ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अझैपनि कोरोना नियन्त्रणमा केही दिन हेरौं वा पखौं भन्नु भनेको मृत्युको संख्या गनेर रमाउनु जस्तै हो


कविराज विसी
१५ बैशाख २०७८, बुधबार   १० : २२   बजे

पछिल्लो केही दिन यताको तथ्याङ हेर्ने हो भने कोरोना सक्रमणको जोखिम दिन प्रतिदिन बढिरहेको छ नेपालमा । कोरोना संक्रमणको हिसाबले यतिखेर नेपाल अत्यन्तै कठिन र संवेदनशील स्थितिको त्यो ज्वालामुखीमाथि खडा छ, जहाँ जुनसुकै बेला पनि महामारीको अनियन्त्रित विस्फोटन हुन सक्छ । त्यसो त अहिलेनै संक्रमण फैलिँदै जाँदा त्यो ‘अनियन्त्रित’ जस्तै बन्दै जान थालेको प्रतीत हुन थालेको छ । कोरोनाको दोस्रो लहर सगै फैलिँदो महामारी, बढ्दो मृत्युदर र त्यसलाई सम्हाल्ने दिशामा सरकारका प्रयत्नहरु गतिहीन, दिशाहीन र मतिहीन जस्तै साबित भएका छन् । संक्रमणको बढ्दो दरलाई रोक्न सरकारले अपनाएका निकम्मा कार्यशैली र अभिव्यक्त गरिरहेका लाचार भनाइहरुका आधारमा भन्न्दा अहिलेको स्थिति भनेको एक किसिमले सरकारले हात उठाइसकेको जस्तै देखिन्छ ।

कोरोना महामारी नियन्त्रण गर्ने सवालमा सरकारको सोच र दृष्टिकोण लकडाउनको उपायलाई अचूक हतियार ठानेको देखियो । तर, लकडाउन कोरोना संक्रमणको सिक्रीलाई अस्थायी रुपमा तोड्ने र त्यसबीच भविष्यमा आउने सम्भाव्य संकटका विरुद्ध जुघ्ने तयारीका लागि प्राप्त समयावधि मात्रै हो भन्ने कुरालाई सरकारले बोध गर्न सकेन । कोरोना नियन्त्रणको सन्दर्भमा लकडाउन एउटा उपाय त हुन सक्ला तर, त्यो नै अन्तिम होइन, त्यसका साथसाथै, जनस्वास्थ्यका नियमहरुको कडाइका साथ पालना तथा संक्रमणको फैलावट र प्रभावका आधारमा चलायमान र प्रभावकारी नीति मुख्य कुरा हो भन्ने तत्वबोध सरकारमा रहेका नेतृत्वकर्ता तथा तिनका नीतिनिर्माता तथा सल्लाह दिनेहरुमा पटक्कै देखिएन ।

https://www.facebook.com/154022118047942/videos/3895502337184732

 

भारतमा कोरोना महामारीको दोस्रो लहरले दिनानुदिन भयावह रुप लिदै गएको छ । पछिल्लो २४ घण्टामा तीन लाख ५० हजारभन्दा बढी कोरोना संक्रमणदर छ भने २ हजार ८ सयभन्दा बढी संक्रमितको मृत्यु भएको तथ्यांक छ । परीक्षणको दायरामा नपरेका र मृत्युको दर्ता नभएकाहरुको कुनै हिसाब किताव नै छैन । विश्वकै कोरोना हटस्पट’ बनेको भारतबाट स्थलमार्ग हुँदै सर्वसाधारण निर्बाध रूपमा नेपाल प्रवेश गरिरहेका छन् । भारतबाट नेपाल प्रवेश गर्ने सीमा नाकामा कोरोना परीक्षण र आवागमनमा कडाई हुन नसक्दा कोरोना महामारीको थप जोखिम नेपालमा पनि बढ्दैछ । पछिल्लो एक हप्तामा कोरोना झन् विकराल रूपले सहर–सहरमा डेरा जमाइसकेको अवस्था छ । विकराल रूप भन्नाले यो सजिलैसग सर्छ, अनि यसले मान्छेलाई चाँडै मृत्युको मुखतिर धकेल्छ । बच्चा, वृद्ध सबैलाई । अर्को शब्दमा भन्नुपर्दा, ‘खुकुरीभन्दा कर्दा लाग्ने’ भनेको जस्तो, पोहोरको माउ कोरोनाभन्दा अहिले देखिएको बच्चा कोरोना धेरै छरिता र विषालु छन् । पहिलो चरणको कोरोना दैनिक पाच सय संक्रमण संख्याबाट दैनिक दुई हजार दुई सय पुग्न करिब चार महिना लागेको थियो भने अहिले एक हप्ता पुग्दानपुग्दै पा“च सयबाट दुई हजार तीन सयमा पुग्यो, प्रतिदिन संक्रमितको संख्या । यही एक हप्ताभित्र सर्वशक्तिमान काठमाडौंका ‘आइसोलेसन बेड’हरू बिरामीले भएका छन् भने काठमाडौं बाहिर नेपालगन्जतिर त अब बिरामीलाई सास फेर्नलाई अक्सिजन त काहा हो काहा , पल्टिनलाई बेडसमेत छैन । आधाउधिले रोग लागेर पचाइसके । बाँकीले खोप लाइसके या लाउने तयारीमा छन् ।

https://www.facebook.com/154022118047942/videos/2933897733600313

तर, यसो भारततिर हे¥यो, मन तर्सिन्छ । हावापानी त्यही हो । सामाजिक आन–बान, चालचलन मिल्दोजुल्दो छ । अझ भ्याक्सिन त हामीभन्दा उनीहरूले बढी लाए होलान् । तिनैले दिएको भ्याक्सिन हामीले लाउन सुरु गरेका हौ । रोग हामीभन्दा उनीहरूले बढी पचाए होलान् । तैपनि स्थिति त्यहाँ दिनप्रतिदिन कहालीलाग्दो बन्दै छ । पछिल्ला दिनहरुमा दैनिकजसो ३ हजार नयाँ संक्रमित थपिन थालेका छन्। मृत्यु दर बढिरहेको छ । यस्तो ‘अवस्थामा केही दिन हेरौं वा पखौं भन्नु भनेको मृत्यको संख्या गनेर रमाउनु जस्तो सन्देश जान्छ । तससर्थ सरकारले स्वास्थ्य सम्वन्ध अन्य पूर्वाधार तथा प्रथामिक उपचारको कामसंगै तत्काल जोखिम कम गर्न सकिने काममा एक रत्ति पनि ढिलाई गर्न हुदैन विश्वका विभिन्न देशहरुले यतिबेला कोरोना हटस्पट बनेका देशबाट सवै प्रकारको यात्रा प्रतिवन्ध लगाएका छन् । यो उनीहरुको रहर पक्कै पनि होइन । बाध्यता हो , हाम्रो पनि सीमा नाका बन्द गर्ने कुनै रहर नभएर स्वास्थ्य उच्च जोखिमबाट बच्ने एउटा अनिवार्य उपाय हो । यस तथ्यलाई कसैले पनि कुनै पनि रुपमा अन्यथा बुझ्नु हुंदैन ।

विश्वव्यापीरुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस महामारीको असर छिमेकी मुलुक भारतलगायत नेपालमा पनि ब्याप्त हुदै गएको छ । सरकारले कोरोना नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्यरुपमा अपनाउन तथा २५ जनाभन्दा बढी भेला भई कुनै सभा, समारोह र भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरेपनि यसको कार्यान्वयन भने सरकारी पक्ष्ँबाटै भएको छैन । सरकार र शीर्ष राजनीतिक दलहरु नै विभिन्न कार्यक्रमहरु गर्दै कोरोना भाईरस संक्रमणको जोखिम बढाईरहेकोप्रति स्वास्थ्यकर्मीहरुले चिन्ता प्रकट गरेका छन् , देशभर कोरोना संक्रमण र त्यसबाट ज्यान गुमाउनेको संख्या दिनहु बढि रहेको छ । लकडाउन होइन, जनस्वास्थको मापदण्ड कसरी पालना गर्ने भन्नेबारे सचेतना फैलाउन आवश्यक छ ।

परीक्षणको दायरा फराकिलो बनाउँदै संक्रमितहरुको पहिचान गरिनुपर्छ । तर, यहाँ स्थानीय सरकारले प्रदेश तथा प्रदेशले केन्द्र सरकारसँग समन्वय गरेको देखिएन । पछिल्लो समयमा कोरोना परीक्षणको दायरा बढाउने, नाकामा कडाइ गर्ने, कन्ट्याक्ट टेसिङ गर्ने काममा राज्यले समयमै गरेको भए यसरी घर–घरमा संक्रमण पुग्ने थिएन । खुल्ला सिमानाका कारण भारतमा भुसको आगोसरी फैलिएको कोरोना महामारी नियन्त्रण नभएसम्म नेपालमा संक्रमण कम हुने सम्भावना नरहेकाले स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्नेमाथि कडाई गर्नुपर्ने र केन्द्र, प्रदेश तथा स्थानीय तहगरी तीनवटै तहमा स्वास्थ सेवा प्रवाहका लागि विभाग गठन गरिनुपर्छ । सरकारले संक्रमितको पहिचान गरेर आइशोलेट गर्न तथा भविष्यमा आउन सक्ने समस्याबारे योजना बनाउन र पूर्वतयारी गर्न निश्चित अवधिका लागि लकडाउन गर्नु जायज हुनसक्छ । तर, यो मात्रै कोरोना नियन्त्रणको अचुक औषधी पक्कै होइन । कोरोना नियन्त्रण गर्न दक्षिण एशियाली देश भूटानको सफलता पनि प्रेरणादायी छ । भूटानले भारतसँगको सीमा क्षेत्रमा कडाइ गर्ने, कन्ट्याट टे«सिङ गर्ने अनि व्यवस्थित रुपमा नागरिकहरुलाई क्वारेन्टाइन गर्ने तरिका अबलम्बन गरेकाले महामारी नियन्त्रण गर्न सफल भएको छ । त्यसैले छिमेकी मूलुक संगकोे नाकामा कडाइ गर्न सकियो भनेपनि कोरोनो केहीमात्रमा नियन्त्रण हन सक्छ यस तर्फ सरकारले तत्काल ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group