ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कविता


एबीसी न्यूज
३ माघ २०७४, बुधबार   ९ : ०२   बजे

रिमा के सी 

आफ्नै कुटीभित्र निर्घात कुटिएकी
सृष्टि सिंगार्ने फूल फुलाउँदा लछारिएकी सृष्टिकी आमा हुँ म
म सविना खातुन ।

दिलसरा र इजाहारलाई सोधिदेउ-
तिमी कुन पुरूषले जन्माएको पुरूष ?
ती मुक्का, लाठ्ठी जसले निर्घात चुट्यौ
मेथी झानेको तातो तेल घसेर बलियो बनाउने
कसैकी दिदी, कसैकी बहिनी
अर्थात् आमा कसैकी छोरी हुन्
उनकै गर्भमा नाघेर अराजकताको सिमा तिमी जिस्कियौ
आजपर्यन्त जिस्किरह्यौ आमाहरूसित !

असिना झैं आकाशबाट टप्लक्क खसेनौ तिमी
आफ्नै रगतका थोपा-थोपाले सिँचेकी हुन्
पसिनाको कण-कणमा बगेकी हुन्
आँशुको भेल तरेर मुश्कुराएकी हुन्
पेन किलरझैं आरोपका गोली निलेर कप्लक्क ।
ए सिद्धार्थ, कुन बोधिबृक्ष मुनि यी बाबु-छोराको आत्मज्ञान खुल्छ ?

कैयौं रात खालि पेट, काँटेर भयमय अनिदा रात
प्यासमा घुटु…घुटु पिउँदै आँशुको प्रशान्त गंगा
बनेको हो यौटा अपराधी बाउ
अर्थात बनेको हो यौटा पुरुषको परिभाषा
अरूको छात्तिमा हानेको लात्ति
आफ्नै आमाको छात्तिमा बजारिएको छ
र, लागेको छ खाटा नबस्ने घाउँ
सिद्धार्थ, कृपया यो आलो घाउ देखाईदेउ थोत्रो चश्माभित्र युवतीतिर चमचमाउने आँखाहरूलाई
सायद यिनले छोरीलाई प्रेम गर्छन् !

खेलेर आगो-पानीसित नौ-नौ महिना
सूर्यग्रहण, चन्द्रग्रहणको नदिएर पर्न छायाँ
हर घडी बाँचिन् आमा
तिमीलाई दिइन् जन्म, तिमी रोयौ
मुसुक्क मुश्कुराइन् आमा प्रभातको घाम जस्तै
प्रीति भोजपछि हाँसिनन्, तिमीले कहिले सोधेनौ-
आमा, तिमीलाई के भो ?
ए सिद्धार्थ, दिलसराको यतिविघ्न ढुंगा दिल
कहिले सगरमाथाबाट सवाल-जवाफमा ओर्लिन्छ ?
आमाहरूको दु:खमा दुख्छ ?

तिम्रै खुशीको निम्ति हारिरहिन् आमा
तथापि भीषण युद्ध जिते जस्तै गरिन्
र गराइन् तिमीलाई अमृतपान
दुध खुवाउँदै उनैले पालेकी हुन् बिषालू सर्प !
सबै दिलसरा, इजाहार जस्ता पनि त हुँदैनन् !!

ए सिद्धार्थ, आफ्नै आमा खाने माकुरालाई कसरी बनाउने मानिस ?

यो आत्मज्ञान स्वयम् लिन चाहन्छु
यी तमाम माकुरालाई मानिस बनाउनु छ
यी तमाम माकुरालाई आमा बनाउनु छ
भोलि कुनै अखबारले न लेखोस्-
दाइजो नपाएको निहुँमा कसैमाथि निर्घात कुटपिट
छोरी पाएको बहानामा कोही घर निकाला !!

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपीडितका लागि राखिएका राहत सामग्रीमै म्याद गुज्रिएका खाद्यवस्तु

रसुवा भोटेकोसी बाढीमा मृत्यु भएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक

सम्बन्धित

‘बेहुली’को ट्रेलर सार्वजनिक, बाढी प्रभावितका लागि कमाइको ५ प्रतिशत दिने घोषणा

वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई मदन पुरस्कार

रोकिएको तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक

डंकी सपनाको बाटो : सपनाको देशतिर जाने यात्राको उज्यालो र अँध्यारो

जब समयको चोटले मुटु फलाम हुन्छ

४३ हलमा ‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu