ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कविता


एबीसी न्यूज
५ माघ २०७४, शुक्रबार   ११ : २०   बजे

 वनफूल

रिमा केसी

म यौटा वनफूल

छोपिएको छु झाडी, बुट्यानले

बाँधिएका छन् हात-गोडा

बाँधिएको छु सम्बन्धको कठोर जन्जिरमा

निमोठिदैछन् रहर, इच्छा या चाहना

आगोमा जलिरहेछन् सपना

जिउँदो छु म, तर प्राण छैन

सब छन् तर आफ्नै कोही छैनन्

जब सधैं,

आँखाको डिलबाट खसेको आँसु देख्ने

कोही छैन !

फैलिएका छन् स्वार्थी लहराहरू पहराभरि

नाम नपाएको म जंगली फूल

सद्भाव देखाएझैं देखाउँछन् भँमराहरू

नजिक हुन्छन् केही पल

लुटिएको खुशी दिने भीष्मप्रतिज्ञा गर्छन्

सपना फिर्ता ल्याउने आश्वासन दिन्छन्

र आफैं गर्छन् आत्मदाह ….

मसित अंकुराएका आशाले गर्छन सँगै

आत्महत्या

पानीको फोका झैं जब प्याट्ट फुट्छन

बिजिगिषा !

यो शहरभरि समाचारमा फैलिन्छ

मैले बाँडेको प्रेम-रसमा भयानक बिष थियो

पहराको बिचमा बिताइरहेछु म कैदी जीवन

मलाई कुनै गुनासो छैन

सुगन्ध छर्न नसकेकोमा

आफ्नै नाम नपाएकोमा

दुनियाँले जे गरोस् मसित

सारालाई भनेर मर्छु-

‘प्रकृति, म तिम्रो पागल प्रेमी !’

म कसैको गमलामा फूल्न नसकेको

कसैको सुन्दर बगैंचामा नमुश्काएको फूल

हिलोमा फूलेपनि सुन्दर देखिन्छ कमल

म फुलेपछी नै बनको सौभाग्य खुल्छ

म वनफूल शीर्फ वनफूल !

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृष्णभीरमा डाइभर्सन बनाउँदै गर्दा माथिल्लो भिरमा पहिरोको जोखिम

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अझै अवरुद्ध

सम्बन्धित

चलचित्र ‘बेहुली’को ट्रेलरमा के छ ?

‘बेहुली’को ट्रेलर सार्वजनिक, बाढी प्रभावितका लागि कमाइको ५ प्रतिशत दिने घोषणा

वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई मदन पुरस्कार

रोकिएको तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक

डंकी सपनाको बाटो : सपनाको देशतिर जाने यात्राको उज्यालो र अँध्यारो

जब समयको चोटले मुटु फलाम हुन्छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu