ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठाउँ अनुसार रायो सागको खेती कहिले लगाउने


एबीसी / संवाददाता
१५ भदौ २०७८, मंगलबार   ३ : ०१   बजे
काठमाडौं । हरिया सागपातहरूमा रायोको प्रथम स्थान आउँछ । सबभन्दा प्रचलित तरकारीहरुमा यसको दोश्रो स्थान आउँछ । यसमा भिटामिनहरू ए। बी। सी। ई। का साथै फलाम, क्याल्सियम र प्रोटिन प्रशस्त मात्रामा पाइने हुँदा पौष्टिक दृष्टिकोणले महत्वपूर्ण छ । यसको खेती तराईदेखि उच्च पहाडसम्म गर्न सकिन्छ ।
हावापानी
यसलाई चिसो हावापानीको आवश्यकता पर्ने हुँदा तराई र मध्य पहाडी इलाकामा यसको खेती दिउँदमा गर्नुपर्छ । उच्च पहाड़ी इलाकामा भने हिउँ र तुषारो पर्ने ज्यादा चिसो समय बाहेक अरु समयमा यसको खेती गर्न सकिन्छ ।
माटो
यसको खेती धेरै किसिमको माटोमा गर्न सकिन्छ तापनि धेरै समयसम्म पानी अड्याई राख्ने, प्रांगारिक पदार्थ प्रशस्त भएको दुमट माटो राम्रो हुन्छ ।
जग्गा तयारी
दुई(तीन पटक राम्ररी खनजोत गरी सिंचाई गर्दा एकनाससँग पानी पढ्ने र वर्षामा पानी नजम्ने गरी जग्गा सम्याउनुपर्छ ।
मलखाद
चालिसदेखि पचास डोको रामरी कुहिएको गोबर मल अथवा कम्पोष्ट मल, ४ किलो नाइट्रोजन २ किलो पोटाम र २ किलो फोस्फोरस प्रतिरोपनीको दरले जम्मा तयारी गर्दा माटोमा एकनाससँग और मिलाउनुपर्छ । नाइट्रोजनयुक्त मलको बढि आवश्यक पर्ने भएकोले प्रतिरोपनी तीन किलो युरियालाई ३ बराबर भागमा बोडेर पहिलो भाग बेर्ना सारेको एक महिनामा दोश्रो भाग डेढदेखि दुई महिनामा र तेत्रो भाग दुईदेखि अढाई महिनामा टपड्रेस  गर्नुपर्छ ।
लगाउने समय र तरिका
ईलाका बीउ छर्ने समय बेर्ना सार्ने समय बाली लिने समय
उच्च पहाड़ फागुन(वैशाख चैंत्र(जेष्ठ जेष्ठ(भाद्र
मध्य पहाड भाद्र(मंसिर असोज(पुस कार्तिक(फागुन
तराई असोज(पुस कार्तिक(माघ कार्तिक(फागुन
बीउ सोझैं खेतबारीमा छरेर पनि खेतीगर्न सकिन्छ । तर बीउलाई पहिले नर्सरीमा छरेर बेर्ना उत्पादन गरी अन्यत्र सार्ने विधि राम्रो र उपयुक्त हुन्छ ।
बेर्ना उत्पादन विधि
३र४ पटक राम्ररी खनजोत गरी डल्ला फोर्ने र माटो नरम बनाउनुपर्छ । दुई(तीन मिटर लामो, एक मिटर चौडा २०(२५ से।मि। सतहदेखि उठेको डयाङ् बनाउनुपर्छ । त्यसरी तयार गरेको डयाङ्मा राम्ररी कुहिएको गोबर मल मिसाई सतह मिलाउनुपर्छ । ५(७ से।मि। को फरक पारी १(२ से।मि। गहिरो हुने गरी बीउ रोप्नुपर्छ । बालुवा अथ्वा धूलो माटोले बीउ पुरेर परालको छाम्रो हाल्नुपर्छ । माटो चिसो राख्नलाई समय(समयमा सिंचाई गर्दै जाने र बीउ उम्रेपछि परालको छाप्रो हटाइदिनुपर्छ । करिब एक महिना उमेर पुगेका बेर्नाहरू सार्न योग्य हुन्छन् ।
बीउ दर
३० ग्राम प्रतिरोपनी
सार्ने दुरी
हारको फरक ३० से।मि।
बोटको फरक १०(१५ से।मि।
सिचाई र गोडमेल
बेर्नासारे देखि नसरुन्जेलसम्म हल्का सिचाई गर्ने र सरिसकेपछि आवश्यकता अनुसार सिंचाई गर्नुपर्छ । झारपात पलाएको देखनासाथ उखेल्नुपर्छ र कुटोले हल्का गोडमेल गर्नुपर्छ ।
बाली लिने समय
बेर्ना सारेको २०(२५ दिनपछि पात टिपेर साग खान हुन्छ । पात टिप्दा बोटलाई चोट कम पर्ने  गरी जरा नखल्बलिनेगरी हल्कासँग हँसिया अथवा चक्कुले पाठ काट्नु राम्रो हुन्छ । बोट बढ्दै गएपछि टिप्दै जानुपर्छ ।
उत्पादन
१५००(२००० किलो हरियो पात प्रति रोपनी उत्पादन हुन्छ ।
बाली संरक्षण
यसलाई लाग्ने भाइरस रोग अति हानिकारक हुन्छ । त्यसैले रोग लागेका बोटहरू उखेलेर हटाइदिनुपर्छ । यसलाई सेतो ढुसी रोग पनि लाग्न सक्छ । यसलाई रोकथाम गर्न बारी सफा राख्नुपर्छ । रोग लागेका र पुराना पातहरू हटाइदिनुपर्छ । त्यस्तै निलोतुथो र चुनको मिश्रणको झोल बनाई छर्नुपर्छ । यसलाई लाने कीराहरूमा साही र झुसिल्कीरा मुख्य हुन् ।
रायोका जातहरु
१ खुमल चौंडा पात
२ मार्फा चौंडा पात
३ खुमल रातो पात
स्रोत तरकारीबाली विकास केन्द्र खुमलटार, ललितपुर

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu