ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीलेनै संसद पुन:स्थापना गर्नुभयो !


शारदा शर्मा
१३ पुस २०७७, सोमबार   ६ : १२   बजे

शहरमा जताततै आगो बल्ने तयारी हुँदै थियो । गुट फुट र जुटमा नै त छ राजनीति । समय लामो कुर्न पनि परेन । तीन बर्षमा आफ्नै नेतृत्वको छाला काढेर कुर्सी तयार गर्न कतिपय पार्टीकै नजिकका बनेर लाग्नु भयो साथीहरु । लामो समय पार्टीगत राजनीति छोडेका भए पनि हाम्रो लागि यो एकता निकै महत्वपूर्ण थियो । जसरी हुन्छ सहयोग गरियो या गरिएन रिजल्ट नै राम्रो नआएपछि दुःख लाग्नु स्वाभाविक थियो । जनताको लागि काम गर्न भनेर झोला बोकेर हिंडेका टाठाबाठाहरुले जे होस् राम्रैसँग दुनो सोझ्याएको देखेकैछन् जनताले । फेरि राजनीति सोझो रेखामा पनि नहिंड्ने रहेछ ।

शारदा शर्मा

एक्कासी ब्यबस्थानै लकडाउनमा पर्दा मन अमिलो बन्यो । कसैसँग बोल्न मन पनि थिएन । रिस तिनै मानिसहरुसँग उठ्यो जस्ले जनताको लागि काम गर्छौ भनेर जनतालाई नै धरापमा पार्ने काम गरे । समाचार हेर्ने र सुन्ने रुचि घटिसकेको थियो । सडक तताउनेहरु कति आफ्ना थिए कति त पराई पनि थिए । बिदेश जाँदा नेपाली भनेपछि असाध्यै आफ्नो लाग्ने जहाँसुकैको होस । ठ्याक्कै अबस्था त्यस्तै लाग्ने थियो । अनेक कुराहरु गुन्दै जादाँ कतैबाट मनलाई मनाउनै सकिएको थिएन । अनेक अप्सन थिए । तर सल्लाह हुन सकेन । सहि सुझाब दिनेलाई वास्ता गरिएन । चाप्लुसी र जयजयकार गर्न नजान्नुको दुख पनि हो । नाटक गर्नभन्दा पनि यथार्थ भन्न रुचाउनेहरुलाई राजनीतिले राम्रो मान्दैन भनेर जानेर नै बीस बर्ष पार्टी सदस्यता रिन्यु गर्ने हिम्मत आएन । कलमले दुनियाँ बदल्न सकिन्छ मात्र भन्नेलाई कस्ले पत्याउनु । सुझाब लिने हो चाहिने बेलामा । अरु बेलामा के काम त्यस्ता मान्छेहरुको राजनीतिमा । त्यस्तै थोरै मान्छेमा परिएछ राजनीतिले पत्याउँदैन हामीलाई थाहा पनि छ, चिन्ता पनि त छ । हामी बसेको ठाउँ, हामी बसेको देश अनि यहाँको ब्यवस्थाले हामीलाई असर गरेको प्रत्येक पल त हामीले भोगेर आएका छौं ।

 

हिजो हामीले निकालेका पत्रिका प्रेसबाट नै जफत भए । हाम्रा अफिसमा समाचार सेन्सर गर्ने ठेकेदारहरु खटाइयो । कलम मात्र चलाएर बसेकाहरु पनि स्वतन्त्र हुन सकेनौं । फेरि अँध्यारोको अनुभुत हँुदै गर्दा जिन्दावाद र मुर्दावादका नाराहरु घन्किरहेका थिए । जनताको भावना बुझ्छांै भन्नेहरुनै कित्ताकाट गरेर छुट्टिएका थिए । हेर्नै र सुन्नै नसकिने आरोप प्रत्यारोपका हुन्डरीहरु चलिरहँदा नमीठो बनेको मनले सायद शब्द समायोजन गर्ने हिम्मत पनि गरेको थिएन । कति फरक हुन्छ अनि कति छिटै बदलिन्छ परिवेश जहाँ गलत सूचनाहरु लिइन्छ । निश्चित भजनमण्डलीहरुको कुरा सुनेर सही र सत्यको गला रेटिंदै जाँदा बाबु छोरामा नै दुश्मनी बढ्दै गएपछि घरनै भत्किने परिवेश सिर्जना हुन्छ ।
लजिक जे भन्न पनि सकिएला सुन्दर घर निर्माणको लागि भत्किएको घरको जगमा उभिएर हेर्दा दुःखले निर्माण गरेको बलियो संरचना झनै बलियो र सुन्दर बनाउन पनि त सकिन्थ्यो । तर त्यही घरभित्रका चार दिवारभित्र अभिभावकको स्मसान बनाउँदैछन भनेर लाइदिने र पत्याउने भूल पक्कै भएको हो । छत खसेर अभिभावक मात्र कहाँ पुरिन्थ्यो र ! यतिमात्र पनि विस्वासको आधार निर्माण गर्न नसक्नेहरुले हावाको मापन नै नगरी यान चलाउन खोज्दा दुर्घटना त पक्कै हुन्छ ।

बिरामी डक्टरकोमा जाँदा डक्टरका कुराले नै उस्को आधा बिमार ठिक गर्न सक्यो भनेमात्र ऊ सफल डक्टर हो । तर राजनीति ? राजनीति फोहोरी खेल नै हो त ? के यो फोहोरलाई जनताका मान्छेहरुले सफा गर्ने सामथ्र्य राख्दैनन् ? र राख्नु पर्दैन ?जनताको काम गर्छौं अनि सभ्य समाज निर्माण गर्छांै भन्नेहरुको औकात नाप्न सक्ने हामी को नै हौं र मन अलि दोधार भयो ।

सडक लालझण्डाले रंगिएको थियो हिजो मात्र संसद भंग गरे भनेर केपी ओली मुर्दावाद भन्नेहरुले केपी ओलीको जयजयकार गरिरहेका थिए । अचम्म छ राजनीति पनि । एकैदिनमा युटर्न भएर कहाँबाट कहाँ पुग्छ मान्छे । जनताको काम गर्ने ठूलो यानका दुइ पाइलटहरु एक ठाउँमा मख्ख थिए । अरु राजनीतिज्ञहरु पनि असाध्यै खुसी देखेर कुरो बुझ्नै सकिनँ । लाग्यो यो हामीले नबुझ्ने कुरा हो । भीड छिचोल्दै अलि पर पुगेपछि चियापसलेले मसला टी फिटिरहेका थिए र सबैलाइ सित्तैंमा खान बोलाइरहेका थिए । केको खुशीले सित्तैंमा चिया बाँडेका होलान् सोध्न मन लागेको थियो । मुखबाट शब्द फुत्किन नपाउँदै मानिसहरुले गरेका कुरा कानमा गुन्जिइरहे । कोरोनाले दुनिया थिलथिलो परेको बेलामा किन चुनावको भार बोकाउँथे नेताले आखिर संसद पुनस्र्थापन गरेरै छोडे नि । जनताको काम गर्ने भनेर नै जनताले पाँच बर्षको लागि दुइ तिहाइ मत दिएर जिताएका हुन् । प्रधानमन्त्री त्यसै केपी ओलीलाई बनाएको हैन नेकपाले । अचम्म लाग्यो । कुरा पत्याउन पनि गाह्रो भयो । के साँच्चै बुढाले स्वविवेक प्रयोग गरेर देखाइदिए त ? कस्लाई सोध्नु सडक भरिभराउ भए पनि चिनेका मान्छेहरु पनि थिएनन् ।

लाग्यो सर्वोच्चले फैसला गरेछ क्यारे । राम्रै भएछ । तर मैले सोचेको फरक रहेछ । प्रधानमन्त्रीले आफै संसद पुनस्र्थापन गर्नुभएछ । यो सुनेपछि मलाई सडक छिचोलेर टेलिभिजनको अफिस पुग्न मन लाग्यो । कतिखेर यी कुरा बुढालाई सुनाएर खुशी साटौं भन्ने हतारले म मान्छेहरुसँग ठोक्किंदै हतार हतार अफिसको गेटमा पुगेर गेटपाले दाइलाइ सोधे सर माथि हो ? उनले पूरा गेट पनि खोलिसकेका थिएनन् पछाडिबाट आवाज आयो, धन्नै ठूलो दुर्घटना भएन । हाम्रा नेताहरु सुझबुझले नै जनताको पक्षमा निर्णय लिन्छन् भाउजु देख्नुभयो नि । गणेश बस्नेतको स्वर थियो । पछाडि फर्किनै लाग्दा गेटको घण्टी बज्यो बिहानको साढे छ बजिसकेको रहेछ इश्वर दाइले पत्रिका ल्याइसक्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

कार्ल मार्क्सको ‘असल समाज’: परिकल्पना र नेपालको यथार्थ

छोरा, तिमी हिंसक होइन, ज्ञानी मानिस बन्नू ‘

जवाफदेहिताबाट भाग्ने राजनीति र कमजोर बन्दै गएको लोकतन्त्र

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu