ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त, माधव पक्षमा दुई धार, ओली समूहका ४जनाले पनि देउवालाई भोट दिए


एबीसी / संवाददाता
३ श्रावण २०७८, आइतबार   १० : ०७   बजे

काठमाडौं । सर्वोच्च अदालतको फैसला अनुसार स संविधानको धारा ७६ को उपधारा ५ अनुसार गत आसर २९ गने प्रधानमन्त्री नियुक्त शेरबहादर देउवाले संसदबाट विश्वासको मत पाएका छन् । देउवाको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाका दुवै समूह, राजमो र नेकपा एमालेको माधव नेपाल पक्षका सांसदले मतदान गरेका थिए ।

देउवाको विपक्षमा नेकपा एमाले र नेमकिपा तथा राप्रपाका सांसदले मत हालेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतको प्रस्ताव राखेको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले बैठकमा अनुपस्थित रहे पनि मतदान गर्ने बेला आएका थिए ।

नेकपा एमालेको माधव पक्षका सांसदहरु मध्ये आधाले देउवाको पक्षमा र आधा तटस्थ बसेका थिए । के गर्ने भन्ने विषयमा अलमल भएका कारण पार्टी उपाध्यक्ष रहेका सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिएका थिए । तटस्थ बस्नेहरुको तर्क अझै पनि पार्टी एकता कायम गर्न कोशिश गर्ने भन्ने रहेको छ । तटस्थ बस्ने मध्येका अगुवा घनश्याम भुसालले भने अव संसद जोगियो, संविधान जोगियो, अब पार्टी जोगाउनु पर्छ ।
माधव पक्षका माधव नेपाल, विरोध खतिवडा, रामकुमारी झांक्री, मेटमणि चौधरी, निरादेवी जैरुले विश्वासको प्रस्तावको पक्षमा मतदान गरेका थिए । आज मात्रै भएको ओली पक्षीय एमालेको स्थायी कमिटिको बैठकले देउवाको पक्षमा भोट हाल्ने पार्टीमा रहन नससक्ने चेतावनी दिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा केपी ओली पक्षमा रहेका ४ सांसदले फ्लोर क्रस गरेका छन् ।
ओली पक्षका प्रेम आले डोटी, धनबहादुर बुढा डोल्पा, किसन श्रेष्ठ, तनहुं गोपाल बम बाजुरा रहेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीकै कारण एमाले चरम अराजक र अनुशासनहीन पार्टी बनेको छ ।

 

‘

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu