मानविय चेतना र प्रविधिको विकासले निश्चित विन्दु पार गरिसकेको छ । त्यसैले यो युगलाई आधुनिक युग भनिएको छ । तर, सबै मानिस आधुनिक युगमा रमिरहेका छन् भन्न सक्ने अवस्था अझै पनि छैन । मानिसहरु आ–आफ्नै मान्यताहरुमा रमिरहेका छन् । तर, आधुनिक युगमा नरम्ने मानिसहरु थोरै मात्र छन् । तुलनात्मक रुपमा आदिवासीहरु आफ्नै पुरानो परम्परामा सम्ने गर्छन् । आधुनिक युगलाई नै चुनौती दिदै आफ्नै दुनियाँमा रम्ने थोरै मात्र मानिस छन् । जो, परम्परागत शैलीमै जीवन यापन गरिरहेका छन् । यस्ता मानिस या समुह विश्वका विभिन्न मुलुकमा छन् । तर, अत्यन्तै न्युन मात्रामा । नेपालमा पनि राउटे समुदाय आधुनिक दुनियाँसँग निक्कै टाढा रहन चाहन्छन् । अझै पनि राउटे समुदाय वनमै बस्छन् । र, आफुलाई वनको राजा भनेर चिनाउन चाहन्छन् ।
को हुन राउटे समुदाय ?
लोपउन्मूख तथा फिरन्ते जीवनशैली भएका राउटेहरूको संसार वनमै छ । राउटेहरु निश्चित कुनै स्थानमा बस्दैनन् । छोटो–छोटो समयमा बसाई सरिरहने राउनेको परम्परागत शैली नै हो । राउटे समुदाय जीवन यापनका लागि खासै खेतीपाती गर्दैनन् । उनीहहरु, काठका विभिन्न सामान उत्पादन गर्छन् । र, काठबाट उत्पादीत सामग्री लिएर नजिकको गाउँ पस्छन् । ती सामानहरुसँग अन्नबाली साटेर जीवन यापन गर्छन् । राउटे समुदाय बढी सिकार गर्छन् । उनीहरुको मुख्य सिकार बादर हो । राउटे सामुदाय आधुनिकय समयको घर रुचाउँदैनन् । उनीहरु, हरियो स्याउला र घोचाहरूको प्रयोगमा गोलाकार र अण्डाकार छाप्रो बनाएर बस्छन् । त्यति मात्र होइन, उनीहरु पहिले–पहिले त ओढार मै बस्ने गर्थे । राउटेहरुको आफ्नै परम्परागत मान्यताहरु छन् । बाटो लागेपछि पछाडि फर्केर खोला वा तालको पानी खाँदैनन्, मूलको मात्र खान्छन् । सम्पत्तिका रूपमा उनीहरूसँग पकाउने भाँडा, दाउरा काट्ने र शिकार गर्ने केही हतियारमात्र हुन्छन् ।
राउटे समुदाय एकै ठाउँमा घर बनाएर बस्दैनन् । बसेको ठाउँमा कुनै सदस्यको मृत्यु भएमा तत्काल त्यस ठाउँ छाड्नुपर्ने उनीहरुको परम्परागत मान्यता छ । लामो समयसम्म कसैको मृत्यु नभए पनि त्यस ठाउँमा अन्य मानिसको चहलपहल बढ्न थाल्यो भने असुरक्षा महसुस गर्दै राउटे समुदाय बसाइ सर्छन् । तर, आजभोली भने वन सम्बन्धी सरकारी नीति र वन क्षेत्र साँघुरीदैं गएको कारण पनि राउटेहरु बसाई सर्ने गरेका छन् । राउटेहरु आफुलाई वनको ठकुरी अर्थात राज भन्न रुचाउछन् । कल्याल ठकुरी, राजकोटी ठकुरी र छत्याल ठकुरी राउटेका जात हुन । राउटेका थरहरु विकसित समाजका ठकुरीहरुका थरसँग हु–बहु मिल्दो जुल्दो पाइन्छ । राउटेहरु आफुलाई सत्यवादी बताउन चाहन्छन् । किवदन्ती अनुसार तत्कालिन समयमा ठकुरीहरु मध्ये उपेक्षित भएको अर्को समुहले त्यसबेलाको अवस्था सहन नसकेर बिद्रोह गर्दै वन पसेका थिए । त्यो समय देखी नै राउटे समुदाय वनमा रमाउन थालेको बुझाइ छ ।
वनमै बसेपनि राउटे समुदाय पनि खुशी हुने अनेक उपायहरु खोजिरहेका हुन्छन् । परम्परादेखी नै राउटे समुदाय गीत गाउँदै नाचेर मनोरञ्जन लिने गरेका छन् । राउटेहरु, वन नै आफ्नो राज्य मान्छन् । राउटे समुदायको मुख्य वासस्थान सुर्खेत, दैलेख, अछाम र कालिकोटका वनहरु हुन । उनीहरु धेरै वर्ष पहिलेदेखी यीनै जिल्लाको वनहरुमा बसोबास गर्दै आएका छन् । राउटेहरु अझै पनि आधुनिक उपचार पद्धतिमा खासै विश्वास गर्दैनन् । बिरामी भए, चोटपटक लागे, शरीरमा घाउँ खटिरा आऐ वनमै पाइने जडिबुटीको प्रयोगमा उपचार गर्छन् ।
राउटे जाति विवाह गर्दा केटाले केटीलाई फकाउने, मागी विवाह गर्ने, नभए मुखियाको सहयोगमा विवाह गर्ने प्रचलन छ । विवाहका लागि केटा पक्षले केटीलाई मह दिएर खुसी पारेपछि विहाव हुने सम्भावना बढी हुन्छ । मन पराएको केटीको घरमा सगुनको रुपमा मह लिएर केटा पक्ष माग्न जाने चलन छ । राउटे समुदायको विवाह संस्कार पनि आम मानिसको भन्दा खासै फरक छैन । केटाकेटी मन परेपछि बुहारी माग्न जाने, विवाहको मिति तय गर्ने र सानोतिनो भोज गरेर विवाह गर्ने प्रचलन राउटे समुदायमा पनि छ । राउटे समुदायले आयोजना गर्ने भोजमा भात, मासु र जाँड विशेष परिकार हुन्छन् ।
राउटे समुदायमा महिलाको संख्या थोरै छ । त्यसैले, पाका पुरुषले कलिलो उमेरका युवतीसँग बिहे गर्नुपर्ने बाध्यता देखिन्छ । राउटे समुदायमा बहुविवाह पूर्ण प्रतिबन्धित छ । कसैले बहुविवाह गरे उनले मुखियाको कारवाही व्यहोर्नु पर्छ । आमा मानिस र राउटे समुदायमा विवाह संस्कार मात्र मिल्दैन, मृत्यु संस्कार पनि मिल्दोजुल्दो छ । कुनै सदस्यको मृत्यु भए ७ दिनसम्म जुठो बार्ने राउटे समुदायको परम्परागत प्रचलन रहेको छ । यसरी आम मानिसभन्दा राउटे समुदाय फरक छैनन् । तर, जीवन यापनको शैलीले उनीहरु फरक झै लाग्छन् ।
राउटे समुदायको जीनवशैलीले देखेर दुनियाँ चकित छ । आधुनिक युगमा रमिरहेका मानिसहरु एक पटक सोच्न बाध्य हुन्छन् : की, आधुनिक युगमा यस्तो जीवन शैली कसरी सम्भव होला ? तर, जीवन जसरी विताउन खोज्यो त्यसरी नै बित्ने रहेछ भन्ने राउटेको जीवनशैलीले बताउँछ । वन नै आफ्नो सर्वसो ठान्ने राउटे समुदायको आफ्नै कथाव्याथा होलान । तर, हामीले देख्दा राउटे समुदायलाई आधुनिक विकासको लोभ लालच पटक्कै छैन । उनीहरु, धनसम्पती, शुखसयल सबैकुरा वनमौ पाउँछन् । उनीहरुलाई धर्ती आफ्नो बनाउनु छैन, आकाश हड्प्नु पनि छैन ।
बस, खेलीखाने वन भए पुग्छ । तर, राउटे समुदाय पनि आधुनिक विकासको प्रभवबाट अलग भने छैनन् । कुनै न कुनै रुपमा राउटेहरु पनि आधुनिक समाज विकाससँग सम्बन्ध राख्न थालेका छन् । आधुनिक बिसका उनीहरुको चाहना नहुनसक्छ । तर, उनीहरुका लागि आधुनिक विकास बाध्यात्मक परिस्थिति बन्दै गएको छ ।
कसरी आधुनिक बन्दैछन् राउटे समुदाय ?
