ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलम्चीबाट काठमाडौंमा झर्नु उपत्यकाबासीको लागि पर्व जस्तै (भिडियोसहित)


एबीसी / संवाददाता
२१ चैत्र २०७७, शनिबार   ११ : २३   बजे

काठमाडौं, २१ चैत्र ।  दुई दशकपछि बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा झरेको छ । मेलम्चीबाट पहिलो चरणमा १७ करोड लिटर पानी काठमाडौंबासीले पिउन पाउनेछन् । तर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने वर्तमान सरकारकै पहलमा याङ्ग्री र लार्के नदीको पानी काठमाडौं ल्याउनुपर्ने कुरालाई जोड दिएका छन् । झण्डै २२ वर्षपछि बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा झरेको छ ।

मेलम्चीबाट १७ करोड लिटर पानी काठमाडौंबासीको धारामा झरेपनि यो पानी अझै अपर्याप्त नै हुनेछ किनभने काठमाडौंबासीको न्यूनतम खानेपानीको माग दैनिक ४३  करोड लिटर हो । मेलम्ची आयोजनाको योजना अनुसार मेलम्ची, याङ्ग्री र लार्केबाट १७/१७ करोड लिटर पानी गरि ५१ लिटर पानी भित्र्याउने योजना हो । लामो समयपछि १७ लिटर पानी मेलम्चीबाट काठमाडौंमा झर्नु उपत्यकाबासीको लागि पर्व जस्तै भएको काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

मेयर शाक्यले आफूले आफ्नो नेतृत्वमा मेलम्चीको पानी काठमाडौं आउने प्रतिबद्धता जाहेर गरेको ४ वर्षपछि काठमाडौंमा मलम्चीको पानी आएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले वर्षौदेखि उपत्यकाबासीले खानेपानीको गुनासो गर्दै आएकोले यो अयोजना छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्ने धारणा राखे ।

त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास निर्माणको कामलाई जोड दिएको बताउँदै अबको तीन वर्षमा याङ्ग्री र लार्के नदीको पानी ल्याउने गरी सम्बन्धित पक्षले पहल गर्नुपर्नेमा पनि जोड दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी काठमाडौं आउनु नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाली जनताको लागि नयाँ उपहार भएको बताइन् । विकास निर्माणको काममा यदाकदा बाधा उत्पन्न हुनु नकरात्मक भएको धारणा राष्ट्रपति भण्डारीको छ ।

२२ वर्षपछि मेलम्चीको पानी काठमाडौं झरेपनि यसले काठमाडौंबासीको अहिलेको दैनिक माग भने पूर्ति गर्नेछैन । तथापि, काठमाडौंबासीलाई केही राहत भने मिल्नेछ । मेलम्चीसंगै गाङ्ग्री र लार्के नदीको पानी पनि छिट्टै काठमाडौंमा झार्न सम्बन्धित सबैले जोड दिदै आएका छन् । सरकारले पनि यसखाले प्रतिबद्धता जनाउने मात्रै होइन, कार्यान्वयनका लागि थप ठोस पहल गरेमात्रै याङ्ग्री र लार्के नदीको पानी पनि छिट्ट काठमाडौं आउन सम्भव हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमती सरकारमा पार्टीकोतर्फबाट सहभागी मन्त्रीहरूलाई राजीनामा दिन एमालेको निर्देशन

आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

सम्बन्धित

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

नारायणगढ–मुग्लिन सडक खण्डमा दुई बस ठोक्किए, सडक फेरि अवरुद्ध

विपद् व्यवस्थापनमा आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

चीनको एआई रणनीति अमेरिकाको भन्दा फरक

जोर्डनमा दुई अमेरिकी सैनिक मारिएपछि अमेरिकाद्वारा इरानमाथि जवाफी प्रहार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu