काठमाडौं, ६ बैशाख । प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति र अर्थ समितिले काठमाण्डौ–तराई जोड्ने फास्ट ट्रयाक् (दु्रत मार्ग)को संयुक्त अनुगमन गरेको छ । स्थलगत अध्ययन गर्न पुगेका समिति सदस्यहरुबीच आयोजना समयमै सम्पन्न हुनेमा दुईमत देखिएको छ । विकास तथा प्रविधि समितिका सदस्यहरुले चुनौतिपुर्ण र ठूला कामहरु बाकी नै रहेकाले समयमै सम्पन्न हुनेमा शंका व्यक्त गरे भने अर्थ समितिका सदस्यहरुले समयमै आयोजना सम्पन्न हुनेमा ढुक्क रहन आग्रह नै गरेका छन् ।
नेपाली सेनाले निर्माण गरिरहेको काठमाण्डौ तराई दु्रत मार्ग निर्माणमा ढिलाइ भएको गुनासो बढीरहेको बेला संसदीय समितिहरुले संयुक्त अनुगमन गरेका छन् । संसदको विकास तथा प्रविधि समितिमा निर्माण प्रक्रिया ढिलो भएको उजुरी नै परेको थियो । संसदीय अनुगमनमा पुग्नु भएका सांसदहरुले विकास निर्माणका ठूला आयोजनाहरु समयमा नै सम्पन्न हुन नसक्ने रोग काठमाण्डौ तराई दु्रत मार्गको निर्माण प्रक्रियामा पनि देखिएको टिप्पणी गरेका छन् । अनुगमनमा गएका समिती सदस्यहरुबीच भने दुईमत देखिएको छ । विकास तथा प्रविधि समितिका सदस्यहरुले चुनौतिपुर्ण र ठूला कामहरु बा“की नै रहेकाले समयमै सम्पन्न हुनेमा शंका व्यक्त गरेका छन् । विकास समिति अन्र्तगत गठित दु्रतमार्ग अध्ययन उपसमितिका संयोजक गणेश कुमार पहाडीले २०८१ सालको कार्तिक मसान्त भित्र सम्पन्न गरिसक्नुपर्ने आयोजनाको अहिलेको अवस्था हेर्दा समय मै सम्पन्न हुन नसक्ने देखिएको प्रतिक्रिया दिए ।
यसैगरि, अनुगमनमा गएका अर्थ समितिका सभापति तथा समिति सदस्यहरुले भने आयोजना निर्माण समयमै सम्पन्न हुने बताए । उनीहरुले दु्रतमार्ग निर्माण प्रक्रियामा राजनैतिक खिचातानीको प्रभाव पर्न दिन नहुने धारणा व्यक्त गरे । निर्माणमा संलग्न नेपाली सेना तथा अन्य निर्माण कम्पनीलाई स्वतन्त्रपुर्वक काम गर्न दिनुपर्ने उनीहरुको तर्क छ । अर्थ समिति सदस्य विनोद चौधरीले आयोजना निर्माण सम्पन्न हुनेमा आफु विश्वस्त रहेको प्रतिक्रिया दिएका छन् ।
दु्रत मार्ग अध्ययन उपसमितिका संयोजक गणेश कुमार पहाडीका अनुसार २०८१ को कात्तिक मसान्त भित्रै सम्पन्न हुने कुरामा केही चुनौतीहरु छन् । ११ वटा प्याकेज मध्ये २ वटा प्याकेजको मात्रै ठेक्का निस्केको छ । निर्माण व्यवसायी छनौट भएर ठेक्का हाल्ने काम भएको छ तर त्यसको अन्तिम टुंगो लागेको छैन । अरु ९ वटा प्याकेजको त ठेक्का नै निस्केको छैन । जति काम भएका छन्, यसमा ठूला ठूला कामहरु खास भएका छैनन् । ८७ वटा पुलहरु निर्माण गर्नुपर्छ । नेपालमा अहिलेसम्म नबनेका ७५ मिटर अग्ला पुलहरु, पहिलोचोटी निर्माण गर्नुपर्ने ३ वटा सुरुङमार्गका कामहरु चुनौतीपूर्ण रहेको पहाडी बताउ“छन् ।
यस्तै अर्थ समितिका सदस्य विनोद चौधरीले भने हालसम्म ४४ किलोमिटर सडक बनिसकेको, ३ वटा टनेल र करिब ७ किलोमिटर लामो टनेल र बा“की भएको ११ किलोमिटर टनेलको काम अघि बढाउन कसरत भइरहेको भन्दै यी कामहरु छिोभन्दा छिटो टुंगोमा पु¥याउनुपर्ने बताएका छन् । आर्मीको तर्फबाट पनि काम भइरहेको बताउ“दै चौधरीले विकासको काममा राजनीतिक खिचातानी नभए र तदारुकता देखाउन सक्नुपर्ने धारणा राखे ।
नेपाली सेनाले अहिले तराई क्षेत्रमा कालोपत्रे गर्न मिल्ने गरि र पहाडी क्षेत्रको सजिलो क्षेत्रमा कामहरु गरिरहेको छ । ठूला ठूला पूल र सुरुङमार्ग समेत बनाउनुपर्ने भएकाले त्यसका लागि आवश्यक पहु“चमार्ग पनि बनाईरहेको छ । प्रतिनिधिसभा अन्र्तगत अर्थ समितिका सभापति कृष्ण दाहालले दु्रतमार्ग बन्ने कुरामा सबै सकारात्मक भएर भूमिका खेल्न सके समयमा नै आयोजना पुरा हुने अवस्था रहेको प्रतिक्रिया दिएका छन् ।
दु्रतमार्गको अहिलेसम्म १९ प्रतिशत काम मात्र सम्पन्न भएको छ । कुल लम्बाई ७२ दशमलब ५ किलोमिटर दुरी रहेको दु्रतमार्गमा कुल १ खर्ब ७५ अर्ब खर्च हुने अनुमान गरिएको छ । दु्रतमार्गमा ६ दशमलब ४१ किलोमिटर हुने ३ वटा सुरुङ मार्ग, १० दशमलब ५९ किलोमिटर हुने ८७ वटा पुल निर्माण गर्नुपर्ने छ । अहिले माटो काटेर पुर्ने सडकको काम लगभग सकिने अवस्थामा छ । यसरी माटो काटेर पुर्ने सडकको कुल लम्बाई ५५ दशमलब ५ किलोमिटर छ । दु्रतमार्गको बा“की काम पनि द्रुत गतिमा नै गर्न सके मात्र २०८१ को कात्तिक मसान्त सम्म आयोजनाको काम सम्पन्न हुन संभव देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्