्गीय संगठनहरुको भेला आयोजना गरेको छ । त्यस्तै जिल्ला र प्रदेशस्तरीय कार्यकर्ता भेला पनि आयोजना गरेको छ । पार्टी निकट विद्यार्थी संगठनको बैठक पनि आजै बोलाइएको छ । प्रचण्ड–नेपाल समूहले भने देशभर कार्यकर्ता भेलाको आयोजना गरेको छ । प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने माग राख्दै आन्दोलनरत समूहले भेलाको कार्यक्रम यसअघि नै तय गरिसकेको थियो । दुबै समुहले केन्द्रदेखि स्थानीय तहसम्म नेता कार्यकर्ता आफुतर्फ तान्न अहोरात्र प्रयास गरिरहेका छन ।

दुबै गुटले फरक फरक बैठक गरेर एकअर्कामाथि अवैधको आरोप लगाइसकेका छन्। प्रचण्डले बालुवाटारको बैठकलाई गुट भेला भनेका छन् भने ओलीले आफ्नो उपस्थिति बिना नेकपाको बैठक नै नबस्ने भन्दै कार्की ब्यांक्वेटको बैठकलाई अवैधानिक भनेका छन्। दुबै समूहले एकअर्कालाई अवैधानिक भनेकाले अब पार्टीको नाम, चुनाव चिह्न, झण्डाका विषयमा विवाद हुने निश्चित जस्तै बनेको छ। दुबै पक्षले आफूलाई वैध दावी गरेपछि कानून अनुसार यसको छिनोफानो निर्वाचन आयोगले गर्ने व्यवस्था छ। अब निर्वाचन आयोगमा दुबै समूहले दावी पेश गरेपछि आयोगले लिने निर्णय महत्वपूर्ण हुनेछ। निर्वाचन सम्बन्धी ऐनका अनुसार बहुमत केन्द्रीय सदस्यले गरेको निर्णयले वैधता पाउने देखिन्छ। तर, निर्वाचन आयोगले निर्णय नगर्दासम्म यस्तै हुन्छ भन्न सकिने अवस्था छैन।

दल सम्बन्धी ऐन २०७३ मा भनिएको छ, ‘(१) दफा ४३ बमोजिम दलको नाम, छाप, झन्डा वा चिन्ह सम्बन्धी विवाद भएको त्यस्तो नाम, छाप, विधान, झन्डा वा चिन्ह दाबी गर्ने दलले र दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता सम्बन्धी विवाद भए त्यस्तो पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता दाबी गर्ने पक्षले दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षर सहित विवाद प्रारम्भ भएको तीस दिन भित्र आयोग समक्ष आधार तथा प्रमाण सहित दाबी पेस गर्नु पर्नेछ।’

नेकपाको अन्तरिम विधानमा बैठक बोलाउने विषयमा अध्यक्षको परामर्शमा महासिचबले बैठकको कार्यसूची बनाउने र बैठक बोलाउन व्यवस्था छ। यस्तै दुई अध्यक्षले कुनै कमिटीको बैठकका लागि आपसी सल्लाहामा सँयुक्त वा एकल रुपमा बैठकको अध्यक्षता गर्ने वा कुनै एक अध्यक्ष उपस्थित नभएमा अर्को अध्यक्षले बैठकको अध्यक्षता गर्ने व्यवस्था गरिएको छ।

.

 

निर्वाचन आयोगले गरेको निर्णयमा चित्त नबुझे यो विषय सर्वोच्च अदालतसम्म पुग्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group