तिमी जब मेरो जीवनमा आयौ
हृदयमा प्रेमको झन्कार जगायौ
तिमी अाउनलाई यसरी अायाै
जसरी हाँगाहाँगामा
हरियाली लिएर अाउँछ वसन्त
प्रीतिकाे सुवास बोकेर अाउँछन् फूलहरु
जीवनकाे नवीन अाँकुरा लिएर अाउँछ रिमझिम वर्षात्
तिमी अाएपछि नै हाे
मेरो भेट मसँग भएको
मेरो हिमाल मेरै आँखाहरूमा मुस्कुराएको
मेरो घाम मेरै निधारमा उदाएको
मेरो गुराँस मेरै गालाहरूमा फुलेको ।
तिमी आएपछि सिकेकी हुँ खुसीकाे कखरा
लेख्न थालेकी हुँ बालुवाको सिलोटमा संघर्षका कथा
अनि; पढ्न थालेकी हुँ पवित्र प्रेमकाे बाह्रखरी !
तिम्रा अाँखामा ऐना हेरेपछि
मैले देखेकी हुँ
अाँसुकाे अक्षरमा पनि मुस्कुराउने जीवन
दु:खको गीतमा पनि छङछङाउने झरना
शीतको चिस्यानमा पनि मगमगाउने माटोको महक ।
तर
जसरी बगेको खाेला कहिले फर्किदैन
जसरी बितेको समय कहिले फिर्ता हुँदैन
अनि जसरी गएको लाेभलाग्दाे बैँस
कहिल्यैे फर्केर अाउँदैन
ठीक त्यसैगरी गयाै तिमी मबाट
जसरी मान्छे पनि यो संसारबाट जाँदैन ।
मगमगाउने फूल थिएँ म पारीजातको
तिमी हावाको बेग बनेर आयौ
मेरा जीवनका सपना फुलायौ,
अनि फुलेको सपनाका थुँगाहरूमाथि
गहिरा कलेजी यादहरू छोडी गयौ ।
तिमी अाँखाबाट अनायास खसेकाे
अाँसुकाे ढिका भएर गयाै
अमूल्य थियौ तर फिकाफिका भएर गयौ
जब तिमी गयौ मबाट
मेरो जीवनको पहाडमा पहिराे गयाे
मेरा रहरका फाँटहरूमा धाँजा फाट्यो
मेरो यात्राको नीलो आकाशबाट
सधैंको लागि एउटा घाम अस्तायो ।
तिम्रै सम्झनामा हजारौंको बिचमा एक्लै छु आज
तिमी आउँदा ‘असार’ बनें म
तिमीसितै जीवनको ‘साउन’ बगें म
भोलि तिमीसितै ‘तारा’ भएर बाँच्न चाहन्छु ।
उ: त्यो आकाशमा चमचम गर्दै
अन्धकार धर्तिमा पिलपिलाउने
प्रेमको दुईटा ताराझैँ अमर हुन चाहन्छु म
तिम्रै मधुर सम्झनासँगै; तिम्रै प्रेमको शितल छायासँगै ।
तिमीले उ: त्यो शिखरमा फरफराइरहेको
रातो झन्डा देख्यौ?
त्यही झन्डामा टल्किरहेको
एउटा घाम तिमी हौ; अर्को जून म हुँ ।
प्रतिक्रिया दिनुहोस्