काठमाडौं, १६ पुस । भनिन्छ, विश्वव्यापी महामारी सरदर शताब्दीमा एकपटक आउँछ । सन् २०२० पनि विश्वका लागि महामारीको वर्ष बन्न पुग्यो । कोभिड–१९ को विश्वव्यापी महामारीले विश्वका २ सय १३ देशका झण्डै साढे ८ करोड मानिसलाई संक्रमित तुल्यायो भने १८ लाख व्यक्तिको ज्यान लियो । सबैजसो देशमा महिनौंसम्मको लकडाउनले लाखौंको रोजगारी प्रभावित भयो त भयो नै समग्र विश्व दोस्रो विश्वयुद्धपछिको चरम आर्थिक मन्दीमा फस्न बाध्य भयो । सन् २०२० कोरोना सक्रमणको महामारी महामारी नभएको भए बिश्वले कस्तो गति लिने थियो भन्ने विषय अनुमानकै विषय हो । तर, कोभिड–१९ ले सन् २०२० लाई घाईते बनाएर बिदा गरेको छ ।
नयाँ वर्षको सुरुवातसंगै बिश्वले सन् २०२० लाई सुनौलो वर्षको रुपमा लिएको थियो तर २०१९ को अन्त्य तिर चीनको उहानमा देखिएको सार्स कोभ २ भाइरस, जसलाई पछि विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नामाकरण ग¥यो, ले सन् २०२० लाई गतिहिन बनाइदियो । विश्वभरका मानिसहरुका लागि सन् २०२० सुखद् रहेन सकेन । कारण थियो विश्वभरिकै स्वास्थ्य क्षेत्रमा ठूलो चुनौती बनेर आएको, कोरोना भाइरस संक्रमण अर्थात् कोभिड–१९ । कोरोना भाइरसले जनजीवन कष्टकर त बनायो नै, समय पनि कठिन हुँदै गयो । सधैँ एकअर्काको साथमा अंकमाल गर्दै अगाडि बढ्नु पर्छ भन्ने मानसिकता सिकेको विश्वभरका मानिसलाई पहिलो पटक सामाजिक अर्थात् भौतिक दूरी कायम गर्न सिक्नु प¥यो । त्यसो त सन २०२० को सकारात्मक पक्ष पनि छ । हामी भित्रको धैर्यता, आइपर्न सक्ने समस्याको लागि पूर्वतयारी अनि सामाजिक हुन कति जरुरी छ भनेर सिकाएर सन २०२० गएको छ । त्यसअर्थमा सन २०२० विश्वभरका मानव जातिका लागि कहिल्यै बिसर्न नसक्ने अंग्रजी महिना रह्यो ।
चीनको उहान प्रान्तबाट २०१९ डिसेम्बर अन्तिम् सातादेखि सार्स कोभ २ सँग मिल्दोजुल्दो अज्ञात भाइरसको संक्रमण सुरु भएको चिनियाँ आम–संचारमाध्यममा पढ्न, सुन्न र देख्न थालियो । यो भाइरस संक्रमणबारे कतिपय रिपोर्टहरु एकाएक आम–संचार माध्यममा आए । चिनियाँ समुन्द्रि तटमा पहिलो पटक देखिएको मानिसबाट मानिसमा सर्ने यो नौलो प्रजातिको भाईरसले मानिसको मृत्यु र सयौंमा संक्रमण भएको खबरले विश्व नै आतंकित बनायो । नोवेल कोरोना भाईरस नाम दिईएको भाइरस सम्वन्धि विश्व बजारमा आ–आफ्ना अड्कल बाजि हुन सुरु भैसकेका थियो । विश्वबजारमा सबैभन्दा धेरै पर्यटक चीनकै रहने हुदा विश्वमा नै यसले त्राहिमाम मच्चायो । डिसेम्वर अन्तिम साताबाट सुरु भएको भाइरस जनवरीबाट युरोपेली मुलुकमा र फेब्रुअरीबाट अमेरिका लगायत दक्षिण एशियाली मुलुकमा देखिन थाल्यो ।
युरोप र अमेरिकामा छोटो समयमै धेरै मानिसको ज्यान लिएको उक्त भाइरसले मार्चबाट विश्व महामारी कोभिड–१९ को संज्ञा पायो । दक्षिण एशियाली मुलुकहरु मध्ये भारतमा कोरोना भाइरसको संक्रमण तीब्ररुपमा फैलिन सुरु भएसंगै नेपालमा पनि यसले त्राश पैदा गराएको थिए । अन्तत् नेपालमा पनि मार्च महिनाको सुरुवातमा पहिलो कोरोना भाइरस संक्रमण पुष्टि भयो । त्यस पश्चात मे महिनाको शुरुवात ताका पुनः फ्रान्सबाट नेपाल आएकी अर्को व्यक्तिमा संक्रमण पुष्टि भएको थियो । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले लगत्तै देशभर लकडाउन गर्यो । १२० दिनको लकडाउन गरिएता पनि भारत संगको खुल्ला सिमानाका कारण संक्रमण झनै तीब्र बनि नै रह्यो । अहिले नेपालमा करिब २ लाख ६० हजार मानिसमा कोरोना भाइरसको संक्रमण देखा परेको छ । जसमध्ये १८ सय भन्दा बढीले ज्यान गुमाईसकेका छन् । पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण र मृत्यु घटेको तथ्यांकले देखाएको छ । तथापी दोस्रो खतरनाक दोस्रो लहरको संभावना जिवितै छ ।
विश्वव्यापी रुपमा संक्रमण तीब्र बनेसंगै विश्वका अधिकांश देशले लकडाउन गर्न बाध्य भए जसको कारण विश्व अर्थतन्त्र ओरालो लाग्ने अबस्थामा पुग्यो । अहिलेपनि विश्वअर्थतन्त्रमा भारि मात्राको गिरावट कायमै छ । लाखौंले रोजगारि गुमाएका छन्, कति घर–बार विहिन बन्न पुगे । कोरोना भाइरसले अर्थतन्त्र मात्र नभै सामाजिक र विश्व राजनीति नै उथल–पुथल पारेको छ । हुन त यस अघि पनि सातपटकसम्म विश्वमा कोरोना भाइरस जस्तै घातक महामारीको सामना मानव जातीले व्यहोर्नु त परेको थियो । तर पनि, २१ र्औ शताव्दी त्यसमा पनि विज्ञान र आविस्कारमा चमत्कारीक फड्को मारेको अहिलेको परिबेशमा विश्वभरका मानव जाति बन्द भार दिबाल भित्र थुनिएर बस्नु परेको थियो ।
अहिले पनि विश्वबाट कोरोना निर्मुल भएको छैन् । विश्वभर करिब साढे ८ करोड मानिस अहिलेसम्म संक्रमित भैै सकेका छन् । १८ लाख बढी मानिस यसैका कारण मृत्यु भएको छ भने १ लाखभन्दा बढी मानिस गम्भीर अबस्थामा छन् । विश्वभरिका वैज्ञानिकको अथक प्रयासका बाबजुद विश्वमा अहिले खोपहरु तयार भएका छन् । अमेरिका लगायत युरोपेलि मुलकका नागरिकहरुले यसको प्रयोग गर्न थालेका छन् । तर संक्रमणको अत्यधिक चपेटामा रहेका गरीव तथा विकासशील मुलुकले आफ्ना नागरिकका लागि खोप जुटाउनु अझै पनि चुर्नौतिको विषय बनेको छ ,।
कोभिड– १९ को संक्रमण दर ११ महिनापछि विश्वभरिनै ओरालो लागेको छ । तर, विश्वभर नै पहिलो ‘वेभ’ सकिएर दोस्रो ‘वेभ’को उच्च जोखिम रहेको बताइएको छ । अहिले युरोपेलि मुलुकहरु कोरोनाको दोस्रो वेभबाट प्रताडित भइरहेका छन् । इजरायल र फ्रान्स जस्ता मुलुकहरुले क्रिसमस र नयाँ बर्षको पूर्वसन्ध्यामा पुनः देशव्यापी लकडाउन गर्दै कफ्र्यु समेत लगाउन बाध्य हुनुले दोस्रो चरणको जोखिमको गम्भीरता झल्काउँछ ।
प्रतिक्रिया दिनुहोस्