ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वायु प्रदूषणले पार गर्यो खतराको तह : गाडीहरू जोर-बिजोर प्रणालीअनुसार सञ्चालन गर्ने तयारी


एबीसी / संवाददाता
२१ पुस २०७७, मंगलबार   ५ : ५२   बजे

काठमाडौं, २१ पुस । काठमाडौंको वायु प्रदूषणले पार गर्यो खतराको तह पार गरेपछि सरकारले उपत्यकावासीलाई सचेत गराएको छ । स्वास्थ्यमा गम्भीर असर पर्ने गरी वायु प्रदूषण बढेको भन्दै सरकारले आगो नबाल्न र आवश्यक नपरी घर बाहिर ननिस्कन सचेत गराएको हो ।

केहीदिन अघि नेपालको पश्चिमी भू–भाग हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले सोमबार बिहान यसपालिको पहिलो हिउँदे वर्षा त भयो तर त्यसले आकाश खुलाउन सकेन । मंगलबार पनि बिहानैदेखि घाम देखिएको छैन । हुस्सु लागेजस्तो काठमाडौं धुम्म भएको छ । भिजिबिलिटी पनि घटेको छ । दुई दिनसम्म घाम नलागे पनि काठमाडौं न्यूनतम तापक्रम भने घटेको छैन । बरू पहिलाभन्दा बढेको छ । पुस १६ गते काठमाडौंको न्यूनतम तापक्रम ०.८ डिग्री मापन भएको थियो भने आज ९ डिग्री सेल्सियस छ ।

तापक्रम बढेसँगै काठमाडौंको वायुको प्रदूषण पनि ह्वात्तै बढेको छ । सोमबार त काठमाडौंको वायु प्रदूषणले खतराको तह नै पार गर्यो । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई)मा मापन गरिन्छ । एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो । ३ सयभन्दा माथि जानु चाहिँ घातक हो ।

स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार सोमबार साँझ काठमाडौंको एयर क्वालिटी इन्डेक्स ४८७ पुगेको थियो । ‘हिउँदमा यस्तो त पहिला पनि हुन्थ्यो तर यसपालि त धेरै नै भयो, अहिले त यो खतराको लेभलभन्दा निकै माथि छ,’ विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले भन्नुभयो ।

मौसमविद् ऋषिराम शर्मा मौसम, काठमाडौंको जनसंख्या र उपत्यकाको भू–बनावटले यस्तो भएको बताउनु हुन्छ । मौसमविद् शर्माका अनुसार यसपालि आएको पश्चिमी वायुको प्रणालीमा धेरै पानीको मात्रा थिएन। त्यही भएर बादल लागे पनि काठमाडौं र पूर्वी क्षेत्रमा ठूलो वर्षा हुन सकेन । रिलिज हुन नपाएको काठमाडौंको हावामा गाडी मोटर, इँटाभट्टाको धुँवा र धुलो मिसिएकाले प्रदूषण ह्वात्तै बढेको शर्माले बताउनु भयो ।

मौसम पूर्वानुमान महाशाखाले बुधबारसम्म पश्चिमी वायुको प्रभाव रहने बताएको छ । काठमाडौं यही अवस्थामा रहने भएकाले सरकारले नागरिकलाई अनावश्यक रूपमा बाहिर ननिस्कन पनि आग्रह गरेको छ । वातावरण विभागका उपमहानिर्देशक जोशीले बिभागले सूचना जारी गरेरै आमनागरिकलाई अत्यावश्यक नपरी बाहिर ननिस्कन, बुढाबुढी र बालबच्चाको विशेष ख्याल गर्न, सकभर कम गाडी चलाउन अनुरोध गरिएको जानकारी दिए। बुधबार प्रदूषण कम नभए सरकारसँग अनुरोध गरेर गाडीहरू जोर-बिजोर प्रणालीअनुसार सञ्चालन गर्नेजस्ता निर्णयमा जाने तयारी गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group