काठमान्डौ १३ भदौ
मध्यपहाडको बारी जग्गामा भदौमा रोप्नको लागि जनकदेव, डेजिरे, खुमल सेतो(१, खुमल लक्ष्मी, खुमल उज्वल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातको बीउ आलु रोप्नुहोस्। जग्गा तयारीको लागि १००० के।जी। कम्पोष्ट मल, १०।९ के।जी। डि।ए।पी।, २।२ के।जी। युरिया र ५।० के।जी। म्युरेट अफ पोटास प्रति रोपनीका दरले राम्ररी माटोमा मिलाउनुहोस्। साताका शुरु र मध्यमा हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेकोले पानी निकासको उचित ब्यबस्था गर्नुहोस्।
उच्च पहाड तथा लेकाली भेगमा लगाईएको परिपक्व आलुबाली मौसमको अवस्था हेरि खन्नुहोस्। खनेको आलुलाइ अँध्यारो, सुख्खा र चिसो ठाँउ ९१०(१५ डिग्री सेल्सियस तापक्रम० मा काठका बाकस, प्लाष्टिकका क्रेट वा (याकमा फिँजाएर ३ तहसम्म मिलाएर राख्नुहोस्। यसरी राख्दा दुई तहको बीचमा पत्रिका ओछ्याएर राख्नुहोस्।
बोक्रा बाक्लो भएको, राम्रोसँग ओभाएको, चोटपटक नलागेको, नकुहिएको र रोग नलागेको, २५ देखि ५० ग्राम तौल भएको दानालाई बीउको रूपमा छनोट गर्नुहोस्। आलुको पुतलीले सामान्यतया आलु भण्डारणमा ज्यादा नोक्सानी गर्ने भएकोले यसको नियन्त्रणको लागि बोझोको गानोको धुलो २ ग्राम प्रति के।जी। आलुको दरले मिसाउनुहोस् वा तीतेपातीका टुका आलुको तहमाथि राखिदिनुहोस् वा वीउ आलुको हकमा मालाथियन ५०५ इ।सी।, २ एम।एल। प्रतिलिटरको दरले पानीमा मिसाई छर्कनुहोस्। लहरेबालीमा गवारो कीराको व्यवस्थापनको लागि रोगर ३० ई।सी। २ एम।एल। प्रति लिटर पानीमा मिसाई साँझको समयमा बोट भिज्नेगरि छर्नुहोस्।
साताका शुरु र मध्यमा हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेकोले मध्य पहाडी भेगमा काठमाण्डौ लोकल जातको काउलीको नर्सरी राख्दा पानी निकासको उचित ब्यबस्था गर्नुहोस्। नर्सरी राख्दा १ वित्ता ९१५(२० से।मी।० अग्लो व्याड बनाई ४ अँगुलको फरकमा लाइन कोरेर पातलो गरी बिउ राखी हल्का माटोले पुरेपछी छापो राख्नुहोस्। झरी पर्ने समय भएकोले बेर्ना लाई जोगाउन प्लाष्टिकको छापो राख्नुहोस्।
खुमल चौडा पात, खुमल रातो पात, मार्फा चौडापात जस्ता रायोका जातहरुको नर्सरी पानी नजम्ने गरी राख्नुहोस् र मिनो अर्ली जातको मूला रोप्नुहोस्। काउली, बन्दा र ब्रोकाउलीको पातको तल्लो भागमा रहेको पुतलीका फुल ९पहेंलो रंग० र लार्भाहरुलाई जम्मा पारी नष्ट गर्नुहोस्। कीराको प्रकोप बढी भएमा मालाथियन ५०५ इ।सी।, २ एम।एल। प्रति लिटरको दरले पानीमा मिसाई कीरा लागेको ठाँउमा भिज्नेगरि साँझपख छर्कनुहोस्। तरकारी बालीहरुमा बोट ओइलाउने रोगको व्यवस्थापनको लागि पानीको निकासको उचित प्रवन्ध मिलाउनुहोस्। रोगी बोटहरु हटाउनुहोस्।
बेर्ना सार्ने बेलामा बोट वरिपरि पानी नजम्ने गरि सार्नुहोस्। प्रकोप बढि भएमा कपर युक्त विषादी २ ग्राम प्रति लिटर पानीमा मिसाई ७(१० दिनको फरकमा २(३ पटक जरा र वरिपरिको माटो भिज्नेगरि ड्रेन्चिङ ९म्चभलअजष्लन० गर्नुहोस् ।
नर्सरी ब्याडमा बेर्ना उमार्ने समयमा फेद काट्ने कीरा र बेर्ना कुहिने रोग लाग्न सक्ने भएकोले नर्सरी ब्याडको नियमित निरिक्षण गर्नुहोस्। फेद काट्ने कीरा र बेर्ना कुहिने रोगको व्यवस्थापन गर्न क्लोरपाईरीफोस ९ऋजयिचउथचषयक ज्ञट५ भ्ऋ० को ०।५ एम।एल। र कार्बेनडाजिम ९बेभिष्टिन० ५०५ डब्लु।पि। को २ ग्राम प्रति लिटर पानीमा घोली नर्सरी ब्याडमा माटो भिज्नेगरि छर्नुहोस्।
बेर्ना सारेको तरकारी बालीहरुमा रिङ्ग बनाई १०(१५ ग्राम युरिया प्रति बोटको दरले मौसमको अवस्था हेरी १५(२० दिनमा पहिलो र ३५(४० दिनमा दोश्रो टपड्रेस गर्नुहोस्। बिभिन्न बालीहरुमा सेतो झिंगाले आर्थिक नोक्सानी गर्नुको साथै भाइरस रोगहरु पनि सार्ने हुँदा जैविक विषादी, भर्टिसिलियम लेकानी २ एम।एल। प्रति लिटर पानीमा मिसाई छर्कनुहोस्। प्रकोप ज्यादा भएमा एसिटामाइप्रिड २०५ एस।पि। ९इक्का, माजिक० १ ग्राम प्रति लिटर पानीमा घोलेर पातको पछाडिको भाग भिज्नेगरि स्प्रे गर्नुहोस्।
ड्ड खुर्सानीको बोट ओइलाउने रोगको व्यवस्थापनको लागि पानीको निकासको उचित प्रवन्ध मिलाउनुहोस्। रोगी बोटहरु हटाउनुहोस्। बेर्ना सार्ने बेलामा बोट वरिपरि पानी नजम्ने गरि सार्नुहोस्। प्रकोप बढि भएमा कपरयुक्त विषादी २ ग्राम प्रति लिटर पानीमा मिसाई ७(१० दिनको फरकमा २(३ पटक जरा र वरिपरिको माटो भिज्नेगरि ड्रेन्चिङ गर्नुहोस्।
खुर्सानीमा भाइरस रोग व्यवस्थापनको लागि भिर्कोन एच झोल १ एम।एल। प्रति लिटर पानीमा मिसाई छर्कनुहोस्। । गोलभेंडामा क्याल्सियम सक्ष्म तत्वको कमीले फल पाक्नभन्दा पहिले फलको टुप्पोबाट कुहिने समस्या ९द्ययिककयm भलम चयत०आउने भएकोले बाली लगाउनु भन्दा पहिले सन्तुलित मलको प्रयोग गर्नुहोस्, माटोको पि।एच। ६।२ देखि ६।८ र उपयुक्त चिस्यान कायम राख्नुहोस्।
यस्तो समस्या भइरहने ठाँउहरुमा विरुवा रोप्नुभन्दा पहिले प्रति बोट एक मुठी अण्डाको बोक्रा वा माटोको पि।एच। को आधारमा सिफारिस मात्रामा कषि चनको प्रयोग गर्नहोस। गोलभेंडामा लाग्ने डढुवा रोगको नियमीत अनुगमन गर्नुहोस्। प्रकोप कम छ भने मेन्कोजेब ७५५ डब्लु।पि २।५ ग्राम प्रति लिटर पानीमा घोलेर स्प्रे गर्नुहोस्। प्रकोप बढी भएमा सेक्टिन ९६०५ डब्लु।जी।० १।५ ग्राम प्रति लिटर पानीमा घोलेर स्प्रे गर्नुहोस्।
फल दिने बाली गोलभेंडा, भण्टालाई अरु बाली भन्दा अलि बढि खाद्यतत्वको आवश्यकता हुने भएकोले पहिलो बाली टिपिएको हरेक १५(२० दिनको फरकमा युरिया मल १० ग्राम प्रति बोटको दरले टपड्रेस गर्नुहोस्। यस्तै गरि सुक्ष्म खाद्यतत्व जस्तैमल्टिप्लेक्सर ट्रिप्लेक्सरएग्रोमिन २ एम।एल। प्रति लिटर पानीमा घोलेर बोटमा स्प्रे गर्नुहोस्।
भण्टाको डाँठ तथा फलको गबारो व्यवस्थापनको लागी गवारोको कारण ओईलाएको मुन्टा, पात तथा फल टिपी करीव १ फुट गहिरो खाडलमा पुर्ने वा जलाउने गर्नुहोस्। क्लोरानट्रानिलिप्रोल ९कोराजेन० १८।५ इ।सि।, ०।२ एम।एल। प्रति लिटर पानीमा मिसाई साँझपख छर्नुहोस् ।
मूला तथा गाँजर लगाईएको स्थानमा पानी जम्न गई कुहिने समस्या देखिन सक्ने हुनाले उचित निकासको व्यवस्थापन गर्नुहोस्। अदुवा तथा बेसार रोपेको जग्गामा गानो कुहिने रोग लाग्न नदिन पानी निकासको उचित व्यवस्था गर्नुहोस्। रोगको प्रकोप ज्यादा भएमा कार्बेन्डाजिमबेभिष्टिन ५०५ डब्लु।पी। को २(३ ग्राम प्रति लिटर पानीमा घोली जरा भिज्नेगरि छर्नुहोस्।
स्रोत नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रद्वारा जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा जारी
प्रतिक्रिया दिनुहोस्