दुनियाँ समृद्ध समाजाको परिकल्पना गर्छ । तर, समृद्ध समाज बन्नका लागि धेरै पक्षले काम गरेको हुन्छ । नेपाली समाज अझै पनि समृद्ध छैन । तर, समृद्धि उन्मुख अवश्य छ । समृद्ध समाज बन्नका लागि समाजाका सबै जाति, समुदाय र क्षेत्रको विकास भएको हुनुपर्छ । सरकारी तवरबाट होस य नीजि क्षेत्रबाट राउटे समुदायलाई सामाजिककरण गर्न विभिन्न प्रयत्नहरु भइरहेका छन् । राउटे समुदायलाई सामाजिकरण गर्ने प्रयत्नहरुका कारण राउटे समुदाय पछिल्लो समय आधुनिक दुनियाँको प्रभावमा पर्दै गएका छन् । विस्तरलै राउटे समुदायमा पनि आम मानिस जस्तै सामान्य जीवनयाप गर्न खोज्नेहरुको संख्या बढ्न थालेको छ । उनीहरु, पनि आधुनिक शुख सुविधा प्रयोगमा अभ्यस्त हुने क्रममा देखिन्छन् ।
आधुनिक जीवनयापन भन्दा विल्कुलै फरक शैलीमा जीउन चाहने राउटे समुदायको दैनिक व्यवहार, रहनसहन र कला संस्कृतिमा विस्तारै परिवर्तन हुन थालेको छ । राउटे समुदाय पहिलेको तुलनामा धेरै कोणबाट परिवर्तनको संघारमा देखिन्छन् । उनीहरु, आधुनिक शुखसयलसँग प्रभावित हुन थालेको जानकारहरु बताउँछन् । राउटे समुदाय पहिले–पहिले सिकार र काठको सामग्री उत्पादनमै व्यवस्त हुन्थे । उनीहरु पशुपालन राम्रो मान्दैथे । उनीहरु सिकारकै भरमा जीवनयापन गर्थे । तर ,अहिले भने पशुपालमा आकर्षित हुन थालेका छन् ।
अहिले राउटे समुदायको वस्तीहरुमा कुखुरा र बाख्रा देख्न पाइन्छ । वन जंगलको नास हुँदै गएपछि बन्यजन्तुको सिकार गर्न नपाएपछि उनीहरुले बाख्रा र कुखुर पाल्न थालेका हुन । केही वर्ष अगाडीसम्म राउटे समुदाय, नयाँ मासिनसँग बोल्न डराउथे, पुरुष राउटेहरु महिलालाई सँगै हिडाउन उचित ठान्दैथे । तर, पल्लिो समय भने राउटे समुदायको कठोर अनुसारन विस्तारै भङ्ग हुँदै गएको छ । त्यसैले, राउटे समुदायाको जीवनयापनमा विस्तारै परिवर्तन हुँदै गएको अनुभुत हन थालेको छ ।
राउटे समुदायको जीवनशैलीमा सकारात्मक र नकारात्मक दुई किसिमले परिवर्तन भैरहेको देखिन्छ । जीवनशैलीमा परिवतर्न आएसँगै राउटे समुदाय सामाजिकरणतर्फ उन्मुख रहेको अनुभूत गर्न मुस्किल पर्दैन । राउटे समुदाय केही वर्ष अगाडीसम्म नयाँ मासिन देख्ने वितिकै डराउथे, कसैले बोलाइहाले पनि नबोल्ने उनीहरुको बानि थियो । उनीहरुमा पितृसतात्मक संरचना छ । त्यसैले विभिन्न गतिविधिमा राउटे महिलाको सहभागी कम देखिन्थ्यो । तर, पछिल्लो समय राउटे समुदायमा पनि महिला सहभागीता बढ्दै गएको छ । उनीहरु आधुनिक पद्धतिको उपचार राम्रो मान्दैनथे । तर, पछिल्लो समय विभिन्न व्यक्तिहरुको पहलमा राउटे समुदायका केही व्यक्तिको अस्पतामा उपचार भएको छ ।
राउटे समुदाय र आम मानिसको भेटघाट बाक्लिदै गएको छ । त्यसैले राउटे समुदाय विस्तरै खुल्न थालेका छन् । उनीहरु अहिले बाहिरबाट राउटे वस्तीहरुमा पुग्ने मानिसहरुसँग खुलेर कुरा गर्छन् । राउटे वस्ती पुगेर कुराकानी गर्न चाहने मानिसहरुसँग उनीहरु पैसा, चुरोट, बिडी लगायतका सामग्री माग्ने गर्छन् । आफ्नै दुनियाँमा रामाउन चाहने राउटे समुदाको आफ्नै समस्या छन् । तर, आफ्नो समस्या कसैलाई सुनाउन नसक्ने उनीहरुको बानी हटिसकेको छ ।
मानविय स्वभाव रहनसहनले परिवर्तन हुन्छ । त्यसैले होला, जंगलमा रमाउने राउटे समुदाय पनि बिस्तारै आम मानिस जस्तै, सामान्य जीवनयापनमा रामाउने क्रममा छन् । शिक्षा र स्वास्थ्यको दृष्टिकोणले राउटे समुदाय अझै पनि मानविय सुचाङ्कमा कति हो कति पछि छन् । तर, बाह्य मानिससँगको भेटघाट बाक्लिदै जाँदा विस्तारै राउटे समुदायमा पनि परिर्वतन हुने निश्चित छ । सरकारले राउटे समुदायलाई आम मानिसकै दाँजोमा पुर्याउन विशेष नीति नै अवलम्बन गर्नु पर्ने देखिन्छ ।
आम मानिससँगको बाक्लिदो भेटघाटपछि राउटे समुदायले पनि विस्तारै वनभन्दा बाहिरिको दुनियाँ अनुभूत गर्न थालेका छन् । भौतिक शुखसुविधानबारे उनीहरु विस्तारै जानकार हुन थालेका छन् । तर, राउटे समुदायको जीवनयापनमा आमुल परिवर्तनका लागि शिक्षाको खाँचो छ । तर, बसोबासको दृष्टिले अझै पनि परम्परागत शैलीमा रहेका राउटे समुदायलाई शिक्षा, स्वास्थ्य र अन्य सेवा प्रदान गर्न त्यति सहज छैन । त्यसैले, राउटे समुदायलाई आम मानिसकै दाँजोमा पुर्याउन सबैभन्दा पहिले उनीहरुलाई निश्चित क्षेत्रमा बसोसा गर्न मन्जुर बनाइनु पर्छ । आम मासिन झै गाउँमा बसोबास गर्न नमाने उनीहरुलाई कुनै निश्चित वन क्षेत्रमै दिगो बसोबासका लागि पहल हुनु पर्छ । अनि मात्र उनीहरुको वृद्धि बिकासका लागि काम गर्न सहज हुनेछ ।
राउटे समुदायको विकासमा राज्यको पहल
मानव बिकासबारे सबै मानिसका आ–आफ्नै बुझाइहरु हुनसक्छन् । तर, मानव विकासमा सबैभन्दा ठूलो भूमिका शिक्षाको हुन्छ । आर्थिक सहायताले कुनै पनि समुदायको सर्वाङ्गीण बिकास हुन सक्दैन । तर, हाम्रो देशमा आर्थिक सहयता नै बिकासको आधार मानिन्छ । वर्षौ देखी वनमा रमाइरहेका राउटे समुदायको विकासका लागि भन्दै सरकारले आर्थिक सहायता प्रदान गर्छ । तर, राउटे समुदायको विकासका लागि पहिलो रचाणमा स्थायी बसोबास र शिक्षा अपरिहार्य छ । सरकारले केही वर्ष यता राउटे समुदायलाई मासिक भत्ता वितरण गर्दै आएको छ । तर, राउटे समुदायको सर्वाङ्गीण विकासका लागि कुनै योजना बनाएको छैन । बिना कुनै योजना सरकारले राउटे समुदायलाई आर्थिक सहायता गरिरहेको छ । तर, सरकारले वितरण गर्ने रकमले राउटे समुदायको विकासका लागि एकरथी पनि काम गरेको छैन ।
वासस्थान फेरी रहनुपर्ने राउटे समुदायको परम्परागत प्रचलन छ । त्यसैले, राउटे समुदाय वन छोडेर गाउँमा बसोबास गर्न मन्जुर छैनन् । यस्तो अवस्थामा राउटे समुदायको विकासका लागि काम गर्न त्यति सहज छैन । तर, सरकारले अझै पनि राउटे समुदायको विकासका लागि उचित योजना बनाउन सकेको छैन । आर्थिक वर्ष २०६५/०६६ देखि नेपाल सरकारले राउटे समुदायलाई लोपोन्मुख समुदायको सूचीमा राखेको छ ।
त्यसबेलादेखी राउटे समुदायलाई लोपोन्मुख भत्ता दिने गरिएको छ । नेपाल सरकारले अहिलेसम्म राउटे समुदायका लागि गरेको यो पहिलो काम हो । भत्ता दिने बाहेक अरु केही काम भने गर्न सकेको छैन । अहिले राउटे समुदायका प्रति व्यक्तिले मासिक २ हजार रुपैयाँ भत्ता पाउँदै आएका छन् । नियमित पत्ता पाउन थालेका राउटे समुदाय अहिले पनि भत्ता वृद्धि गर्नुपर्ने माग गर्छन् ।
सरकारले राउटे समुदायको बिकासका लागि भत्ता वितरण गर्दै आएको छ । तर, अशिक्षित राउटे समुदायका लागि सरकारले दिने भत्ता मरिदा सेवन गर्न बाहेक राम्रो काममा प्रयोग हुन सकेको छैन । राउटेहरुको बसोबास रहेको स्थानीय तहका जनप्रतिनिधि सरकारले उपलब्ध गराउने भत्ता खाद्य सामग्री खरिदमा सदुपयोग गर्न सुझाव दिएको बताउँछन् ।
राउटे समुदाय अधिक मदिर सेवन गर्छन् । सरकारले उपलब्ध गराउने मासिक भत्ता उनीहरुले मदिरा सेवमै खर्च गर्ने गरेका छन् । अशिक्षाकै कारण सरकारी भत्ताको सहि सदुपयोग गर्न राउटे समुदायले जानेका छैनन् । सरकारले राउटेलाई यसरी भत्ता दिनुको साटो बृहत कार्यक्रम मार्फत खाद्यान्न, औषधि ,रुची अनुसारका लत्ताकपडा, भाडाकुडाको निशुल्क बन्दोबस्त गर्नु नै राउटे समुदायको बिकासका लागि पहिलो कदम हुनसक्छ । सरकारले दिने भत्ताले राउटे समुदायमा बिकास भन्दा पनि विकृति भित्रिएको स्थानीय पत्रकार गोविन्देव भारती बताउँछन् ।
राउटे समुदायको विकासका लागि आर्थिक सहया त्यति व्यवहारीक देखिएको छैन । अशिक्षाकै कारण राउटे जातिको जीवनयापन संकटमा गुज्रिरहेको छ । कम उमेरमै विवहा गरेर बालबच्चा जन्माउनु पर्ने भएकाले वर्षेनी राउटे महिलाहरुले अकालमै ज्यान गुमाउन पर्छ । पोषणयुक्त खानाको अभावमा प्रायजसा बालबालिका कुपोषणको सिकार बनेका छन् । सरकारले स्वास्थ्य क्षेत्रमा ठूलो धनरासी खर्च गरेको छ । तर, राउटे समुदायमा सरकारको स्वास्थ्य कार्यक्रम अझै पुग्न सकेको छैन । यसरी यो आधुनिक युगमा पनि राउटे समुदायको जीवनयापन संकटमा गुज्रिरहेको छ । त्यसैले, सरकारले वितरण गरेको भत्ताले राउटे समुदायको विकास हुन सक्दैन ।
हाम्रो देशमा विकासको अवधारणा नै गलत छ । आर्थिक सहायताकै भरमा कुनै समुदायको विकास हुन्छ भन्ने सोच राख्नुले नै विकास सम्बन्धी गलत अवधारणा हो । राउटे समुदायलाई वितरण गरिने भत्ता र उनीहरुले गर्ने दुरुपयोगले नै यो कुराको पुष्टी पर्छ । हो, राउटे समुदायलाई आर्थिक सहयोग पनि गर्नु पर्छ । तर, सरकारले प्रदान गर्ने पत्ताको सदुपयोग कसरी गर्ने भनेर उनीहलाई पहिले नै जानकार बनाइनु पर्छ । तर, अहिलेसम्म सरकारले राउटे समुदायलाई मासिक भत्ता प्रदान गर्ने बाहेक केही काम गर्न सकेको छैन् । त्यसैले, सरकारले मासिक रुपमा राउटे समुदायलाई वितरण गर्दै आएको भत्ता रकम बालुवामा पानी जस्तै बनेको छ । यदी, राउटे समुदायलाई पनि आम मानिसकै दाँजोमा पुर्याउने हो भने सबै भन्दा पहिलो उनीहरुलाई शिक्षा प्रदान गरिनुपर्छ । अनि मात्र राउटे समुदायको बिकास सम्भव छ ।
राउटेको कानून बारे जानकारहरूका लागि आइतबारदेखि एउटा ठूलो डर पैदा भएको छ । आइतबार बिहानै राउटे युवतीहरूमाथि गुर्भाकोट सुर्खेतका केही युवाहरूले यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । तर संचारमाध्यममा आएको जस्तो घटना विगतमा कुनैपनि नभएको २०६३ देखि राउटेको नजिक रहेर काम गर्नुभएका पत्रकार भक्त शाहीले बताउनुभयो । उहाका अनुसार विगतमा सुत्केरी महिलाका हत्या भन्ने जस्तो कुनै घटना नभएको उहाँले दावी गर्नुभयो ।
उहाँले विगत भएका केहि घटनामा राउटे पक्ष आक्रोशमा आएपनि माफि दिने प्रचलन रहेको र उनिहरुले पंचायति शैलिमा उनिहरुको माग बमोजिम पिड्कले जरिवाना तिर्नु पर्ने हुन्छ र उनिहरु राउटेसगं मित लगाउनुपर्ने प्रावधान रहेको उहाँले बताउनुभयो । उनिहरु पनि चेतनशिल छन् –अप्रिय निणर्य गर्दैनन पत्रकार शाहीले भन्नुभयो । उहाँका अनुसार पीडितहरुको सुरक्षामा सरकार चनाखो हुनु सकरात्मक कुरा हो । तर संचारमाध्यम आएको जस्तो उनिहरुको आफ्नौ कानुन नभएको शाहिले बताउनुभयो । उनिहरु आबेगमा मात्र आउदैन बिवेक पुर्ण काम गर्छन । राउटेको जस्तो भावना हामीसग छैन । राउटे बस्तिमा महिला हिंसा हुदैन । महिलालाई उच्च दर्जाकोरुपमा राख्छन् । राउटेमा बालहिंसा महिला हिंसा छैन, शाही भन्नुहुन्छ ।
राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटना अन्य समुदायका नागरिकले राउटे बस्तीसम्म पुर्याउन सक्ने सम्भावना बढेपछि बस्ती प्रवेशमा रोक लगाएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाए पीडित युवतीलाई राउटे समुदायले नै अस्वीकार गर्ने र भित्रै कडा सजाय दिन सक्ने प्रहरीको भनाइ छ । राउटे समुदायमा प्रायः सानै उमेरमा विवाह गर्ने चलन भएपनि युवाको अभावका कारण उनीहरूको बिहे भएको छैन । दुर्व्यवहारमा परेका युवतीहरू अन्य समुदायका नागरिकसँग धेरै घुलमिल हुनेमा पर्छन् । यसअघि नै पीडितहरू युट्युब, टिकटक र सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।
बदलिँदै जीवनशैली, अन्य मानिसबाट पूर्णतः असुरक्षित
केहीवर्ष अघिसम्म राउटे समुदाय पैसा छुँदा पनि पाप लाग्छ, भन्ने मान्यता राख्थे । समुदायमा घुलमिल हुँदैनथे । तर, पछिल्लो समय राउटेको सोच बदलिएको छ । आदत बिग्रिएको छ । उनीहरु मदिराले मातिन थालेका छन् ।
भेरी नदी किनारमा फिरन्ते जीवन बिताइरहेका उनीहरू कसरी होटलको बन्द कोठासम्म पुर्याइए । यसले गम्भीर प्रश्न खडा भएको अनुसन्धानमा संलग्न एक प्रहरी बताउँछन् । ‘यसले के देखाउँछ भने, अहिले राउटे समुदाय अन्य समुदायबाट पूर्णतः असुरक्षित छ, असुरक्षाको शिकार तिनै युवतीहरु र बालबालिकाहरु भइरहेका छन्,’ ती प्रहरी भन्छन ।
आधुनिकका नाममा समाजमा देखिएका विकृतिको छायाँ राउटे समुदायमा पनि पर्न थालेको मप विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्रका सहायक डीन कमलेश डिसी बताउनुहुन्छ ।
राउटे समुदायको परिवर्तनको नाममा गरिएका गतिविधिहरू व्यवस्थित नहुँदा विकृति भित्रिएको उहाँको तर्क छ । ‘राउटे समुदायको संरक्षण र परिवर्तनको नाममा गरिएका क्रियाकलापको सकारात्मकभन्दा नकारात्मक असर बढी देखियो,’ भन्नुभयो ।
राउटे समुदाय हाल सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् । १३८ जना संख्याको परिवारमा रहेको यो समुदायमा रास्कोटी, सुर्य वंशी र कल्याल ठकुरी भनेर तीन गोत्रमा विभाजित छन् ।
प्रतिक्रिया दिनुहोस्