ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकामा सरुवा रोगको त्रास, अस्पतालमा झाडापखालामा बिरामी बढे


एबीसी / संवाददाता
२७ जेष्ठ २०७९, शुक्रबार   ७ : २५   बजे

काठमाडौँ, २७ जेठ । मध्य बर्खा, त्यसमाथि फोहोर थुप्रिन थालेपछि उपत्यकामा सरुवा रोगको त्रास बढेको छ । मनसुनमा त्यसै पनि बिरामी बढ्ने भए पनि पछिल्लो दुई सातादेखि उपत्यकामा फोहोर थुप्रिन थालेपछि त्यसको असर अस्पतालमा देखिन थालेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो समय दैनिक १० जना बढी झाडापखालाका बिरामी पुग्न थालेका छन् । दुई सातादेखि उपत्यकामा फोहोर नउठेकाले पनि त्यसको असर पर्न थालेको चिकित्सकहरूको आशंका छ । अस्पतालमा सामान्यदेखि सिकिस्त बिरामीसम्म पुगेका छन् । मनसुन सुरु भइसकेको र अब फोहोर व्यवस्थापन भएन भने फोहोर पानीमा जीवाणु मिसिने र त्यसले हैजासमेत फैलनसक्ने जनस्वास्थ्यविद् डा. शेरबहादुर पुन बताउनुहुन्छ ।

अस्पताल पुग्ने बिरामीमा पेट दुख्ने, रुघाखोकी, ज्वरो, झाडापखाला र आउँ पर्ने समस्या रहेको छ । यी सबै दूषित पानी र खानेकुराका कारण हुने रोग हुन् । फोहोरबाट झाडापखाला, हैजा, जुका, पेटको समस्या, करेला र छालासम्बन्धी रोगका देखिने चिकित्सकहरू बताउँछन् । यस्तो अवस्थामा स्वस्थ्य खानेपानी र स्वस्थ्य जीवनशैली अपनाउन डा. पुनको सुझाव छ । हप्तौंदेखि थुप्रिएको फोहरले दैनिक ज्यालादारी गरेर खाने वर्ग प्रताडित छ । आफ्नो घर र व्यापार गर्ने थलो अघिल्तिर फोहोरको डुंगुर थुप्रिँदा पैदलयात्री, व्यवसायी र स्थानीय त प्रभावित छन् । व्यवसाय र पैदलयात्रुको प्रभावित हुनुको अलावा ज्येष्ठ नागरिक र बालबालिकाको स्वास्थ्य जोखिममा पर्दै गएको छ । उनीहरु आफ्नो स्वास्थ्यप्रति चिन्तित छन् । फोहोरका कारण स्वास्थ्यमा असर परेको अनुभव उपत्यकाबासीले गर्न थालिसकेका छन् ।

स्थानीय जनप्रतिनिधि उठाउने सहज प्रबन्ध नभएसम्म फोहोर घरमै राख्न सल्लाह दिन्छन् । बाटोमा फोहोरको थुप्रो लाउँदा अरूको स्वास्थ्य प्रभावित हुने उहाँकाे तर्क छ । व्यवस्थापन गर्न जान्दा फोहोर मोहोर हो भने नजान्दा रोग हो । कारण जे सुकै भएर फोहोर नउठेपछि स्वास्थ्य बिग्रिँदा दुःख पाउने नागरिकले नै हो । महँगो उपचारमा आफूलाई धकेल्नुभन्दा स्वास्थ्य चेतनामा आफूलाई अब्बल राख्नु सर्वोत्तम उपाय हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अस्ट्रेलियाले नेपालमा राहत सामग्री र उद्धार जनशक्ति पठाउने

भोटेकोशी प्रभावित क्षेत्रमा केही दिन वर्षाको सम्भावना, उद्धारकर्मीलाई सतर्क रहन आग्रह

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu