ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘प्रधानमन्त्रीले चाहे सच्चिने अवसर छ, फेरि एकताबद्ध भएर अगाडि बढ्न सकिन्छ’ : नारायणकाजी श्रेष्ठ


एबीसी / संवाददाता
२४ पुस २०७७, शुक्रबार   ५ : १७   बजे

काठमाडौं, २४ पुस । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा हुँदै नभएको अधिकारको प्रयोगको हवला दिदैँ प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको छ ।

शुक्रबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै श्रेष्ठले प्रधानमन्त्री ओलीले संविधानमा हुँदै नभएको अधिकारको प्रयोगको हवला दिदैँ संविधान माथि घात गरि प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको हो । संविधानको धारा ७६ ले सरकार निर्माणको पाँचवटा विकल्प प्रस्तुत गरेको र सो विकल्प बमोजिम सरकार बनाउन नसके स्वत्ः प्रतिनिधि सभा विघटन हुने प्रावधान रहेको भन्दै संविधानको धारा ७६ मा कहिँकतै प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अधिकार नदिएको बताउनुभयो ।

प्रतिनिधि सभा विघटन पूर्ण रुपमा अंवैधानिक रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘धारा ७६ को उपधारा १, २, ३, ४ र ५ ले सरकार निर्माणको विकल्प प्रस्तुत गरेको छ । तर पाँचवटै विकल्पमा सरकार बनेन भने संविधानको धारा ७६ को उपधारा ७ बमोजिम त्यतिखेर प्रतिनिधि सभा स्वत्ः विघटन हुन्छ । प्रतिनिधि सभा विघटन गर्ने विशेषाधिकार दिईएको छैन । सरकार बन्नै सकेन भने प्रतिनिधि सभा विघटन हुने उल्लेख गरेको छ । प्रधानमन्त्रीलाई विशेषाधिकार होईन यदि सरकार बन्नै नसक्ने स्थिति भयो भने प्रनिनिधि सभा विघटनको अवस्थाको निम्ति बाध्यकारी दायित्व दिएको छ विघटनको सिफारिस गर्न अधिकार होईन । त्यतिखेर विघटनको सिफारिस गर्नै पर्छ । जब सरकार बन्दैन वा सरकार गठनको विकल्प अन्र्तगत बनेको प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्दैन त्यसपछि ३० दिन भित्र प्रतिनिधि सभा स्वत् विघटन हुने र ६ महिना भित्र निर्वाचन हुने प्रावधान छ । त्यतिखेर प्रतिनिधि सभा स्वत् विघटन हुन्छ ।

अहिलेको संविधानको धारा ७६ ले कहिँ कतै, संविधानको कुनै धाराले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार दिएको छैन । त्यो प्रष्ट छ, तसर्थ यो असंवैधानिक हो । भनिन्छ – धारा ८५ को एउटा हरफ ‘यस संविधान बमोजिम प्रतिनिधि सभा विघटन हुनु अगावै’ भन्ने शब्दको प्रयोग टिपेर त्यो त विघटन हुन सक्ने रहेछ नी भनिन्छ । फेरि भन्छु विघटन हुदैन । यो पूर्ण रुपमा असंवैधानिक छ । संविधान विरोधी छ । त्यसमा कुनै दुविधा छैन ।’

प्रधानमन्त्री ओलीको यस कदमलाई पूर्वप्रधानन्यायाधिशहरु, बारका पूर्वअध्यक्षहरु , पूर्वमहानान्याधिवक्ताहरु, सबै कानून व्यवसायीहरु, सबै राजनीतिक पार्टीहरु, बुद्धिजिवीहरु सबैले एकस्वरले असंवैधानिक र अलोकतान्त्रिक भनिरहेको उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनलाई राजनीतिक बाध्यता भन्नेगरेको उल्लेख गर्दै श्रेष्ठले कुनैपनि कारणले संविधान मिच्न नपाईने बताउनुभयो । पार्टी भित्र सरकारको कामकारबाहीको सम्बन्धमा छलफल भइरहेको भएपनि कुनै निष्र्कष ननिस्किदै प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेको उहाँको भनाई छ । कुनै राजनीतिक पार्टीको आन्तरिक मामिलाका कारण संविधानको हत्या गर्न नपाईने बताउनुभयो । उहाँले भन्नुभयो ‘प्रधानमन्त्री र प्रधानमन्त्रीका समर्थन गर्ने कतिपय साथिहरुले भन्नुभएको छ राजनीतिक बाध्यता पर्यो । संवैधानिक त होईन । कुनै बाध्यताका कारणले संविधान मिच्न पाईदैन । संविधानमाथि प्रहार गर्न पाईदैन । संविधानलाई उल्लंघन गर्न पाईदैन ।

यो राजनीतिक परिवर्तनमाथि आक्रमण गर्न पाईदैन । पार्टी भित्रको अवस्थाको कुरा गर्ने हो भने, पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्न, सक्रिय बनाउन, र पार्टीको मार्गनिर्देशनमा सरकार चलाउन र सरकारलाई जनमुखि बनाएर समृद्धिको लक्ष्य पुरा गर्न पार्टीमा निश्चय पनि छलफल भएका थिए । पार्टी एकतालाई कायम गर्न, सरकारलाई जनमुखि बनाउन र जनादेशलाई पुरा गर्नको निम्ति के कसरी अगाडी बढ्नुपर्छ भनेर हाम्रो पार्टीमा निश्चित रुपमा छलफल भएको थियो । त्यो छलफलको आधारमा हामि अगाडी बढ्ने प्रयत्न गरिराखेका थियौँ । पार्टीको संकट र निवारण सम्बन्धमा दुई प्रस्ताव प्रस्तुत भएका थिए । त्यसमाथि छलफल हुँदै थियो । छलफलले कुनै निष्कर्ष निकालेको थिएन । त्यतिखेर संविधान मिच्न पाइन्छ ? संविधान अपहरण गर्न पाईन्छ ? पाईदैन । कुनै राजनीतिक पार्टीको आन्तरिक मामिलाको कारणले नेपाली जनताले संघर्ष गरेर ल्याएको संविधानको हत्या गर्न, प्रहार गर्न पाईदैन । हाम्रै पार्टीको कुरा गर्ने हो भने निष्कर्ष निकालिसकिएको थिएन । पार्टीमा छलफल हुदैथ्यो । स्थायी कमिटीको बैठक बस्दैथियो । केन्द्रीय कमिटीको बैठक बस्नेवाला थियो । त्यसले कुनै प्रकारको व्यक्तिको स्वार्थ अनुकुल निर्णय नगर्ने भनेर लाग्दैन भन्दैमा संविधानमाथि प्रहार गर्न पाईदैन, त्यसैले यो कोणबाट पनि बेठिक छ ।’

सवोच्च अदालतले संविधान अनुरुप फैसला गर्ने विश्वास पनि श्रेष्ठले व्यक्त गर्नुभयो । संविधानमा हुँदै नभएको प्रावधान कसैले प्रयोग गर्ने र त्यसलाई अनुमोदन गर्न संविधान संशोधनको फैसला सर्वोच्च अदालतले गर्यो भने संविधान कागजको खोस्टोमा परिणत हुने र समग्र व्यवस्था नै उल्टिई प्रतिगमनको दिशातर्फ जाने खतरा हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘सवोच्च अदालतमा अहिले विचाराधिन छ । संविधान अनुसार सर्वोच्च अदालतले निर्णय गर्ने हो । शक्ति पृथकिकरणको सिद्धान्त अन्र्तगत संविधानले निश्चित अधिकार संवैधानिक अंगहरुलाई दिएको छ । संवैधानिक अंगहरुको भूमिका प्रति स्वच्छ, काम कारबाही प्रति स्वतन्त्र भूमिका प्रति हामि विश्वस्त छौँ । तर एउटा कुरो प्रष्ट छ । सर्वोच्च अदालतले पनि संविधानकै आधारमा टेकेर फैसला गर्ने हो । संविधान बाहिर गएर होइन । सर्वोच्च अदालतलाई हाम्रो संविधानले संविधान संशोधन गर्ने अधिकार दिएको छैन । संविधान अन्र्तगत फैसला गर्ने अधिकार दिएको छ । र त्यसको साथसाथै सर्वोच्च अदालतले संविधान संशोधन गर्ने यो मात्रै विषयमा गर्यो भने यो संविधान कागजको खोस्टोमा परिणत हुन्छ । संविधानमा हुँदै नभएको प्रावधान कसैले प्रयोग गर्ने र त्यसलाई अनुमोदन गर्न संविधान संशोधनको फैसला सर्वोच्च अदालतले गर्यो भने कागजको खोस्टोमा संविधान परिणत हुन्छ । संविधान च्यातिएको अवस्था हुन्छ । र समग्र व्यवस्था माथि प्रहार हुन्छ । समग्र व्यवस्था उल्टिने प्रतिगमनको दिशातिर जाने खतरा हुन्छ । त्यो कुरा कुनै हालतमा सैह्य हुन सक्दैन । त्यसैले संविधानसम्मत् ढंगले अदालतले फैसला गर्नुपर्छ । गर्नेछ भन्नेमा हामि विश्वस्त छौँ ।’

प्रधानमन्त्रीलाई असंवैधानिक घोषणा प्रति आत्मआलोचना गर्दै अब प्रतिनिधि सभा सुचारु होस् भन्ने दिशातिर आउन आग्रह समेत गर्नुभयो । यसोभए संविधानलाई ट्रयाकमा राखिने, लोकतन्त्रको रक्षा हुने र पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने सम्भावनापनि पैदा हुने उहाँले बताउनुभयो ।

नेकपाको प्रचण्ड–माधव समूहका प्रवक्तासमेत रहनुभएका श्रेष्ठले प्रधानमन्त्री ओलीले चाहे सच्चिने अवसर रहेको र ओली आए फेरि एकताबद्ध भएर अगाडि बढ्न सकिने बताउनुभयो ।

नेता श्रेष्ठले प्रतिनिधि सभा विघटन गर्ने कदमप्रति आत्मालोचना गरी संसद्लाई नियमित गर्ने दृष्टिकोणका साथ अघि बढ्ने प्रयास भएमा राजनीतिमा नयाँ सिलसिला सुरु हुने बताउनुभएको छ ।  राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा उहाँले भन्नुभयो, “अहिले पनि अवसर छ, म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, त्यो असंवैधानिक घोषणाप्रति आत्मालोचना गर्दै प्रतिनिधि सभा पुनर्संरचना होस् भन्ने दिशातर्फ प्रधानमन्त्री आउनुभयो भने नयाँ सिलसिला सुरु हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group