ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वमा फेरि बढ्यो कोरोनाबाट मृत्यु हुने र सङ्क्रमितको सङ्ख्या (कुन देशको अवस्था के छ विस्तृतमा)


एबीसी / संवाददाता
२७ जेष्ठ २०७८, बिहिबार   ७ : ११   बजे

काठमाडौँ, २७ जेठ । विराटनगर र पछिल्लो २४ घण्टाको तथ्याङ्कले विश्वमा फेरि कोरोना भाइरसका नयाँ थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढेको देखाएको छ ।

एकै दिन चार लाख तीन हजार आठ सय १८ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । अघिल्लो दिनको तुलनामा यो सङ्ख्या धेरै हो । अघिल्लो दिन विश्वभर तीन लाख ४७ हजार आठ सय ३५ जना मात्रै नयाँ बिरामी थपिएका थिए ।

विश्वमा केही दिनयता कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको थियो । तर पछिल्लो २४ घण्टाको तथ्याङ्कले भने बढ्न थालेको देखाएको छ । आज ९बिहीबार० बिहानसम्ममा अघिल्लो दिनको तुलनामा ५५ हजार नौ सय ८३ जनाभन्दा बढी सङ्क्रमित विश्वमा थपिएका छन् ।

सङ्क्रमण उच्च विन्दुमा पुग्दा विश्वमा एकै दिन सात लाखभन्दा बढी सङ्क्रमित भेटिने गरेका थिए । तर पछिल्लो केही दिनयता यो सङ्ख्या क्रमस घट्दै तीन लाख हाराहारीमा झरेको थियो । कोरोना नियन्त्रणमा विश्वले सफलता प्राप्त गर्दै गइरहेका बेला पुनः सङ्क्रमण बढेको देखिएपछि सरोकारवाला झस्किएका छन् ।

कोरोना नियन्त्रणका लागि ठूलै मिहिनेत गरिरहेकाहरुलाई चिन्तित तुल्याएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको सङ्क्रमण नियन्त्रणमा विश्व नै केन्द्रित छ । तर पूर्ण नियन्त्रण सम्भव बनिरहेको छैन । कोरोनाले विश्वकै अवस्था जर्जर बनाएर लगेको छ ।

विश्वमा जम्मा कोरोना सङ्क्रमितको सङ्ख्या १७ करोड ५१ लाख ४७ हजार ७० पुगेको छ । सङ्क्रमितमध्ये १५ करोड ८९ लाख ४३ हजार नौ सय २८ जना उपचारपछि निको भएका छन् । एक करोड २४ लाख २७ हजार एक सय ४२ जनाको उपचार जारी रहेकोमा ८५ हजार दुई सय ९१ जनाको अवस्था चिन्ताजनक छ ।

पछिल्लो २४ घण्टाकै तथ्याङ्कले कोरोनाका कारण विश्वमा मृत्यु हुनेको सङ्ख्या पनि बढेको छ । एकै दिन विश्वमा १३ हजार चार सय २९ सङ्क्रमितको मृत्यु भयो । यो सङ्ख्या केही समययताकै उच्च हो ।

अघिल्लो दिनको तुलनामा पनि धेरै हो । अघिल्लो दिन विश्वमा नौ हजार पाँच सय ६२ सङ्क्रमितको मृत्यु भएको थियो । सङ्क्रमण उच्च विन्दुमा पुगेका बेला विश्वमा एकै दिन १४ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु हुने गरेको थियो ।

तर यो सङ्ख्या घट्दै गएर छ हजारसम्म झरेको थियो । तर पछिल्लो एकै दिनमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । कोरोनाकै कारण विश्वभर हालसम्म ३७ लाख ७६ हजार जनाको मृत्यु भइसकेको छ ।

कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा भने नयाँ थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ । एकै दिन १२ हजार पाँच सय ७४ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ४२ लाख ६३ हजार एक सय ३८ पुगेको छ ।

सङ्क्रमितमध्ये दुई करोड ८२ लाख ५१ हजार आठ सय ७७ जना उपचारपछि निको भएका छन् । ५३ लाख ९७ हजार सात सय ९६ जनाको उपचार भइरहेकोमा पाँच हजार ९० जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा चार सय २४ सङ्क्रमितको मृत्यु भयो । कोरोनाका कारण मृत्यु हुने अमेरिकी नागरिकको सङ्ख्या छ लाख १३ हजार चार सय ६५ पुगेको छ ।

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ९३ हजार आठ सय ९६ नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या दुई करोड ९१ लाख ८२ हजार ७२ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ७६ लाख ३८ हजार नौ सय दुई जना उपचारपछि निको भएर कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

११ लाख ८३ हजार चार सय ७५ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारतमा एकै दिन छ हजार एक सय ३८ सङ्क्रमितको मृत्यु भएको छ ।

यो सङ्ख्या विश्वका अन्य मुलुकमा २४ घण्टाभित्र मृत्यु भएका सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो । २४ घण्टाको तथ्याङ्कले भारतमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या फेरि बढेको देखाउँछ । भारतमा यसअघि दैनिक चार हजारको हाराहारीमा सङ्क्रमितको मृत्यु हुने गरेको थियो ।

तर पछिल्लो समय त्यो सङ्ख्या घट्दै दुई हजार पाँच सय हाराहारीमा झरेको थियो । भारतमा हालसम्म कोरोनाका कारण तीन लाख ५९ हजार छ सय ९५ जनाको मृत्यु भइसकेको छ । सङ्क्रमित सङ्ख्याको हिसाबमा भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ८७ हजार ९७ जना नयाँ बिरामी थपिए । दैनिक नयाँ थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या भारतपछि ब्राजिलमा धेरै छ । ब्राजिलमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ७१ लाख २५ हजार तीन सय ५७ पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड ५५ लाख ९६ हजार आठ सय १६ जना उपचारपछि निको भइसकेका छन् । १० लाख ४८ हजार सात सय ५० जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक ब्राजिलमा एकै दिन दुई हजार चार सय ८४ सङ्क्रमितको मृत्यु भयो । यो सङ्ख्या केही समययताकै उच्च हो । ब्राजिलमा हालसम्म कोरोनाका कारण चार लाख ७९ हजार सात सय ९१ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group