ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इतिहास शिरोमणि आचार्यको जन्मदिनलाई इतिहास दिवस घोषणा गर्न माग


एबीसी / संवाददाता
१ चैत्र २०७८, मंगलबार   ७ : ४९   बजे

काठमाडौँ, १ चैत । इतिहास शिरोमणि बाबुराम आचार्यको जन्मजयन्तीको दिन पारेर फागुन २९ गतेलाई इतिहास दिवस घोषणा गर्न माग गरिएको छ। आचार्यको १३५औँ जन्मजयन्तीका अवसरमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजित ‘बाबुराम आचार्य र उनको योगदान’ विषयक विचार गोष्ठीमा यस्तो माग गरिएको हो। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संस्कृतिविद् डा गोविन्द टण्डनले बाबुराम आचार्यले नेपालको प्रामाणिक इतिहास लेखनमा पुर्‍याएको योगदानको कदर गर्दै उनको जन्म दिनलाई इतिहास दिवस घोषणा गर्न माग गर्नुभयो।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपाने र खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव सुरेस आचार्यको बिशिष्ट आतिथ्यतामा सम्पन्न बाबुराम आचार्य र उहाँको योगदान बिषयक गोष्ठीमा प्रा डा गोबिन्द टन्डनको २९ पेजको कार्यपत्र पुरै पढेर सुनाउनुभएको थियो । इतिहास शिरोमणि बाबुराम आचार्य प्रतिष्ठानको पहलमा घोषणा भएको दुई लाख राशीको बाबुराम आचार्य सगरमाथा पुरस्कारको बिषयमा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले प्रकाश पार्दै अझ मन्त्रालयले प्रतिष्ठान र सरोकारवाला निकायसँग बाबुराम आचार्यको बिषयमा थप कार्य गर्ने आफुलाई इच्छा रहेको बताउनुभएको थियो । कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेस आचार्यले बाबुराम आचार्यको १० लाखको रासी आफु सँस्कृतिको सचिव हुँदा सिफारिस गरेको स्मरण गर्दै बाबुराम आचार्यको जन्म जयन्तीका अवसरमा फागुन २९ गतेलाई इतिहास दिवस मनाउन सरकारलाई आग्रह गर्नुभएको थियो ।

बिशिष्ट अतिथी एबम् नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले बाबुराम आचार्य स्मृति प्रतिष्ठानले इतिहाश शिरोमणिका योगदानलाई स्मरण गराउन नेपाल प्रज्ञा प्रतिष्ठान, सस्कृति मन्त्रालयलगायतमा घच्घच्याउन कमी नगरेको भन्दै आगामी दिनमा प्रतिष्ठानसँग मिलेर बाबुराम आचार्य संग्राहालय निर्माण, अप्रकाशित कृति प्रकाशनलगायतमा अगाडी बढ्ने बताउनुभएकोे थियो । कार्यक्रममा पूर्वमन्त्री मोदनाथ प्रश्रित, प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्याय, प्रा डा सुरेन्द्र केसी, पूर्वराजदूत निरञ्जनमानसिंह बस्नेत, प्राज्ञ दीनेशराज पन्त, बाबुराम आचार्य स्मृति प्रतिष्ठानका महासचिव बाबुराम आचार्यलगायतले आचार्यको जन्मदिन पारेर फागुन २९ लाई इतिहास दिवस घोषणा गर्न माग गर्नुभएको थियो । इतिहास शिरोमणिको जन्म वि।सं १९४४ फागुन २९ गते काठमाडौंमा भएको थियो । उहाँको निधन २०२९ भदौ २१ गते भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बैंकिङ कसुर अभियोगमा शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा

नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

सम्बन्धित

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

वेदिका केसीलाई एक दिन हिरासतमा राख्न अनुमति

सिरहामा प्रहरीको गोली चल्यो, २२५ ग्राम खैरो हिरोइनसहित ६ जना पक्राउ

प्रधानमन्त्रीको कूटनीतिक नीति परिवर्तन? परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेको दाबी

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu