ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भानुभक्त प्राणी उद्यानमा १२४ प्रजातिका चरा फेला


एबीसी / संवाददाता
९ बैशाख २०७८, बिहिबार   ११ : ३१   बजे

दमौली, ९ वैशाख
तनहुँको व्यास नगरपालिका–१२ स्थित भानुभक्त प्राणी उद्यानमा एक साताका अवधिमा १२४ प्रजातिका चरा भेटिएका छन् । यही वैशाख १ देखि ७ गतेसम्म गरिएको अनुगमनका क्रममा ती प्रजातिका चरा भेटिएका हुन् ।

गर्मीयामको चरा अनुगमनबाट फेला परेका चराका ती प्रजातिको अभिलेख राख्ने काम सम्पन्न प्राणी उद्यानका संरक्षण अधिकृत रुपक महर्जनले जानकारी दिनुभयो । ती मध्ये ३६ प्रजातिका चरा गत वर्ष सम्पन्न भएको हिउँदे अनुगमनका क्रममा फेला नपरेका चरासमेत छन् । उहाँका अनुसार गत वर्षको हिउँदे अनुगमनका क्रममा १४१ प्रजातिका चरा अभिलेख गरिएको थियो । अद्यावद्यिक अभिलेखानुसार प्राणी उद्यान क्षेत्रभित्र १७६ प्रजातिका चरा रहेका बताइएको छ ।

“सानो क्षेत्रफल भएको उद्यानमा १७६ प्रजातिका चरा भेटिनु वन्यजन्तु संरक्षणको दृष्टिकोणले सुखद् र उत्साहप्रद हो”, उहाँले भन्नुभयो । चार सय २५ हेक्टर क्षेत्रफलमा फैलिएको उद्यानमा अनुगमनका क्रममा प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घको सङ्कटापन्न सूचीमा रहेको विश्वमा दुर्लभ मानिएको गोमायु महाचील र सेतो गिद्ध, संवेदनशील सूचीमा रहेको हिमाली गिद्ध, चश्मे उलुक र घेघरी झाडीफिस्टोसहित रेकर्ड गरिएको छ । साथै नेपालमा मात्र पाइने चरा काँडे भ्याकुरलगायत विभिन्न रैथाने, हिउँदे र ग्रीष्मकालीन आगन्तुक चरा रेकर्ड गरिएको छ ।

उद्यानको सबै क्षेत्रलाई समेटिने गरी लाइन ट्रान्जेक्ट बनाई बिहान र बेलुका उक्त ट्रान्जेक्टमा पैदल हिँडी अवसर अनुगमन गरिएको थियो । चराहरु प्रत्यक्ष देखेर वा स्वर सुनेको आधारमा पहिचान गरी ‘मेकानेन’ विधिबाट अभिलेख राखिएको थियो । उक्त कार्यका लागि बाइनाकुलर, क्यामेरा र चरा पहिचान पुस्तकको प्रयोग गरिएको थियो । चरा अनुगमनका कार्यको गत वैशाख १ गते २६औँ वन्यजन्तु सप्ताहको अवसर पारी शुभारम्भ गरिएको थियो ।

नेपालका विभिन्न स्थानमा पाइने वन्यजन्तुको प्रतिनिधिमूलक वनको रूपमा संरक्षण गर्ने, मध्यपहाडी वन क्षेत्रका घाइते तथा टुहुरा वन्यजन्तुको उद्धार गरी संरक्षण एवं संवद्र्धन गर्ने, वंशाणुगत विविधता संरक्षण गर्ने, प्रयोगशाला अध्ययन, अनुसन्धान प्रवद्र्धन गर्दै संरक्षित क्षेत्रमा वन्यजन्तुको वैज्ञानिक व्यवस्थापनमा विकास गर्नेलगायतका उद्देश्य राखेर सरकारले भानुभक्त प्राणी उद्यानको कामलाई अगाडि बढाएको छ । सो उद्यानले १३ वन क्षेत्रलाई समावेश गरेको छ । प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन गरी १३ वन क्षेत्र समावेश गरिएको छ । (रासस)
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group