काठमाडौ, ५ असार । जनवादी गायक जीवन शर्माले मानव जीवनमा गित संगित भन्दा प्यारो वस्तु अरु केहि नभएको बताउछन् । जीवन शर्मा र जनवादी गीतसंगीत प्रर्यायवाची शब्द जस्तै हुन । जब जीवनको नाम आउँछ उनीसँगै जनवादी गीतसंगीतको ठूलो फाँट जन्मिन्छ । अनि जनवादी गीतसंगीतको कुरा साथमा त्यही अद्धितिय प्रतिभाको खानी जीवन शर्माको नामसँगै जोडिन्छ । धेरै कलाकारको छुट्टै शान छ, नाम छ तर दाम छैन । उनले कैयौ रातहरु ओढारमा, झुपडी र छाप्राहरुमा विताएका छन् । जनताका दुःख, पीर, मर्का बुझेका छन् ।
साहुको बारीमा काम गर्ने हलि दाई र भारि बोक्ने भरिया दाईका पीर मर्कालाई टपक्क टिप्छन् र संगित भरेर भाका हाल्छन् । ३६ सालको चर्कदो आन्दोलनले जीवनलाई पनि उतै डोर्यायो । नेपाली जनताको पक्षमा सांगितिक माध्यामबाट समर्पित हुन्छु भनेर गरिव दुखी जनताको पक्षमा गीत गाउन हिँडे । त्यसो त उनमा जनताको पक्षमा लाग्नु पर्छ भन्ने चेतनाको लहर वालापन देखि नै मिलिसकेको थियो । १३/१४ वर्षको उमेरमा आफ्नो परिवार पञ्चायती शैलीको भएको भन्दै उनले घरबाटै विद्रोह गरे । परिवारको एक्लो छोरो डाक्टर इन्जिनियर बनोस भन्ने बुबाआमाको चाहना ।
तर जीवनले भोकानाङ्गाहरुको गीत गाउनु पर्छ भन्ने सोचे । उनका बुबा गाउँका जिम्वाल, मुखिया र प्रधानपञ्च पनि भइसकेका व्यक्ति । राजा र र राजतन्त्रलाई सम्मान गर्नु पर्छ भन्ने सामान्ती शैली जीवनलाई मन पर्न छोडिसकेको थियो । तराई मूलका एक जनाले बाग्लुङ पुगेको बेला गाएको ए शोषित सर्वहारा चट्टान जतै तिम्रो छाती, हिमाल जस्तो शीर भन्दै गाएको गीतले जनवादी गीत यस्ता पो हुँदा रहेछन् अव त्यस्तै गीत गाउँछु भन्ने सोच पलाईसकेको थियो । त्यसमाथि बाग्लुङको हाइस्कुलमा पढ्दा देखि नै पञ्चायती शिक्षा भनेको बेकार हो, देशमा राम्रो व्यवस्था छैन । राजतन्त्र पनि गलत हो । सामान्तवादका विरुद्ध संघर्ष गरेर नौलो जनवाद नल्याएसम्म हामी शुख शान्ति पाउँदैनौं, अव त्यसका विरुद्ध लड्नु पर्छ र चेतनाको लहर फैलाउनु पर्छ भनेर शिक्षकहरुले उनको दिमाग भरिसकेका थिए ।
त्यही कुराले उनको दिमागलाई प्रभावित गर्यो । रातदिन दिमागमा तिनै कुरा खेल्न थाले । जसले गर्दा काठमाण्डौ आएपछि उनी ०३६ सालको जनआन्दोलनमा सकृय भए । भोको पेटै आन्दोलनमा पुलिसका लाठि र बुट खाए, तर जब दमन हुन थाल्यो, उनको मनमा आक्रोशको ज्वालामुखी दन्कन थाल्यो । त्यही अनुसारका शब्द र संगीतले निपूर्ण यो गीत जन्म्यो । जसले जीवनलाई मात्र होइन धेरैलाई आन्दोलनमा लाग्न यो गीतले झन उर्जा मिल्यो । ०३६ देखि ४६ सालको आन्दोलनमा फोक्ल्याण्डको टापुबाट, जंगलको बीचबाट, लेखिरहेछु चिठी तिमीलाई लडाईको मैदानबाट भन्ने बोलको गीत निक्कै लोकप्रिय बन्यो । त्यही गीत सुनेर कति आन्दोलनमा होमिए । माओवादीको १० वर्षे जनयुद्धका बेला तमाम गीत माओवादीमय बने । उनका सयौं गीत माओवादी जनयुद्धमा निक्कै घन्के, आन्दोलनमा लाग्न उर्जा मिल्यो ।
यसको मतलव उनी माओवादी थिएनन् । न त माओवादी जन्मन्छ भनेर नै गीतको रचना गरिएको थियो । २०६२, ६३ को आन्दोलनमा पनि उनका गीत त्यतिकै सार्थक बने, हिउँ फुटे हिम नदी जनता जुट जनसागर, औंशीको यो रात पनि हट्छ छिटै चिन्तै नगर भन्दै जनआन्दोलनलाई बल मिल्यो । ती गीतहरु जनयुद्ध शुरु हुनुभन्दा १०, १५, २० वर्ष पहिले बनाइएका हुन् । सिमली छायाँमा बसी भरिया लामो शास फेरेको भन्ने गीत ०३९ सालमा गाइएको हो । यस्ता गीतहरु पञ्चालयतकाल देखि नै गाउँमा पाखा पखेरामा घन्किरहेका थिए । शोषण दमन र अन्याय अत्याचारका विरुद्ध गाउँ वस्तीमा कहिले लुकीलुकी कहिले खुल्ला स्कूलका प्राङगढमा गाउँने गरिन्थ्यो ।’बागलुङको जैमिनी नगरपालिका–१० राङखानीमा जन्मनुभएका ६२ वर्षीय शर्मा लामो समयदेखि जनपक्षीय सङ्गीत सिर्जना र गायनमा सक्रिय जीवन शर्माले एबीसी न्युज टेलिभिजनको कार्यक्रम आउटलुकमा प्रधान सम्पादक शुभशंकर कंडेलसंग गरिएको कुराकानी जीवन नै गित संगित भएको बताए ।
भिडियो
प्रतिक्रिया दिनुहोस्