काठमान्डौ साउन ५
आज आषाढ शुक्ल एकादशी । एक वर्षमा २४ एकादशी पर्छन्। सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन्।
नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन्। कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन्।
नियमित रूपमा राखिने सन्तुलित व्रतले व्रतालुलाई अनगिन्ती स्वास्थ्यलाभ पुर्याउने तथ्य वैज्ञानिक अनुसन्धानले पुष्टि गरिसकेका छन् । यद्यपि, व्रत राख्दा केही सावधानी भने अवश्य अपनाउनुपर्ने हुन्छ । अर्थात्, सबै अवस्था र परिस्थितिमा, सबैखाले मानिसका लागि व्रत उपयोगी हुन्छ भन्ने हुँदैन । विशेष स्वास्थ्य समस्या भएका व्यक्तिका लागि व्रत वर्जित छ । व्रतको सन्तुलन, यसका स्वास्थ्यलाभ र सावधानीबारे मुटुरोग विशेषज्ञ डा। ओममूर्ति अनिलको धारणा यस्तो छ स्
विशेषगरी हिन्दू धर्मावलम्बी, त्यसमा पनि अधिकांश महिला धार्मिक दृष्टिकोणले व्रत ९उपवास० बस्ने गर्छन् । यद्यपि, हिन्दूइतरका समुदायमा पनि उपवास गर्ने परम्परा भने छँदै छ । सामान्यतः व्रतको मूल उद्देश्य देवी–देवतालाई खुसी बनाई परिवारमा सुख, शान्ति, समृद्धि भित्र्याउनु तथा पति, सन्तान र आफ्नो सुस्वास्थ्यका लागि वरदान प्राप्त गर्नु रहेको मानिँदै आएको छ । तर, पछिल्लो समय धार्मिक दृष्टिले मात्र नभई स्वास्थ्यलाई सुदृढ राख्नका लागि वा बिग्रिएको स्वास्थ्यमा सुधारका लागि पनि निश्चित समयको अन्तरालमा नियमित व्रत बस्ने चलन मौलाइरहेको छ । साताको एक दिन १६ घण्टाको उपवास गर्नु वैज्ञानिक दृष्टिले निकै स्वस्थकर रहेको अनुसन्धानले पुष्टि गरेका छन् ।
मूलतः आस्थाकेन्द्रित व्रत साँच्चिकै वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यका लागि लाभकर छ त रु के यसका वैज्ञानिक आधार छन् रु यो लेख यसै विषयमा केन्द्रित रहनेछ ।
व्रत बस्नेवेला कम्तीमा १६ घण्टा खाना र क्यालोरी प्राप्त गर्ने कुनै पनि झोल कुरा नखाँदा विभिन्न फाइदा हुने वैज्ञानिक अध्ययनहरूले देखाएका छन् । वैज्ञानिक आधार र अध्ययनका नतिजाको विश्लेषण गर्दा व्रतका फाइदालाई निम्नबमोजिम सूचीकृत गर्न सकिन्छ ।
१। व्रतले तौल घटाउन मद्दत गर्छ ।
कम क्यालोरीको सेवनबाट मेटाबोलिक रेट बढ्ने र ग्रोथ हर्मोनको बढी उत्पादन हुने भएकाले तौल घटाउन मद्दत गर्छ । तपाईं तौल घटाउन इच्छुक हुनुहुन्छ भने व्रतबाट सुरु गर्न सक्नुहुन्छ ।
२। व्रतले कोलेस्टेरोल सन्तुलनमा सघाउँछ ।
व्रतले फैटको मेटाबोलिज्म बढाएर कोलेस्टेरोललाई नियन्त्रण गर्छ । साथै, व्रतका वेल मांसाहारी खानाको प्रयोग नहुनु र फलफूलको प्रयोग बढी हुनुले पनि नराम्रो कोलेस्टेरोल र ट्राइग्लिसराइड घटाउने र राम्रो कोलेस्टेरोल बढाउने सम्भावना हुन्छ ।
३। व्रतले इन्सुलिन सेन्सिटिभिटी बढाउँछ ।
व्रतले विभिन्न रासायनिक प्रक्रियाको मद्दतले इन्सुलिनको कामलाई प्रभावकारी बनाउँछ । मोटोपन भएको व्यक्तिमा इन्सुलिन रेसिस्टेन्सको वातावरण हुनाले यस्तो व्यक्तिका लागि व्रत अत्यन्तै लाभदायक हुन्छ ।
४। व्रतले रक्तचाप नियन्त्रणमा सघाउँछ ।
व्रतमा क्यालोरी र नुनको प्रयोग कम हुने भएकाले उच्च रक्तचापको नियन्त्रणमा मद्दत पुग्छ ।
५। व्रतले रोगप्रतिरोधात्मक क्षमतामा सुधार ल्याउँछ ।
व्रतले रोगसँग लड्ने कोषको संख्यामा सुधार ल्याउँछ र हानि पुर्याउने कोषहरूलाई नियन्त्रण गर्न मद्दत गर्छ ।
६। व्रतले क्यान्सरबाट बचाउन मद्दत गर्छ ।
व्रतले कोषहरूको मर्मत गर्छ, स्वास्थ्य तन्तुहरूलाई सुरक्षित राख्छ र विकार वा घातक पदार्थलाई कोषभित्रै निष्क्रिय बनाउँछ । व्रतले हानिकरक हर्मोन ९आइजिएफ–१० लाई नियन्त्रण गर्ने र अन्य कोषभित्रको गतिविधिलाई साकारात्मक बनाएर क्यान्सरको जोखिम घटाउने तथ्य विभिन्न जनावरमा गरिएको अध्ययनले पुष्टि गरेको छ ।
७। व्रत स्ट्रेस र इन्फ्लामेसनको नियन्त्रणमा उपयोगी हुन्छ ।
क्यान्सर, मुटुरोग, बाथरोग, स्नायुरोग र अन्य जटिल दीर्घरोगहरूको प्रमुख कारणमध्ये स्ट्रेस र इन्फ्लामेसन प्रमाणित तथ्य हो । व्रतले फ्री रडिकलले हुने हानिलाई रोक्ने साइटोकाइनलाई नियन्त्रण गर्नेजस्ता अन्य रासायनिक क्रियामा सकारात्मक असर गरेर धेरै यस्ता रोगका जोखिमलाई घटाउने वैज्ञानिक धारणा देखिन्छ ।
८। व्रतले बूढोपन घटाउँछ ।
व्रतले जिन, कोष, तन्तु, हर्मोन, इम्युनी, मेटाबोलिज्ममा प्रभाव पारेर व्यक्तिको शरीरलाई वास्तविक उमेरभन्दा कान्छो बनाउन सहयोग गर्छ ।
९। व्रतले छालालाई आकर्षक बनाउँछ ।
छालामा हुने कोलाजिन र अन्य प्रोटिनमा सकारात्मक असर गरेर छालालाई सुन्दर र आकर्षक बनाउँछ ।
१०। व्रतले मस्तिष्कको क्रियाकलापमा सुधार ल्याउँछ ।
व्रतले उमेरअनुसार हुने मस्तिष्कको विकृत क्रियाकलापमा विभिन्न तरिकाले कमी ल्याउँछ ।
११। मिलाएर राखिने व्रत मुटुरोगीका लागि उपयोगी हुन्छ ।
व्रतले मुटुका मांसपेशीलाई नष्ट हुनबाट बचाउने नयाँ मसिना रक्तनलीहरूको निर्माण गर्ने र मुटुभित्रका हानिकारक रासायनिक प्रतिक्रियालाई नियन्त्रण गरेर मुटुरोगीलाई ठूलो लाभ प्रदान गर्न सक्ने अनुसन्धानहरूको दाबी छ । तर, व्रत निरपेक्ष वा अन्धविश्वासमा आधारित भने हुनुहुँदैन ।
१२। व्रतले जीवनमा खुसीयाली ल्याउँछ ।
विश्वास नलाग्न पनि सक्छ, तर यो सही कुरा हो कि व्रतले जीवनमा खुसीयाली ल्याउँछ । तपाईं कुनै व्रतधारीलाई सोध्नुहोस् वा आफैँ व्रत बसेको दिन सम्झिनुहोस्, त्यो दिन तपाईंले आफूलाई स्पेसल ठान्नुहुन्छ, तपाईंको सोच सकारात्मक र पवित्र हुन्छ । भित्रैबाट उमंग र उत्साह भरिएको हुन्छ । यसमा व्रत, स्वच्छ आहार र धार्मिक आस्था मात्रै नभएर वैज्ञानिक कारण छन् । व्रतले मस्तिष्कमा इन्डोर्फिन नामक हर्मोनको उत्पादन बढाउँछ, जसको प्रमुख काम मुड फ्रेस गर्नु, खुसी बनाउनु र शरीरमा स्फूर्ति ल्याउनु हो ।
१३। व्रत भोकमाथि नियन्त्रण राख्न उपयोगी छ ।
व्रतले लेपटिन र अन्य भोक पैदा गर्ने ९हङ्गर० हर्मोनको स्तरमा सुधार ल्याएर, थ्य्रोइद हर्मोनको उत्पादन बढाएर, मेटाबोलिज्ममा सुधार ल्याएर, भोक निर्धारण गर्ने केन्द्र ९स्याटिटी सेन्टर०मा असर गरेर व्यक्तिको भोकै बस्न सक्ने क्षमता बढाउँछ । त्योभन्दा पनि महत्वपूर्ण कुरा थोरै खाएर सन्तुष्ट हुने बानी बस्छ, जसले गर्दा अत्यधिक खानाबाट हुने स्वास्थ्य समस्याबाट बच्न सकिन्छ ।
१४। व्रतले डिटक्सिफिकेसन गर्छ ।
शरीरमा रहेको बोसोमा प्रायः हानिकारक रसायनहरूको भण्डारण हुन्छ । व्रतले बोसोलाई खर्च गर्नेक्रममा ९मेटाबोलिज्म०, स्टोर भएका धेरै टोक्सिनलाई शरीरबाट निष्कासन गर्छ ।
१५। व्रतले मांसपेशीलाई बलियो बनाउँछ ।
व्रतले ग्रोथ हर्मोनको ९एचजिएच० उत्पादन बढाएर, फैटलाई पगालेर मांसपेशीलाई बलियो बनाउँछ ।
माथि उल्लेख गरिएका व्रतका सबै फाइदा मानव जातिमा अध्ययन गरेर पुष्टि भइनसकेको भए पनि प्रस्तुत तर्कहरू सान्दर्भिक देखिन्छन् । मैले व्रतका यी फाइदाबारे अध्ययन गर्दै जाँदा मन–मस्तिष्कमा एउटा मात्रै कुरा बारम्बार हाबी भएको पाएँ, हाम्रा पूर्वज, सन्त, ऋषिमुनिहरू रोगरहित लामो आयु बाँच्नुका पछाडि अवश्य पनि व्रत वा व्रत बस्नु र स्वच्छ शाकाहारी खानेकुरा खानु नै कारण रहेकोमा म पूर्ण रूपले विश्वास गर्दछु । आधुनिक मानवको आयु घट्नु र नयाँ–नयाँ रोग जन्मिनुपछाडिको प्रमुख कारण असन्तुलित र अत्यधिक भोजन नै हो भन्ने यथार्थलाई नकार्न सकिँदैन ।
व्रत बस्नेवेला अपनाउनुपर्ने सावधानी
१। गर्भवतीका लागि व्रत वर्जित छ ।
२। स्तनपान गराउने आमाले व्रत गर्न मिल्दैन ।
३। मधुमेहको औषधि सेवन गर्ने बिरामीले चिकित्सकको परामर्शमा मात्र व्रत गर्नुपर्छ ।
४। रक्तचापको औषधि सेवन गर्नेले पनि व्रत बस्दा विशेष ध्यान दिनुपर्छ र चिकित्सकको परामर्श लिनुपर्छ ।
५। मुटु, मिर्गौला, पेट, कलेजोजस्ता रोगका दीर्घरोगी र त्यसको औषधि सेवन गर्नेले पनि चिकित्सकको परामर्शमा मात्र विशेष ध्यानपूर्वक व्रत गर्नुपर्छ ।
६। व्रतले शरीरमा पानीको कमी हुनेतर्फ ध्यान पुर्याउनुपर्छ ।
७। व्रतले विशेषगरी माइग्रेनका रोगीलाई टाउको दुख्ने समस्या बढाउन सक्छ ।
८। व्रत गर्दा निद्रा नलाग्ने र त्यसबाट तनाव हुने सम्भावनातर्फ ध्यान पुर्याउनुपर्छ ।
व्रत बस्दा ग्यास्ट्रिकको समस्या हुने कुरा पूर्ण सत्य होइन । व्रत बस्दा पेटमा एसिडको उत्पादन कम हुने भएकाले ग्यास्ट्रिकको समस्या पनि कम हुनुपर्ने हो । तर, कसैकसैलाई व्रत बसेका वेला भोक लाग्दा, खानेकुरा सम्झिँदा वा अरूले खाएको देख्दा मस्तिष्कमा त्यसको असर भएर एसिडको उत्पादन बढ्न सक्छ, जसले पेटमा एसिडिटी बढाउने ९हर्ट बर्न० अवस्था हुने गर्छ ।डा ओममूर्ति अनिल
प्रतिक्रिया दिनुहोस्