बागलुङको समृद्ध परिवारकी हुन् रुमी ।व्यवसायी तथा समाजसेवी बुबा रघुनाथ राजभण्डारी आमा रेनु राजभण्डारीको जेठी छोरीको रुमीले असल संस्कार , अनुशासन र मेहनत गर्ने परम्परा पाइन । विस २०४३ सालमा बागलुङ बजारको किनारा टोलमा जन्मिएकी रुमीले संघर्षको धेरै खड्किला पार गर्दै आएकी छिन ।
त्यहीँबाट सुरु भएको विद्यालयशिक्षा पोखरा हुँदै काठमाडौं आएर पूरा गरिन् । व्यवस्थापन अध्ययनमा लागेकी उनी बिबिए भर्ना हुँदासम्म योजनाबिनै अघि बढिन् । त्यसपछि एक्कासि उनलाई ब्याचलर इन सोसल वर्क (बिएसडब्लु) विषय पढ्ने सुझाव आयो । सुरु गरिहालिन् । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत राजधानीको एक कलेजबाट बिएसडब्लुमा स्नातक गरिन् । अहिले अध्ययनले भन्दा कर्मले खारिएकी छन् । समाजसेवीको परिचय बनाउँदै छिन् रुमी ।
सामाजिक सेवाको काम गर्ने सोच कसरी आयो ?
मैले स्नातकमा सोसल वर्क (बीएसडब्लू) पढें । पहिला होस्टलमा बसेकोले समाजमा यस्तो पनि घटना घट्छ भन्ने केही थाहा थिएन । कलेजमा इन्टर्न गर्दा तीन महिनादेखि एक वर्षसम्म ठाउँ–ठाउँमा जानुपथ्र्यो । फस्र्ट मै जेलमा जान प¥यो । जसरी पढाएको थियो त्यो इम्प्लिमेन्ट गर्दा मैले विभिन्न मान्छेहरु ड्रग्स खानेदेखि एचआईभी लागेको पनि केशहरु हेरे । कलेजको विषयले धेरै ब्याकअप् ग¥यो । मेरो बुवाको बाग्लुङमा पसल थियो, त्यहाँ उहाँको साथीहरुले नभएको ठाउँमा चर्पीहरु बनाइदिन्थे । सामाजिक सेवा भन्ने शब्द त्यही देखि मन परेको थियो ।
एसिड र अग्निपिडितहरु कुन–कुन अवस्थामा भेटिन्छन् ? महिला बढी किन ?
अग्निहिंसा र एसिडपिडित नेपालमा महिला बढी छन् । मिडियाको श्रोत, अस्पतालबाट उपचारको लागि सहयोग चाहियो भन्ने फोन आउछ । अनि हामीले उपचार र काउन्सिल र तालिम पनि प्रदान गर्दै आएका छौं । पहिला त मिडियाले कभर पनि गरेको थिएन । दाइजो नदिएर, छोरा जन्माउन सकेन भनेर, बोक्सी आरोप, अन्तरजातिय विवाह लगायत पुरुषको प्रेम प्रस्ताव अस्वीकार गर्दा पनि धेरै एसिड प्रहार भएको छ । प्रस्ताव ‘नो’ भन्ने, मेरो नभए अरु कसैको पनि हुन दिन्नँ भनेर छ । पुरुषको त एक, दुईटा केश छ ।
म युगान्डा जादा चाहि“ त्यहा“ ४९ प्रतिशत महिलाले र ५१ प्रतिशत पुरुषले एसिड फाल्दा रहेछन् । २००९ मा पनि मैले काम गरें, त्यो बेला वर्षमा एउटा, दुइटा एसिड केश आउथ्यो । नेपालमा कुनै तथ्यांक पनि छैन । एकचोटी संगीताको केश वसन्तपुरमा आएपछि शहरमा पनि यस्तो केश हुन्छ भन्ने भयो । गाउँमा मट्टितेल हालेर आफ्नै श्रीमान, सासु, ससुरा, जेठानले आगो लाउछ तर, पानी हालेर आफैं अस्पताल पु¥याृछन् र खाना पकाउदा सारी जल्यो भन्ने झुठा केश फाइल हुन्छ । जसले गर्दा, दोषीलाई कारबाही हुन कठिन हुन्छ । कानुन फितलो छ, आर्थिक स्थिती र परिवारले उनैै पिडित महिलालाई दबाब दिइन्छ ।
तर, हाम्रो संस्थामा आउने दिदीबहिनीले सुरुमा ढाँटेपनि २, ३ महिना, कसैले ४, ५ महिनापछि मलाई श्रीमानले जलाएको, सासु, ससुराले जलाएको खुलाउनुहुन्छ ।माइतीबाट पनि सपोर्ट छैन, माइतीमा बस्यो भने इज्जत जान्छ भनेर अलिअलि कुटपिट त भइहाल्छ नि भनेपछि सहनुपर्छ भनेपछि फेरी त्यही श्रीमानसँग बस्न जान बाध्य हुन्छ । परिवर्तन त भइरहेको छ तर, अवेरनेस छैन ।
यस्तो कति वर्षको उमेर समूहका महिलाहरु छन् ?
१६ देखि ३४ वर्षसम्मको हुनुहुन्छ । गाउँमा सानो उमेरमा विवाह हुन्छ । तराइमा दाइजो नदिए आगो लाइदिने । खान त गाह्रो हुने परिवारले मोटरसाइकल कसरी दिने ? शहरमा चाहिँ केटाहरुले आफू विवाह भएको नभन्ने, जातमा नमिलेर झगडा हुने । पहिला मुख छाड्ने, अनि कुटपिट गर्ने र अन्तिम रुप चाहि मट्टितेल छर्केर जलाइदियो ।
म सँग एकदमै एसिड पिडित एकल महिलाहरु हुनुहुन्छ । कसैले फाइल बीचमै छोडेर म परिवारमा मिलेर बस्छु, परिवारले इज्जत गयो भन्छन् । कमै केशले मात्र न्याय पाएको छ ।सुरुमा मलाई एकदम गाह्रो भयो । कहिल्यै हिंसा नदेखेको म एक, दुई महिना ट्रमाटाइज भएँ । त्यहाँको महिलाहरु लाचार र वेबारिसे देखेर म जस्तो मान्छेले केही गर्नुपर्छ भन्ने फिल भयो । पहिला बाँििच्दन भन्नेले, म काम गर्न सकूँला र भन्नेले काम गर्नुुभाछ ।
अग्निपिडित र एसिडपिडितका २२ जना बच्चाहरु पढाइराछौं । आमा काममा भएपछि बच्चको बिजोग हुने भयो । कतिले कमाउन थालेपछि चाहिँ श्रीमानले मिलेर बसौं भन्दा रहेछन् । परिवारले पनि माया गर्न थाल्ने रहेछ । यो चाहिँ मेरो सफलता हो ।
तपाई पनि विवाहित मान्छे, विवाह अघि र पछि छोरी मान्छेको जीवनमा के फरक आउँछ ?
भाग्यवश मेरो त्यस्तो छैन । मेरो लभ म्यारिज् । एउटा घरबाट अर्को घर सरेको जस्तो लागेको छ । सासु, ससुरा बुझ्ने हुनुुहुन्छ । मैले जे काम गरिरहेको छु, सासु सबैलाई सुनाउँछु । आफ्नो आमा, श्रीमानलाई साथी जस्तै हरेक कुरा भन्नुप¥यो । आहा कस्तो राम्रो काम गरेको भन्नुहुन्छ । आफूमा पनि डिपेन्ड पर्छ ।
म दुईटा बच्चाको आमा हो, परवारको सपोर्टले फेमिली बढेजस्तो लाग्छ । श्रीमानको मायाले झन् धेरै सपोर्ट गर्छ ।सन् २०१८ मा अस्तित्व नेपाल संस्था खोल्नुभन्दा अघि पनि मैले बर्न भ्वाइलेन्समा काम गर्थे । गर्भवती भएपछि त्यो जागिर छोड्नुप¥यो । पहिला गुमाएको अस्तित्व मेटेपछि पन िनयाँ अस्तित्व आउछ भन्ने सन्देश स्वरुप यो संस्थाको नाम राखिएको हो ।
अहिले कोही एयररिङ बनाउने, कोही पेन्टिङ गर्ने कामबाट इम्पावर भाछ । फिजिकल फिटका लागि मेन्टल्ली फिट हुन आवश्यक छ । काउन्सेलिङबाट साइकोलोजिकल्ली ट्रिटमेन्ट पनि दिन्छौं ।म त चाहन्छु कि, यो संस्था नै बन्द हुने गरी हिंसा हटोस् । शहरमा हिंसामा पर्नेले रामे अस्पताल लानुहुन्छ । तर, पैसा हुने र शहर बजारमा पनि हिंसा त छ । म मेरो २ टा बच्चलाई पनि अहिलेदेखि सामाजिक कामको अनुभव दिलाउन चाहन्छु । बसमा अग्निपिडितहरुसँग बच्चबच्ची तर्र्सिने गर्छन् । तपाइ मेरो बच्चको छेऊमा नबस्नुस् भनेर झनै विभेद गर्छौ । त्यसैले सानो पहलबाट कसैको जीवन बच्छ भने त्यो संस्कारको सुरुवात घरैबाट पनि जरुरी छ । मेरो परिवारसँगै यो संस्थालाई अगाडि बढाउने सपना छ ।
प्रतिक्रिया दिनुहोस्