ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केन्द्रीय तहबाट सुरु भएको विभाजनका चिरा वडा तहसम्म : प्रचण्ड–नेपाल समूहमा ४४ अध्यक्ष, ६३ सचिव


एबीसी / संवाददाता
१८ पुस २०७७, शनिबार   ८ : ३६   बजे

काठमाडौं, १८ पुस । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय तहबाट सुरु भएको विभाजनका चिरा वडा तह सम्म परेको छ । विभाजनले औपचारिकता नपाएपनि अहिले पार्टीका जिल्ला नेतृत्व तहले समेत कित्ताकाट गरिसकेका छन्। पछिल्लो समय पार्टी भित्रको विवाद बढ्दै जाँदा प्रचण्ड–नेपालतर्फ ४४ जना जिल्ला अध्यक्ष छन् भने ओलीतर्फ ३१ जना खुलेका छन्। जिल्ला कमिटीका अध्यक्षमध्ये धनकुटाका राजेन्द्र राई कतै खुल्नु भएको छैन । एक जिल्ला अध्यक्षले भने पार्टी विभाजनबाट विरक्तिएर राजनीतिबाटै सन्यास लिने घोषणा समेत गर्नु भएको छ । ओलीनिकट रहेका धादिङका नेत्र पौडेलले विभाजनबाट विरक्तिएर त्यस्तो घोषणा गर्नुभएको छ।

जिल्ला सचिवमध्ये प्रचण्ड–नेपाल पक्षमा ६३ जना खुलेका छन् भने ओलीतर्फ १२ जना देखिएका छन्। जिल्ला सचिवमध्ये एकजना (महोत्तरीका सौकलाल यादव) तटस्थ छन् भने रौतहट जिल्ला कमिटीमा अहिले सचिव पद रिक्त छ। एकताको समयमा पूर्वएमाले र पूर्व माओवादीबीच क्रमशः ४४ र ३३ जिल्ला अध्यक्षको भागबण्डा गरिएको थियो। त्यतिबेला माधव नेपाल पक्षका अध्यक्ष रहेका जिल्लाको अध्यक्ष पद माओवादीलाई दिइएको र आफ्नो भागमा सचिव पारिएको आरोप नेपाल पक्षले लगाएको थियो। त्यही कारण अहिले प्रचण्ड–नेपाल पक्षमा अत्यधिक सचिव छन्। अहिले आफ्नो कित्ता स्पष्ट नगरेका कतिपय स्थानीय नेताहरुले चुनाव चिन्ह सूर्य र नेकपा नाम जुन पक्षले पाउँछ त्यतै लाग्ने बताउने गरेका छन्।

प्रदेश १
प्रदेश १ मा १४ वटा जिल्ला छन्। तीमध्ये ७ वटामा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष छन् भने ओली समूहका ६ जना। धनकुटाका अध्यक्ष राई अहिलेसम्म प्रस्ट खुलेका छैनन्। उनले विज्ञप्ति निकालेर दुवै पक्षलाई संयमित हुन आग्रह गरेका छन्।

वरिष्ठ नेता झलनाथ खनाल निकट रहेका इलामका अध्यक्ष राम राना ओली समूहतर्फ लागेका छन्। प्रदेशका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव आउँदा प्रचण्ड–नेपाल समूहका मन्त्रीहरुले राजीनामा दिएपनि रानाले दिएका छैनन्।

१४ जिल्ला कमिटीका सचिवमध्ये १३ जना प्रचण्ड–नेपाल समूहतर्फका छन् भने र ओलीतर्फ एक जना मात्र। प्रदेश १ मा ओलीतर्फ रहेका एक मात्र जिल्ला कमिटी सचिव खोटाङका राम दंगाल हुन्।

अध्यक्ष
प्रचण्ड–नेपाल समूह (७)
ताप्लेजुङ– खेलप्रसाद बुढाथोकी
सुनसरी– योगेन्द्र मण्डल
तेह्रथुम– लक्ष्मण तिवारी
संखुवासभा– हेमराज घिमिरे
उदयपुर– विनोद कटुवाल दिनेश
खोटाङ– देवान चाम्लिङ
ओखलढुंगा– मोहनकुमार खड्का

ओली समूह (६)
पाँचथर– राजकुमार भण्डारी
इलाम– राम राना
झापा– चिन्तन पाठक
मोरङ– ऋषिकेश पोखरेल
भोजपुर– प्रेमकुमार राई
सोलुखुम्बु– मानवीर राई

तटस्थ
धनकुटा – राजेन्द्र राई ९संयमित हुन विज्ञप्ति जारी गरेको०

सचिव
प्रचण्ड–नेपाल समूह (१३)
ताप्लेजुङ– बलबहादुर साम्सोहाङ
पाँचथर– होमप्रसाद जबेगु
इलाम– सोममाया राई
झापा– मणिकुमार साङपाङ
मोरङ– गोपीबहादुर अछामी
सुनसरी– रमेश बस्नेत
धनकुटा– ऋषिराम ढुंगाना
तेह्रथुम– इन्द्रबहादुर इमसुङ
संखुवासभा– कृष्ण याख्खा
भोजपुर– विमल खड्का
सोलुखुम्बु– गोम्बु शेर्पा
ओखलढुंगा– मोहन श्रेष्ठ
उदयपुर– ईश्वरमणि राउत

ओली समूह (१)
राम दंगाल (खोटाङ)

प्रदेश २
प्रदेश दुईका ८ जिल्लामध्ये अध्यक्ष र सचिवमा प्रचण्ड–नेपाल समूहको वर्चश्व देखिएको छ। सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बाराका अध्यक्षहरु प्रचण्ड–नेपाल समूहतर्फ खुलेका छन् भने धनुषा र पर्सा जिल्ला कमिटीका अध्यक्षहरु ओली समूहमा उभिएका छन्।

यो प्रदेशका सात जिल्ला कमिटीका सचिव प्रचण्ड–नेपालसँग छन् भने महोत्तरी जिल्ला कमिटीका सचिव सौकीलाल यादव अहिले तटस्थ छन्। प्रधानमन्त्री ओली समूहले केन्द्रीय कमिटीका सदस्यमा चयन गरेपनि उनी सपथग्रहण समारोहमा उपस्थित भएनन्। उनले निर्वाचन आयोग र सर्वोच्च अदालतले जसको पक्षमा निर्णय दिन्छ, त्यतै लाग्ने बताउने गरेका छन्।

अध्यक्ष
प्रचण्ड–नेपाल समूह (६)
सप्तरी– अशोककुमार मण्डल
सिराहा– रामकुमार यादव
महोत्तरी– राजु खड्का
सर्लाही– रेवती पन्त
रौतहट– कमल यादव
बारा– छत्रबहादुर श्रेष्ठ

ओली समूह (२)
धनुषा– राजकिशोर यादव
पर्सा– प्रभु हजारा

सचिव
प्रचण्ड–नेपाल समूह (६)
सप्तरी– गोविन्द न्यौपाने
सिराहा– प्रमोदनारायण यादव
धनुषा– दीपक यादव
सर्लाही– कमल बुढाथोकी
रौतहट– रिक्त
बारा– सुन्दर विश्वकर्मा
पर्सा– विजय महतो

तटस्थ (१)
महोत्तरी– सौकिलाल यादव

बागमती प्रदेश
बागमती प्रदेशमा १३ जिल्ला छन्। जसमध्ये ८ जिल्लामा प्रचण्ड–नेपाल समूहका अध्यक्ष छन् भने ४ वटामा ओली समूहका। धादिङ जिल्ला कमिटीका अध्यक्ष नेत्र पौडेलले लामो स्ट्याटस लेख्दै राजनीतिबाट सन्यास लिएको बताएका छन्।

अन्य प्रदेशमा जस्तै यो प्रदेशमा पनि कमिटीका सचिव भने प्रचण्ड–नेपाल समूहकै धेरै छन्। १२ जिल्लाका सचिव प्रचण्ड–नेपाल समूहका छन्। सचिवतर्फ सिन्धुपाल्चोकका दावा लामा ओली समूहतर्फ छन्। हालै प्रचण्ड–नेपाल समूह परित्याग गरेका उनलाई पार्टी विभाजनपछि ओलीले मन्त्री बनाएका छन्।

विभाजनपछि बबरमहल कार्की ब्यांक्वेटमा भएको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा सहभागी उनले ओलीले मन्त्री बनाएपछि गुट परिवर्तन गरेका हुन्। उनकी पत्नी कुमारी लामा भने बागमती प्रदेशका ओलीनिकट मुख्यमन्त्री डोरमणि पौडेल हटाऊ अभियानमा सहभागी छिन्।

अध्यक्ष
प्रचण्ड–नेपाल समूह (८)
चितवन– यमबहादुर परियार
सिन्धुली– राजन दाहाल
नुवाकोट– हिमलाल खतिवडा
काभ्रे– रुकु चौँलागाईं
रामेछाप– मदनकुमार मोक्तान
सिन्धुपाल्चोक– झम्क नेपाल
मकवानपुर– मुनु सिग्देल
रसुवा – कन्र्याल तामाङ

ओली समूह (४)
काठमाडौं– कृष्ण राई
ललितपुर– हरिकृष्ण व्यञ्जनकार
भक्तपुर– बचन देउजा
दोलखा– ईश्वरचन्द्र पोखरेल

राजनीतिबाट सन्यास (१)
धादिङ – नेत्र पौडेल

सचिव
प्रचण्ड–नेपाल समूह (१२)
चितवन– कृष्णभक्त पोखरेल
मकवानपुर– प्रेम पुलामी
धादिङ– धनबहादुर बुर्लाकोटी
नुवाकोट– नारायण खतिवडा
रसुवा– इन्द्र गोतामे
दोलखा– गोपाल पाण्डे
रामेछाप– शान्तिप्रसाद पौडेल
सिन्धुली– प्रदीप कटवाल
काभ्रे– टोकबहादुर वाइवा
भक्तपुरः डीपी ढकाल
ललितपुर– राजकाजी महर्जन
काठमाडौं– हिमाल शर्मा

ओली समूह (१)
सिन्धुपाल्चोक– दावा लामा

गण्डकी प्रदेश
गण्डकी प्रदेशका अध्यक्षहरुमा ओली समूह केही बलियो देखिएको छ। ११ जिल्ला रहेको सो प्रदेशमा सात जिल्ला कमिटीका अध्यक्ष ओलीतर्फ खुलेका छन्। चार जना प्रचण्ड नेपाल समूहतर्फ छन्।

११ जना सचिवमध्ये तीनजना ओलीतर्फ देखिएका छन्। त्यसैगरी प्रचण्ड नेपाल समूहतर्फ सात सचिव रहेका छन्। स्याङ्जाका अध्यक्ष रहेका पूर्व माओवादी सूर्यप्रसाद गैरे ओली पक्षतर्फ लागेका छन्।

अध्यक्ष
ओली समूह (७)
कास्की– कृष्ण थापा
तनहुँ– केदार सिग्देल
मुस्ताङ– चन्द्रमोहन गौचन
मनाङ– पाल्तेन छोयान गुरुङ
पर्वत– पदम गिरी
स्याङ्जा– सूर्यप्रसाद गैरे
पूर्वी नवलपरासी– रोशन गाहा

प्रचण्ड–नेपाल समूह (४)
लमजुङ– मधु अधिकारी
गोरखा– लेखबहादुर थापा
म्याग्दी– गोविन्द पौडेल
बाग्लुङ– इन्द्रप्रसाद सापकोटा

सचिव
ओली समूह (३)
लमजुङ– धनञ्जय दवाडी
गोरखा– प्रेम गुरुङ
स्याङ्जा– मीनबहादुर गुरुङ

प्रचण्ड–नेपाल समूह (८)
कास्की– बखानसिंह तमु
तनहुँ– राजेन्द्रकेशरी न्यौपाने
मुस्ताङ– सत्यनारायण शेरचन
मनाङ– वेदबहादुर गुरुङ
बाग्लुङ– ज्ञामनाथ गैरे
पर्वत– सुदीप कुँवर
पूर्व नवलपरासी– मित्रशरण शर्मा
म्याग्दी– हरिकृष्ण श्रेष्ठ

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा सांसदीय दलमा ओली पक्ष बलियो छ। तर, जिल्ला अध्यक्षको हकमा भने दुवै पक्ष बराबर अवस्थामा छन्। सचिवमा भने अन्य प्रदेशमा जस्तै प्रचण्ड–नेपाल पक्षको संख्या निकै बढी रहेको छ।

१२ जिल्ला कमिटीमा दुवै पक्षमा ६–६ जना अध्यक्ष देखिएका छन्। सचिवमा भने प्रचण्ड नेपालतर्फ ९ र ओलीतर्फ ३ जना खुलेका छन्।

अध्यक्ष
प्रचण्ड–नेपाल समूह (६)
रोल्पा– सुरेन्द्र घर्ती
रुकुम पूर्व– मेघबहादुर श्रेष्ठ
नवलपरासी पश्चिम– भविश्वर तिवारी
दाङ– टीकाराम खड्का
बाँके – आईपी खरेल
बर्दिया– भवनकुमार थारु

ओली समूह (६)
प्युठान– तुलसीराम शर्मा
अर्घाखाँची– चेतनारायण आचार्य
गुल्मी– मधुकृष्ण पन्त
पाल्पा– नारायण आचार्य
रुपन्देही– शिवराज सुवेदी
कपिलवस्तु– झविलाल पोखरेल

सचिव
प्रचण्ड–नेपाल समूह (९)
रोल्पा– हरिप्रसाद घर्ती
प्युठान– नारायण अधिकारी
अर्घाखाँची– ठाकुर विक
गुल्मी– वीरबहादुर कार्की
पाल्पा– गिरबहादुर थापा
रुपन्देही– दधिराम न्यौपाने
कपिलवस्तु– रामचन्द्र साह
दाङ– तुलसीराम पुन
बाँके– अशोक कोइराला

ओली समूह (३)
रुकुम पूर्व– सतमान पुन
नवलपरासी पश्चिम– तुलसी पासी
बर्दिया– हरि ज्ञवाली

कर्णाली प्रदेश
कर्णाली प्रदेशका १० जिल्लामध्ये प्रचण्ड–नेपाल समूहमा ८ जना छन्। ओली समूहमा दुई जना खुलेका छन्। सचिवमा पनि प्रचण्ड–नेपाल समूहमा ८ जना छन भने ओली समूहमा २ जना मात्रै।

कर्णाली प्रदेशमा प्रचण्ड–नेपाल समूहकै महेन्द्रबहादुर शाही मुख्यमन्त्री छन्।

अध्यक्ष
प्रचण्ड–नेपाल समूह (८)
सुर्खेत– ध्रुव शाही
जाजरकोट– ढकवीर राना
रुकुम पश्चिम– गोपाल शर्मा
जुम्ला– वीरबहादुर कुँवर
कालिकोट– धनजीत शाही
हुम्ला– लालकेश जैसी
डोल्पा– दत्तबहादुर रोकाय
मुगु– सुरवीर बुढा

ओली समूह (२)
दैलेख– रवीन्द्र शर्मा
सल्यान– गोविन्द पुन

सचिव
प्रचण्ड–नेपाल समूह (८)
सुर्खेत– कृष्णबहादुर जिसी
दैलेख– प्रेम कटुवाल
जाजरकोट– करवीर शाही
रुकुम पश्चिम– विमल पुन
सल्यान– कर्णबहादुर बुढा
जुम्ला– तीर्थबहादुर बुढा
डोल्पा– मालबहादुर रोकाय
मुगु– धर्मबहादुर शाही

ओली समूह (२)
डोल्पा( दल रावल
कालीकोट( नागिन्द्र शाही

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये ५ वटामा प्रचण्ड–नेपाल समूहका अध्यक्ष छन् भने ओली समूहमा ४ अध्यक्ष छन्। सचिवमा भने ७ जिल्ला प्रचण्ड–नेपाल पक्षमा र २ ओलीतर्फ छन्।

अध्यक्ष
प्रचण्ड–नेपाल समूह (५)
दार्चुला– गणेशसिंह खत्री
डडेल्धुरा– मानसिंह माल
बझाङ– मीनबहादुर कुँवर
अछाम– शेरबहादुर कुँवर
डोटी– चक्रबहादुर मल्ल

ओली समूह (४)
बैतडी– सुरेन्द्र पाल
बाजुरा– कालीबहादुर शाही
कैलाली– रतन थापा
कञ्चनपुर– वीरबहादुर थापा

सचिव
प्रचण्ड–नेपाल समूह (७)
बैतडी– प्रेम भट्ट
डडेलधुरा– तारा जोशी
बझाङ– दिलबहादुर सिंह
अछाम– झपट साउद
डोटी– शैलेन्द्र विक
कैलाली– लालबहादुर सोडारी
कञ्चनपुर– तारा लामा

ओली समूह (२)
दार्चुला– रामदत्त जोशी
बाजुरा– भरतबहादुर बुढा

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group