ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२१ टनको अनियन्त्रित रकेट पृथ्वीतर्फ खस्दै, कहाँ खस्दै छ यी हुन सम्भावित क्षेत्र


एबीसी / संवाददाता
२६ बैशाख २०७८, आइतबार   ७ : २०   बजे

काठमाडौँ, २६ वैशाख । एउटा चिनियाँ रकेट अनियन्त्रित रूपमा पृथ्वीमा खस्न लागेको छ र वैज्ञानिकहरूलाई हालसम्म यो कहाँ खस्छ भन्ने यकिन थाहा छैन। विशेषज्ञहरुले यो रकेट बाक्लो जनघनत्व भएको ठाउँमा खस्न सक्ने चेतावनी दिएका छन् । बिहीबार प्रक्षेपण गरिएको चीनको ‘लंग मार्च फाइभ बी’ नामको यो रकेट केही दिनभित्रै पृथ्वीमा खस्ने अनुमान गरिएको छ ।

सो रकेट १६ फिट चौडाइ र ९८ फिट लम्बाइको छ। यसलाई चीनले एप्रिलको अन्त्यमा अन्तरिक्षमा नयाँ स्टेसन बनाउन प्रक्षेपण गरेको थियो। अहिले यो रकेट प्रतिघण्टा २७,६०० किलोमिटरको गतिमा पृथ्वी वरपर घुमिरहेको छ। बीबीसीका विज्ञान सम्वाददाता जोनाथन एमोसका अनुसार यसको स्थान भूमध्यरेखाको ४१ डिग्री उत्तर र दक्षिणबीच छ। यो पृथ्वी घुम्दा उत्तरमा न्यूयोर्क, इस्तानाबुल र बेइजिङमाथि एवं दक्षिणमा वेलिङ्गटन र चिलेमाथि पर्छ।

उनले भन्छन्, “यदि तपाईँ भूमध्यरेखाको दुवैतर्फ ४१ डिग्रीभन्दा बाहिर बस्नुहुन्छ भने यो तपाईँमाथि खस्दैन।” “तर यसको क्षेत्रमा रहनुभएको छ भनेपनि तपाईँमाथि यो खस्ने सम्भावना एकदमै कम छ किनभने पृथ्वीको ७० प्रतिशत भूभाग समुद्र छ र यदि केही गरि यो वायुमण्डलमा जलेर नष्ट भएन भने पनि यो पानीमा पर्ने सम्भावना धेरै छ।”सन् २०२० मेमा यस्तै रकेट प्रक्षेपण गर्दा पनि त्यसका टुक्राटाक्री पश्चिम अफ्रिकाका गाउँहरूमा खसेका थिए। अहिलेको रकेट भने मे १० को वरपर खस्ने अनुमान गरिएको छ।

यो कहाँ खस्छ भन्ने वैज्ञानिकहरूले पृथ्वीमा आइपुग्ने एक घण्टा अगाडि मात्रै थाहा पाउने छन्।अमेरिकी सरकारको अनुदानमा सञ्चालन हुने एक संस्थाले अन्तरिक्षमा रहेका करिब २६ हजार मानवनिर्मित वस्तुहरूको तथ्याङ्क राख्छ। टेक्सस विश्वविद्यालयका प्राध्यापक मोरिबा जह भन्छन् “ती वस्तुहरू मोबाइल फोनको आकारदेखि अन्तरिक्ष स्टेसन जत्रा सम्मका छन्। तीमध्ये ३,५०० काम गरिरहेका भूउपग्रह छन् बाँकी जम्मै कवाडी हुन्।”जहका अनुसार अन्तरिक्षमा भएका ती वस्तुहरू काम गरिरहेका भूउपग्रहसँग ठोक्किने मात्रै होइन, २०० जति ठूलो आकारका वस्तुहरू ‘बम जस्ता’ हुन्। “हाम्रा लागि मौसम, स्थान जानकारी वा समय जस्ता काम लाग्ने सूचना दिने भूउपग्रहहरू कुनै पनि बेला अर्को वस्तुसँग ठोक्किएर काम नगर्ने हुन सक्छन्। यसले हाम्रो दैनिक जीवनलाई नै असर गर्न सक्छ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

अमेरिका र इरानको अवसरको अनौठो क्षण

ओली–प्रचण्डको नयाँ ‘गेम प्लान’: वडाबाट सुरु हुने वाम सहकार्य

सिंहदरबारको फेरिएको मुड : ‘उद्घाटन–संस्कृति’ को अन्त्य कि शक्ति केन्द्रीकरणको सुरुवात ?

पराजयपछि फेरि ब्युँतियो वाम एकताको बहस : पुनर्गठन कि अवसरवादी ध्रुवीकरण ?

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu