श्रीलङ्काको सन्दर्भमा Covid-19 को कारणले वार्षिक ११.२० अर्ब डलर (२०१९) आम्दानी गर्ने पर्यटन क्षेत्र ध्वस्त भएर शुन्य प्राय नभएको भए र रसियारयुक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलरडिजेलको मुल्य झण्डै २ गुणाले नबढेको भए अहिलेको भयावह स्थिति आउने थिएन भन्ने मेरो बुझाई हो। वैदेशिक ऋण लिएरै भए पनि पूर्वाधार विकासका लागि बन्दरगाह, राजमार्गरसडक सञ्जाल तथा विमानस्थल विस्तार लगायका क्षेत्रमा गरिएका लगानी सहि थिए भन्ने कुरा सन २०१० मा करिब ३ अर्ब डलर (७.५%) को हाराहारीमा रहेको पर्यटन क्षेत्रको GDP योगदान बढेर सन २०१९ सम्ममा ११.२० अर्ब डलर (१२.६%) पुग्नुले पुष्टि गर्छ जसमध्ये करीब ५ अर्ब डलर त बिदेशी मुद्रा आर्जनमात्र थियो। सन २०२१/२२ सम्म आइपुग्दा पर्यटन क्षेत्रको योगदान बढेर करीब २० अर्ब डलर २०% सम्म पुग्ने जसमध्ये करीब १० अर्ब डलर वैदेशिक मुद्रामा आम्दानी हुने प्रक्षेपण गरिएको थियो ।
तर श्रीलङ्काको बिडम्बना वा दुर्भाग्य भनौ, जब ऋण लिएर लगानी गरिएका परियोजनाहरूबाट आम्दानी हुने बेला आयो, ऐन मौकामा कोरोनाको कहर र बाह्य युद्धले निम्त्याएको मूल्य बृद्धिको चपेटामा पर्यो जुन कुरा श्रीलङ्काको मात्र हैन कुनै पनि देशको कावु भन्दा वाहिरको कुरा थियो। यदि यो महामारीको प्रकोप तथा रसिया / युक्रेन युद्धको प्रभाव नपरेको भए स्थिती यति भयावह पक्कै हुनेछ थिएन। समग्रमा श्रीलङ्काले वैदेशिक ऋण लिएर पूर्वाधार विकास / परियोजनाहरूमा लगानी गर्नुलाई नै अहिलेको समस्याको मुल कारणको रुपमा जसरी चित्रण गर्न खोजिएको छ, त्यो गलत वा अपुरो बिष्लेषण हो।
नियतगत/नितीगत भ्रष्टाचार, अख्तियार दुरुपयोग, वैयक्तिक स्वार्थ/लाभ, राजनीतिमा परिवारवाद जस्ता सैयौ विकृतिहरू होलान जुन सुध्रिनुरसुधारिनु पर्छ साथै उल्लिखित पूर्वाधार परियोजनाहरू अझ मितव्ययी हुनसक्थे होलान। तर देशको समग्र अर्थतन्त्रलाई कायापलट गर्नसक्ने ति दीर्घकालीन परियोजनाहरूमा गरिएको लगानी गलत थिएनन् भन्ने मेरो भनाइ हो।
तर जनताले कारण हेर्दैनन् वा हेर्न/बुझ्न चाहदैनन्, परिणाम हेर्छन् र परिणामको आधारमा कारबाही वा पुरस्कृत गर्छन् भन्ने कुरा अहिले श्रीलङ्कामा भइरहेको जनकारवाहीले प्रष्ट पारेको छ। यसबाट हाम्रा नेताहरूले पनि पाठ सिके होलान् र आगामी दिनमा सचेत रहलान् भन्ने कुरामा आशावादी छु।
भनि रहनु परोइन, राजनीतिक नेतृत्व वा नेताहरूमा देश विकासका लागि सही नियत (right intent), आवश्यक क्षमता (competence/capacity) र निर्णय लिने र जोखिम व्यहोर्ने साहस (Guts) हुनु जरुरी छ। आफूले गरेको निर्णयरकामले ल्याउने परिणाम र परिणामले ल्याउन सक्ने जोखिम प्रति सधैं सचेत रहनु पर्छ। रहर र लहडले नेता बन्नु हुदैन। नेता हुन सजिलो पनि छैन। नेताहरू वा नेता बन्न चाहनेहरु देश र जनता प्रति वफादाररइमान्दार मात्र होइन, सफा नियत, क्षमतावान र साहसिक पनि होउन्। सबैलाई शुभकामना।
पुनश्च : हाम्रो सन्दर्भ श्रीलङ्काको भन्दा विल्कुलै फरक हो। तर हामीले नजरअन्दाज गरेर (indifferent भएर) बस्ने अवस्था पनि छैन। केहि मखण्डि अर्थ पण्डितहरूले भने जस्तो चाररपाँच महिनामै टाट पल्टिने अवस्था पनि पटक्कै होइन, तर सचेत रहनु जरुरी छ। हाम्रो अहिलेको घट्दो बिदेशी विनिमयको संचितिको प्रमुख कारण भनेको रसिया/युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा आएको इन्धनको मूल्य बृद्धि, निरन्तर रुपमा बढ्दो आयात र त्यसले ल्याएको व्यापार घाटा (trade deficit) नै हो। अरु आर्थिक र/ वा वैदेशिक व्यापारका परिसूचकहरु लगभग यथावत रहॅदा पनि सोही परिमाणको इन्धन आयात गर्दा त्यसको मुल्य विगत केहि महिना देखि झण्डै दोब्बर पर्न जॉदा र अन्य उपभोग्य सामग्रीहरू पनि अधिक आयात हुॅदा (अरु देशको लागि पनि हाम्रै बिदेशी मुद्रा खर्चेर आयात गरिदिँदा – जस्तै सुन, सुपारी) यो समस्या आएको हो।
तत्कालको लागि अल्पकालीन रणनीतिको रुपमा नेपाल राष्ट्र बैँकले लिएको आयातमा अंकुश लगाउने नीति एकदम सहि छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य सच्चिएन र यो स्थिति कायमै रह्यो भने अर्को अल्पकालीन उपाय भनेको यातायात साधन परिचालन (बिशेष गरेर व्यक्तिगत साधन) हप्ताको एक/दुई दिन कम (Transport holiday) गरेर भए पनि इन्धन आयातको परिमाण नै घटाउने र आधारभूत अत्यावस्यकताका वस्तु वाहेक अरु आयात बन्द गराउने उपाय अपनाउनु पर्छ। तथापि यसले अर्थतन्त्रमा/उत्पदकत्वमा केहि नकारात्मक असरहरु ल्याउन सक्छन्।
दीर्घकालीन उपायहरू भनेको निर्यातजन्य वा विदेशीमुद्रा आर्जन गर्ने वस्तु तथा सेवा उद्योगहरू तथा आयात प्रतिस्थापन गर्ने उद्योग व्यवसायलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्नु पर्दछ जस्मा बिशेषगरी पर्यटन, कृषि उत्पादन/कृषिजन्य उद्योग तथा जलविद्युत प्रमुख रुपमा आउँछन्। सूचना प्रविधि सेवा निर्यात पनि प्रचुर सम्भावनाको क्षेत्र हो। वैदेशिक रोजगार दीर्घकालीन समाधान कदापि होइन, वाध्यात्मक अल्पकालीन उपाय मात्र हो, तर मौजुदा अवस्थामा त्यसले नै मेरुदण्डको काम गरीराखेको छ। यो निर्भरतालाई क्रमश घटाउदै लैजानु पर्दछ। सारांशमा नेपाल ऑकलन गर्न सकिने भविष्य (foreseable future) सम्ममा श्रीलङ्का हुने अवस्था छैन।
प्रतिक्रिया दिनुहोस्