ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कब्जियत हुन्छ ? सजिलै यसरी हटाउनुस्


एबीसी / संवाददाता
१८ भदौ २०७८, शुक्रबार   ११ : १७   बजे

काठमाडौँ, १८ भदौ:
कब्जियत अहिले प्राय सबै मानिसको साझा स्वास्थ्य समस्या हो। कब्जियतले पेटमा केही गडबढी भएको संकेत गर्छ। सबै उमेर समूहका मानिसमा देखिने यस समस्याबाट विशेषगरी बृद्धबद्धा पीडित छन्। कब्जियतबाट बच्ने विज्ञका केही टिप्स यस प्रकार छन्।

कब्जियत हुनुका कारणहरूः

– कब्जियत हुनुको मुख्य कारण खानामा कार्बोहाइड्रेट ९भात, रोटी, ढिँडो०को मात्रा बढी हुनु, रेशा र छोक्राबोक्रासहित प्राकृतिक आहार नुहुनु हो।

– मैदाबाट बनेका, चिल्लो, तारे, भुटेका, पिरो, बढी मरमसला, गरम मसला, खुर्सानी र नुन खानाले।

– भारी खानाहरू माछा, मासु, अण्डा, दुग्ध पदार्थ बढी खानाले।

– धेरैचोटी, छिटोछिटो, राम्ररी नचपाई र बीचबीचमा कुचुकुचु खाने बानीले।

– जंक फुड, फास्ट फुड, बढी गर्मी गराउने खाना, चिया, कफी, कोल्ड ड्रिंक, तयारी पेय पदार्थ आदि धेरै खानाले।

– चुरोट, खैनी, जाड, रक्सी जस्ता नशाजन्य पदर्थ खानाले।

कब्जियतबाट बच्ने विज्ञका केही टिप्स

१ प्रशस्त पानी पिउने
पानी कब्जियतको सबैभन्दा महत्वपूर्ण औषधि हो। प्रशस्त पानी र तरल पर्दाथयुक्त खाना खाँदा कब्जियतबाट बच्न सकिन्छ। तर, पानीको नाममा सोडा पानी वा अन्य पेय पर्दाथ पिउनु कब्जियतको समाधान होइन।

२ फाइबरयुक्त खाना

जौ, गहुँ, रोटीजस्ता फाइबरयुक्त खानेकुरा पोषिलो मात्र होइन यसले कब्जियतबाट पनि जोगाउँछ।

३ फलफुल तथा सागसब्जी

ताजा फलफुल तथा सागसब्जीमा प्रशस्त फाइबर र तरल पर्दाथ हुने भएकोले हाम्रो समग्र पाचन पक्रियालाइ फाइदा गर्छ। प्रशस्त हरियो सागसब्जी र ताजा फलफुल खाँदा कब्जियत नै हुदैन।

४ गेडागुडी

भिटामिन र प्रोटिनयुक्त गेडागुडी नियमित सेवन गर्दा स्वभाविक रुपमा कब्जियत देखिदैन।

५ उखुको जुस र मह
उखुको जुस, खुदो र मह कब्जियत मुक्त गर्ने खानेकुरा हुन् । उखुको रसमा आवश्यकताअनुसार मह मिसाएर खाँदा यसले राम्रो औषधीको काम गर्छ ।

६ व्यायाम

उठबसलगायतका शारीरिक व्यायायमले पनि कब्जियत समस्या अन्त्य गर्ने विज्ञहरु बताउँछन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सरकारसँगै डराइरहेका छन् व्यवसायी …

सम्बन्धित

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

तपाईंलाई ८ घण्टा सुत्ने आवश्यकता नहुन सक्छ

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu