ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऊर्जा व्यापारका लागि त्रिदेशीय सहयोग सुदृढीकरण गर्न राष्ट्रपति भण्डारीको आग्रह


एबीसी / संवाददाता
९ चैत्र २०७७, सोमबार   ९ : ११   बजे

ढाका, ९ चैत । बङ्गलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले ऊर्जा व्यापारका लागि नेपाल, बङ्गलादेश र भारतबीचको त्रिपक्षीय सहयोगलाई सुदृढ पार्नु आवश्यक भएको बताउनुभएको छ । बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्मशतवार्षिकीका अवसरमा ढाकास्थित ‘नेशनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल–बङ्गलादेश सम्बन्ध र बङ्गबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विकासको आवश्यकता परिपूर्ति गर्न नेपालको जलविद्युत् र बङ्गलादेशको प्राकृतिक ग्यास महत्वपूर्ण साधन बन्ने सक्ने बताउनुभयो । दुवै देशले यसअघि नै ऊर्जा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेकाले व्यापार, पारवहन, ऊर्जा, सम्पर्क सञ्जाल, पर्यटन, शिक्षा, संस्कृति एवं जनस्तरको सम्बन्ध अभिवृद्धि गरी आपसी सहकार्य र सहयोगलाई विस्तार गर्न राष्ट्रपतिले आह्वान गर्नुभयो ।

राष्ट्रपति भण्डारीले व्यापार अड्चनको निवारण, पूर्वाधारको विकास एवं सहज बजार पहुँचले व्यापार सम्बन्धलाई उल्लेख्य रुपमा बढाउन सक्ने जनाउँदै दुवै देशलाई लाभदायी हुने गरी व्यापार घाटा न्यूनीकरण गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । “बहुपक्षीय मञ्चहरुमा आपसी समर्थन र सहयोगका माध्यमबाट हाम्रा दुई मुलुकका समान हितहरु प्रवद्र्धन गर्नका लागि पनि हामी उत्तिकै सक्रियतापूर्वक लागिरहेका छौँ”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “सम्पर्क सञ्जाल विस्तार गर्न काठमाडौँ–ढाका खण्डमा उडानहरु थप्न र बङ्गलादेशको शइदपुर र नेपालको विराटनगरजस्ता ठूला शहरबीच हवाई सम्पर्क स्थापना गर्न सकिन्छ ।”

भारत र बङ्गलादेशसँग नेपालका नदीहरुको आबद्धताबाट जलमार्ग विकास गर्न सहयोग पुग्ने जनाउँदै उहाँले सडकमार्गको स्तरोन्नति र रेलमार्गको विकास एवं तिनको आबद्धताले पनि यस प्रक्रियामा अर्थपूर्ण योगदान दिन सक्ने बताउनुभयो । उहाँले बङ्गलादेशको रोहनपुरमा सामान भण्डारण गरी रेल पारवहनद्वारा द्विपक्षीय व्यापार प्रवद्र्धन गर्ने समझदारी प्रक्रिया अगाडि बढेकामा खुशी व्यक्त गर्नुभयो ।

दुवै देशको प्राकृतिक सौन्दर्य, ऐतिहासिक तथा पुरातात्विक क्षेत्र एवं सांस्कृतिक सम्पदाको सम्पन्नताका कारण नेपाल र बङ्गलादेशले पर्यटन क्षेत्रमा आपसी सहयोग विस्तार गरी लाभ लिन सक्ने बताउँदै राष्ट्रपति भण्डारीले बङ्गलादेशी पर्यटकले नेपालका हिमाल, हराभरा उपत्यका, अपार जैविक विविधता र महत्वपूर्ण ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक क्षेत्रको भ्रमणबाट लाभ लिन सक्ने जनाउनुभयो । नेपाली पर्यटकले बङ्गलादेशका सुन्दर समुद्री तट, सदाबहार समुद्री वनस्पतिका सुन्दर वन र सांस्कृतिक एवं ऐतिहासिक क्षेत्रको भ्रमण गर्न सक्ने उहाँले बताउनुभयो ।

राष्ट्रपति भण्डारीले बङ्गबन्धुको ‘सोनार बंगाल’ को परिकल्पनानुसार बङ्गलादेशले द्रुत गतिका विकास गरिरहेको थापा पाउँदा खुशी व्यक्त गर्दै नेपाल सरकारले पनि आफ्ना सम्पूर्ण प्रयास ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न केन्द्रित गरिरहेको र नेपालले छिट्टै मध्यम आय भएको मुलुकका रुपमा आफूलाई स्तरोन्नति गराउने अवगत गराउनुभयो । उहाँले लामो समयदेखि नेपाल र बङ्गलादेशबीच निकट, मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध रहिआएको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले राष्ट्रपति बङ्गबन्धुको जन्मशतवार्षिकीको गत वर्ष भिडियो सन्देशका माध्यमबाट उद्घाटन समारोहलाई शुभकामना दिनुभएकामा राष्ट्रपति भण्डारीप्रति आभार व्यक्त गर्दै बङ्गलादेश स्वतन्त्रताको आन्दोलनमा नेपाली नेता र जनताले नैतिक सहयोग तथा हतियारसमेत दिएको स्मरण गर्नुभयो ।

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले नेपाल र बङ्गलादेश दुवैले मध्यम आय भएको मुलुकमा एकैसाथ स्तरोन्नति गर्न लागेकामा खुशी व्यक्त गर्दै आफ्नो देशको स्वतन्त्रताको आन्दोलनमा भएको नेपालको सद्भावप्रति धन्यवाद व्यक्त गर्नुभयो । बङ्गलादेश स्वतन्त्र मुलुक भएपछि मान्यता दिनेमध्ये नेपाल एक अग्रणी मुलुक भएकाले पनि आफूहरु नेपालप्रति सँधै ऋणी रहेको उहाँको भनाइ थियो ।

समारोहमा बङ्गाली र नेपाली कलाकार टोलीबाट सांस्कृतिक प्रस्तुति गरिएको थियो । कार्यक्रममा राष्ट्रपति भण्डारीकी सुपुत्री उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायत भ्रमण दलका सदस्यको सहभागिता थियो ।

यसअघि राष्ट्रपति भण्डारीसँग ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री हसिनाले शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । आजै यहाँका विदेशमन्त्री डा अब्दुलले राष्ट्रपतिसँग अलग्गै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । राष्ट्रपति भण्डारी राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० को विशेष विमानबाट आज बिहान यहाँ आइपुग्नुभएको हो । यहाँ आइपुग्नुभएका राष्ट्रपति भण्डारीलाई बङ्गलादेशका राष्ट्रपति हमिदले विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group