ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धनभित्र शीर्ष नेताकै असन्तुष्टि, बाछिटा मतपरिणाममा देखिने आशंका


एबीसी / संवाददाता
२४ बैशाख २०७९, शनिबार   ७ : ३८   बजे

काठमाडौँ, २४ बैशाख । पाँच दलीय गठबन्धनले केन्द्रमा देशव्यापी तालमेल गर्ने निर्णय गरे पनि स्थानीय स्तरमा कार्यान्वयन हुन सकेन । केन्द्रको निर्णय विपरित अधिकांश स्थानमा सदस्य दलहरूले छुट्टाछुट्टै उम्मेद्वारी दिए । गठबन्धन भएको ठाउँमा समेत सदस्य दलहरूबाटै बागी उम्मेद्वार खडा भए ।

सदस्य दलहरूबाटै परेका बागी उम्मेदवारीले गठबन्धनका दलहरूबीच अविश्वास र असन्तुष्टि देखिएको छ । गठबन्धनतर्फका साझा उम्मेद्वारलाई भोट माग्न आयोजना गरिएका संयुक्त चुनावी सभामा समेत शीर्ष नेताहरूबाटै असन्तुष्टि व्यक्त हुने गरेको छ । पाँच दलीय गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका अधिकांश नेता कार्यकर्ता अझै पनि चुनावी तालमेलको विरोध गरिरहेका छन् । भरतपुर, पोखरा, वीरगञ्ज, जनकपुर लगायतका ठाउँमा कांग्रेसभित्र तीव्र असन्तुष्टि छ । त्यति मात्रै होइन, गठबन्धनको भागबण्डामा आफ्नो भागमा नपरेका महत्वपूर्ण नगर र पालिकामा बागी उम्मेदवार उठेका छन् । यसले सत्तारुढ गठबन्धनभित्र अविश्वास र असन्तुष्टि देखिएको छ ।

गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त चुनावीसभाहरूमा गठबन्धनभित्रको असन्तुष्टिलाई मत्थर पार्ने प्रयास गर्दै आइरहनुभएको छ । तर, त्यसमा उहाँ कति सम्भव हुनुभयो, त्यो मतपरिणामसँगै देखिेने नै छ । गठबन्धनको अर्को घटक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल त गठबन्धनभित्रैबाट आफ्नो पार्टी पेलिने गरेको असन्तुष्टि पोख्नुहुन्छ । सिट बाँडफाँटदेखिने आफूलाई पेलिएको भन्दै उहाँको गुनासो थियो । नेपाली कांग्रेसभित्र देखिएको चुनावी तालमेलविरुद्धको धारणाप्रति संकेत गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तालमेलको आवश्यकता र भावनालाई आत्मसात नगरे देशकै अहितमा हुनेसमेत टिप्पणी गर्नुभयो ।

गठबन्धनका अन्य दलका नेताहरूको धारणामा बल पुग्ने गरी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले त गठबन्धनभित्रबाटै एमालेलाई सहयोग पुर्‍याउने काम भइरहेको आरोपसमेत लगाउनुभयो ।
स्थानीय तह निर्वाचनमा मतदानको समय नजिकिँदै गर्दा गठबन्धनका शीर्ष नेताहरूबाट व्यक्त अभिव्यक्तिले गठबन्धनभित्रको असन्तुष्टि प्रतिबिम्ब गरेको छ । गठबन्धनभित्रको यो असन्तुष्टिको असर मतपरिणाममा पर्ने आशंका गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group