ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषिमा वैदेशिक लगानी : कृषि क्षेत्रलाई धरासायी बनाउने भन्दै किसानहरुको विरोध (भिडियोसहित)


छबि सापकोटा
२१ पुस २०७७, मंगलबार   १० : २२   बजे

काठमाडौं, २१ पुस ।  सरकारले कृषिमा वैदेशिक लगानी खुला गर्ने तयारी गरेको छ । ५० करोडभन्दा बढीको लगानीमा उत्पादनको ७५ प्रतिशत निर्यात गर्नुपर्ने गरी कृषिमा विदेशी लगानीकर्ता ल्याउन लागिएको हो । तर किसान र निजी क्षेत्रका सरोकारवालाहरुले कृषिमा वैदेशिक लगानी खुला गर्ने निर्णयले नेपालको कृषि क्षेत्रलाई धरासायी बनाउने भन्दै विरोध गरेका छन् ।

राजनितिक अस्थिरताको फाइदा उठाउदै सरकारले कृषिका प्राथमिक उत्पादनका क्षेत्रहरुमा बैदेशिक लगानी ल्याउनेगरी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन– २०७५ को अनुसूची परिर्वतन गरेको छ । कृषिका प्राथमिक क्षेत्रमा वैदेशिक लगानी भित्राउदा साना तथा मझौता कृषि उद्यमीहरु पलायल समेत हुन सक्ने भन्दै लामो समयसम्म बिवाद हुदै आएको थियो । तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृषिका प्राथमिक उत्पादनसहित बिभिन्न नौ वटा क्षेत्रमा वैदेशिक लगानी भित्रयाउने गरी ऐनको अनुसुची परिर्वतन गर्न लागेको हो ।

नेपालमा अन्य वैदेशिक लगानी भित्राउनका लागि ऐनले कुनै बाधा नगरेको अवस्था छ । कृषि विज्ञहरु कृषिका प्राथमिक क्षेत्रमा बिदेशी लगानी आउ“दा नेपालमा साना तथा मझौता उद्योग बिस्थापित समेत हुने देखिन्छ ।

सरकारले तयार गरेको नया“ अनुसुचीमा कृषिका प्राथमिक उत्पादनका क्षेत्र पशुपन्छी पालन, माछापालन, मौरीपालन, फलपूmल, तरकारी, दुग्ध व्यवसाय लगायतका ब्यवसायमा बिदेशी लगानी भित्रन सक्ने प्रावधान समावेश गरेको हो । जसबाट कृषिमा आधारित धेरै स्वदेशी उद्योगहरु पलायन हुने बिज्ञहरु बताउछन । नेपालको कृषिक्षेत्रमा व्यवसायीकरण हुन नसकेको, रोजगारी सृजना र कृषिमा आधारित उद्यम व्यवसायको विकासमा अपेक्षाकृत सुधार गर्न नसकिएको भन्दै मन्त्रालयले कृषिमा प्राथमिक क्षेत्रहरुमा बैदेशिक लगानी भित्राउन खोजेको हो । जस अन्तगर्त स्थापना भएको उद्योगहरुले उत्पादनको ७५ प्रतिशत निर्यात गर्नु पर्ने गरी कार्यबिधी बनाईएको मन्त्रालयको दाबी छ ।

यता कृषिमा आत्म निर्भर हुन लागेका कृषि उद्यमीहरुले कृषि क्षेत्रमा विदेशी लगानी आउ“दा विस्थापित हुने भन्दै चिन्ता व्यक्त गरेका छन  । सरकारले नेपालको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने भनेर कृषि कर्जा तथा सहुलियत एवं अनुदान दिएर कृषि कर्ममा लाग्न प्रोत्साहित गरिरहेको अवस्था कृषिमा बैदेशिक लगानी भित्राउनका ऐन परिर्वतनले कृषक र कृषि क्षेत्रमा लगानी कर्ता थप मारमा पर्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group