नेपालको राजधानी काठमाडौं । राजधानी नआएका जो कोहीलाई मनमा कौतुहलता हुन सक्छ काठमाडौं कस्तो होला भनेर । सम्पूर्ण मुलुककै नेतृत्व गर्न बसेकाहरुको शहर निकै सभ्य, सभा र सुन्दर छ होला भनेर कल्पना गर्छन होला, राजधानी नदेखेकाहरु । तर त्यस्तो नसोच्नुहोस्, कल्पना गरिएजस्तो छैन, राजधानी शहर । देशको राजधानी शहर सबैतिर अस्तव्यस्त छ । अनि घरबाट निस्केर सडकमा हिंडी साध्य छैन । विगतका वर्षहरमा सभ्यताको प्रतिक थियो राजधानी उपत्यका ।
सफा सुसंस्कृत उपत्यका पछिल्लो समयमा अव्यवस्थित शहरीकरण र आम नेपालीको आकर्षणले गर्दा दिन प्रतिदिन कुरुप बनेको छ र कुरुप बन्दै गएको छ । सडक निर्माण हुन्छन् । सडक पींच पनि गरिन्छ । जब सडक निर्माण हुन्छन् अनि भत्किन्छन् फेरी । नेपाल विद्युत प्राधिकरण, खानेपानी संस्थान र नेपाल टेलिकमलगायतका निकायले सडक भत्काउन सुरु गर्छ । राजधानीका भत्किएका सडकमा लाखौं सवारी साधन कुद्ने गर्छन् । र राजधानी उपत्यका धुलोको बादलले छोपिने गर्छ ।
यही धुलाम्य सडकमा पुराना सवारी साधन पनि कालो धुंवा उडाउंदै कुदीरहेका हुन्छन् । राजधानी काठमाडौं अचेल धुलोमान्डु बनेको छ । धुलोसंगै प्रदुषण पनि बढेकै छ राजधानीमा । प्रदुषणको मापन पनि उच्च हुने गरेको छ । धुलोकै कारण बर्षेनी १० हजारभन्दा बढिले ज्यान गुमाउन बाध्य छन् । वातावरणविद्हरु वायुप्रद्रषण प्रति चिन्तित छन् । तर, सरोकारवाला निकाय भने कानमा तेल हालेर बसेका छन् । जसका कारण राजधानीलाई लाजधानी बनाइदिएका छन् । धुवा“ धुलो र राजधानी पर्यावाची शब्द जस्तै भएको छ । दैनिक बढ्दो सहरीकरण, भूकम्पपछिको पुर्ननिर्माण, सडक विस्तार तथा मेलम्ची खानेपानीको पाइपलाइन विस्तारजस्ता कार्य धुवा“ धुलो उत्पादनका मुख्य स्रोत हुन ।
अर्कोतिर पुराना सवारी साधन र बढ्दो सवारीले हुने ट्राफिक जामबाट निस्कने धुवा“ पनि वायु प्रदुषणको कारण हो । प्रतिदिन कलकारखानाबाट निस्केका रसायनले वायु प्रदुषण बढेको छ । उपत्यकाको वायुमण्डलमा हानीकारक रसायनहरुको मात्रा प्रशस्त भेटिन थालेको वातावरण विद्को भनाइ छ । उपत्यकाका ६ स्थानमा राखिएका वायु प्रदुषण मापक यन्त्रहरुको रिपोर्ट हेर्दा भैंसेपाटी क्षेत्रमा करिब ५० माइक्रोग्राम धुलो देखिन्छ भने वीरेन्द्र सैनिक स्कुल आसपासको क्षेत्रमा यो रेट ७९ माइक्रोग्रामसम्म पुगेको छ । शंखपार्क इलाकामा ५६ र रत्नपार्कमा ३० माइक्रोग्राम हाराहारीमा धुलो देखिएको तथ्याङक छ । ती यन्त्रहरुले दिने रिपोर्टबाट काठमाडौं खाल्डोमा वायु प्रदुषण निकै भएको प्रमाणित हुन्छ । यता सरकारले तयार पारेको वायु गुणस्तर सम्बन्धी मापदण्ड, २०६९ मा धुलो ४० माइक्रोग्राम (पीएम) २ दशमलव ५ भन्दा बढी हुनु हु“दैन ।
काठमाडौंमा वर्षायाममा त्यो पा“च माइक्रोग्राममा सीमित रहने गरेपनि अहिले पछिल्ला दिनमा चार गुणाको हाराहारीमा वायु प्रदुषण बढिरहेको तथ्याङक छ । काठमाडौंमा कात्तिक पहिलो सातादेखि प्रदुषणको मात्रा विस्तारै बढेदै माघ पहिलो सातासम्म उच्च रहन्छ । अर्काे वर्षायामम शुरु नभएसम्म अर्थात जेठ अन्तिम सातासम्म उपत्यकामा धुलो र धुवा“को सघनता स्थिरि रहन्छ । अनि वर्षा सुरु भएस“गै असोज अन्तिमसम्म धुवा“धुलोमा कमी आउने गर्छ । यता काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग प्रमुख समेत राजधानीमा मात्र धुवा“ धुलो उत्पादन नभइ बाहिरी जिल्ला र मुलुकबाट समेत भित्रिने गरेको तर्क गरेका छन् ।
उपत्यकामा बिहान ८ बजे नै वायु प्रदुषण अधिक हुन्छ । चिसो बढ्दै गएस“गै राजधानीमा प्रदुषणको मात्रा पनि बढ्दै जान्छ । चिसो याममा बिहान ६ बजेदेखि बढ्दै गएको वायु प्रदुषण ८ बजे उच्च रहन्छ । मध्यान्हमा प्रदुषणको मात्रा केही कम हुन्छ । मध्यान्हपछि चल्ने पश्चिमी वायुले फेरि प्रदुषण बढाएर लैजान्छ । तर राजधानी सफा गर्ने जिम्मा पाएको महानगरपालिका भने वायु प्रदुषणमा सचेत रहेको दाबी गर्न पछि पर्दैन । विभाग प्रमुख श्रेष्ठले भौतिक संरचना निर्माण गर्दा घेराबन्दी गरेर प्रभावकारी रुपमा वायु प्रदुषण नियन्त्रण गरेर काम गरेको तर्क गरेको भएपनि कमि आउन सकेको छैन उपत्यकामा सञ्चालन हुने सवारी साधन बर्सेनी बढ्ने क्रममा छन् । त्यसबाट ट्राफिक जाम मात्र बढेको होइन, वायु प्रदुषण पनि त्यत्तिकै बढाइरहेको छ । सवारी साधन यही गतिमा बढ्ने, निर्माण कार्य वर्षौसम्म सम्पन्न नहुने र ईंटाभट्टाबाट निस्किने विषाक्त धुवा“को रोकथाममा नलागे राजधनीको दैनिकी निकै असहज हुने देखिन्छ ।
दिनप्रतिदिन राजधानीले आफ्नो परिचय बदल्दै गएको छ । हामीले भन्दै, सुन्दै र कल्पना गर्दै आएको काठमाडौको त्यो परिचय अब हाम्रो सामु छैन । हरेक नेपालीले कल्पना गरेको, मन्दिरहरुको सहर, कलाकृतिको सहर, पौरखीहरुको सहर, स्वच्छ, सफा अनि रमणिय सहरसंगै केहि अघिसम्म सपनाको सहरको रुपमा परिचय बनाएको थियो राजधानी काठमाडौले । आजभोली त्यो परिचय मेटेर फरक पहिचान स्थापित गरेको छ, राजधानीले । काठमाडौं पुरै धुलमाण्डौमा परिणत भएको छ अचेल । अत्याधिक धुंवा धुलोका कारण राजधानीबासी आजित बनेका छन् । मानिसहरु मास्क नलगाइकन बाहिर सडकमा निस्कनसक्ने अवस्था नै छैन । जसका कारण काठमाडौमा मास्कधारीको विगविगी छ । मेलम्ची खानेपानी आयोजना र सडक विस्तारको कारण सर्वसाधारणले निकै सास्ती खेप्नु परेको छ । धुंवा धुलोको डरलाग्दो आतंकले यो राजधनी काठमान्डु, मास्कमान्डुमा परिणत भएको छ ।
कठ्याङग्रिदो मौसमस“गै अत्याधिक धु“वा धुलो सामान्य मास्क र चस्माले छेक्न नसक्ने भएको छ । घरबाट एकछिन कतै बाहिर निस्कने हो भने, रुपरंग नै फेरिन्छ । सरकारले राजधानीबासीलाई निशुल्क धुंवा धुलोको उपहार जो दिएको छ । सडकमा हिंड्दा सफा कपडा क्षणभरमै फोहोर भइदिने, अनुहार धुलाम्ये हुने तथा कपालसमेत कुरूप बन्ने सर्वसाधारणको एउटै पीडा छ, पैदलयात्रुको । सफा कपडा लगाउने मौका कमैले पाउन थालेका छन् । सम्बन्धीत निकायले देख्दैन सडकको अवस्था । सडकको धुंवा टांसिदैनन् उनीहरुको सुकिला वस्त्रमा । चिल्ला गाडीमा सिसा बन्द गरेर एसी चलाउंलै सवार हुन्छ, सरकार । र धुलो उडाउंदै जान्छ यही सडकबाट । धुलो नउंडोस् भन्दै सडकमा पानी छ्याप्न थाल्छन् स्थानीयले । पसल वा घरका सामग्रीमा टा“सिएको धुलो पुछ्दै अझै कति दिन बिताउनुपर्ने हो राजधानीका सर्वसाधारणले । राजधानीमा बढ्दो धुवा“ धुलोले मानव जिवन निकै आक्रान्त बनेको छ । यसको नियन्त्रणमा सरोकारवाला कसैको आंखा पुगेको छैन । धुलोकै कारण वर्षेनी १० औं हजार मानिसले अकालमै ज्यान गुमाउने गरेको तथ्यांक छ । धुलोले हैन, सरकारले मान्छे मारिरहेको सर्वसाधारणको आक्रोश छ ।
धुलोकै करण तनाव त छदैंछ, अनेकौं घातक रोग समेत देखापर्न थालेका छन् । अत्याधिक प्रदूषित कार्बनले सडकयात्री मात्र होइन, घरभित्रै बस्नेहरुलाई पनि रुघाखोकी, एलर्जी दिक्दारी, कामको लगावमा कमी, थकान महसुस, अनुहारमा दाग, कालोपोतो र डन्डीफोर आउने, कपाल सुक्खा हुने र झर्ने, छाला फुस्रो हुनेलगायत अनेकौं समस्याबाट ग्रसित भएका छन् । उपत्यकाको धुवा“धुलोले मानिसको सौन्दर्यस“गै स्वास्थ्यमा समेत निक्कै घातक असर पार्ने गरेको छ । अझै यस चिसो याममा धुलोका कण वातावरणमै रहने र विभिन्न माध्यमबाट मानिसको फोक्सोमा पुगी अनेकौं किमिसका असर देखिने गरेका छन् ।
अनेकौं रोगको शिकार भएर अस्पताल पुग्नेको संख्या बढ्दै गएको छ। सर्बियाको नुम्बिओ डटकमले मार्च २०१६ मा सार्वजनिक गरेको एक रिपोर्टलाई आधार मान्दा काठमाडौं विश्वकै तेस्रो प्रदुषित शहरमा परेको छ । अध्ययनले एसियाका प्रदुषित शहरको सूचीमा काठमाडौं पहिलो, मनिला दोस्रो र भारतको नोयडा तेस्रोमा पर्छन् । तर, नेपाल सरकार भने सो अध्ययनको रिपोटलाई मान्दैन । किनकी नेपालमा उच्च प्रदुषण हुने समयमा मापन गरिएकाले भारत भन्दा ज्यादा प्रदुषण नभएको दावी गर्छ । अबका दिनमा पनि धुवा“ धुलो नियन्त्रणमा अहिलेकै मात्रामा कायम रहे काठमाडौं पनि भारतको राजधानी नया“ दिल्लीजस्तै हुने छ ।
पछिल्ला दिनमा भने सरकारी निकाय धुलो नियन्त्रणमा लागेको दाबी गरेको छ । तर धुलो नियन्त्रण भन्दा झनै बढेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक रिपोर्टले विश्वमा बर्सेनी ३५ लाख मानिसको मृत्यु वायु प्रदुषणका कारण सिर्जित रोगहरुको कारण हुने गरेका सार्वजनिक गरेको छ । त्यसमध्ये अतिकम विकसित र विकासोन्मुख देशहरुको हिस्सा ८२ प्रतिशत हुनआउ“छ । केही दिनयता काठमाडौंको हावामा दुई दशमलव पा“च माइक्रोग्रामभन्दा साना धुलोका कण बढ्दै गएका छन् । ती कणहरुमा क्यान्सर, हृदयाघात र मस्तिष्कघात गराउने रसायनहरु हुन्छन् । त्यस्ता कण श्वासप्रश्वास मार्फत सीधै फोक्सोमा पुग्छ, फोक्सो हु“दै रक्तसञ्चार प्रणालीमार्फत मुटुमा पुगेर रगत मार्फत नै मस्तिष्कमा जम्मा भएर मस्तिष्कघात पनि गराउ“छ ।
त्यसैले पनि प्राकृतिक रुपमा सम्पन्न हराभरा नेपालको राजधानीलाई मानवनिर्मित वायु प्रदूषणबाट मुक्त गर्न पहिलो पहिलो प्राथमिकता दिनै पर्छ, सम्बन्धीत निकायले, सरकारले । अब आम नागरिकले पनि सरकारी अभियानलाई प्रभावकारी बनाउन दवाव दिनैपर्ने समय आएको छ । अर्कोतिर पूर्वाधार निर्माणका क्ष्ँेत्रमा काम गर्ने सरोकारवाला निकायबीच समन्वय गर्दै कम वायुप्रदूषण हुने गरि समयमै काम सम्पन्न गर्न लाग्नै पर्छ । नत्र यसले अझै बिकराल रुप लिने छ । भ्रष्टाचारको धुलोमा हराएको सरकार, आम सर्वसाधारणको स्वास्थ्यमा विकराल स्थिति सिर्जना गर्ने धुवा धुलो नियन्त्रणमा गम्भीर बनोस् । सम्पूर्ण नेपालीको चाहना र कामना हो, शुन्दर, शान्त नेपालको राजधानी राजधानीजस्तै बनोस् ।
प्रतिक्रिया दिनुहोस्