ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेलमा लेखेको महाकाव्य लुटियो, नत्र म पनि साहित्यकार हुने थिएँ : केपी ओली (फोटो फिचर समेत)


एबीसी / संवाददाता
८ पुस २०७९, शुक्रबार   ६ : ३०   बजे

पोखरा ८ पुस । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेलमा बन्दी जीवन बिताउँदा चुरोटको खोलमा कविता लेख्ने गरेको र पछि महाकाव्य नै लेखेको भएपनि त्यो लुटिएको बताएका छन् । पोखरामा जारी साहित्य महोत्सवमा शुक्रबार ‘राजनीति बाहिर जीवन’ सत्रमा बोल्दै ओलीले भने भने, “गोलघरमा छँदा कागज भेट्टाउँदा पनि आफन्त भेटिएझैँ लाग्थ्यो ।”

विसं २०४१ तिर राजनीतिक बन्दीका रूपमा पोखरा जेलमा रहँदा ओलीले लेखेको कविता ‘खर्पन’ केही वर्षअघि चर्चामा आएको थियो। ‘जेलअघि खर्पनमा सागसब्जी बोकेर आइरेको मानिस देखेपछि म आफूलाई उनी सम्झेर त्यो कविता लेखेको हुँ’, ओलीले भने, ‘जहाँ कविता लेख्यो त्यहीँ छोडेर हिँड्नुपर्दा कुनै रचना हराए, कुनै लुटिए।’

भूमिगत कालमा लेख, रचना साथमा बोकेर हिँड्ने स्थिति नहुँदा उचित ढङ्गले सङ्ग्रह हुन नसकेको उनको भनाइ छ। ओलीले बन्दी अवस्थामै १६ खण्ड लेखिसकिएको महाकाव्यपछि जेलबाटै गुमनाम पारिएको बताए।अर्कैले फ्याँकेको चुरोटको खोल र खिइएर सकिन लागेको सिसाकलमको सहारामा कविता लेखेर जेलभित्रै सुनाउने गरेको ओलीले स्मरण गराए । अन्यायमा परेका जेलरकै विषयमा कविता लेखेपछि उनैले कापी र कलमको जोहो गरिदिएको उनले सुनाए ।


विसं २०४१ तिर राजनीतिक बन्दीका रूपमा पोखरा जेलमा रहँदा ओलीले लेखेको कविता ‘खर्पन’ केही वर्षअघि चर्चामा आएको थियो । “जेलअघि खर्पनमा सागसब्जी बोकेर आइरेको मानिस देखेपछि म आफूलाई उनी सम्झेर त्यो कविता लेखेको हुँ”, ओलीले भने, “जहाँ कविता लेख्यो त्यहीँ छोडेर हिँड्नुपर्दा कुनै रचना हराए, कुनै लुटिए ।”भूमिगत कालमा लेख, रचना साथमा बोकेर हिँड्ने स्थिति नहुँदा उचित ढङ्गले सङ्ग्रह हुन नसकेको उनको भनाइ छ । ओलीले बन्दी अवस्थामै १६ खण्ड लेखिसकिएको महाकाव्य पछि जेलबाटै गुमनाम पारिएको बताए । “सानैमा आमा गुमाउँदाको शोकलाई महाकाव्यको रूप दिन खोजिरहेको थिएँ, कृतिको नाम पनि आमा नै राख्ने सोच थियो, तर त्यसलाई पूरा गर्न सकिनँ, पछि त्यो यसै हरायो”, उनले भने, “जेलमा छँदाका फुर्सदिला दिनमा कविता, गीत, निबन्ध इत्यादि लेख्थेँ ।”

उनले कला, साहित्य, सङ्गीत, चित्रकारिता, खेललगायत विधामा आफ्नो सानैदेखिको रुचि रहेको उल्लेख गरे । बन्दी जीवनमै सबैभन्दा बढी अध्ययन र लेखनमा बिताएको ओलीले बताए । उनले गोलघरमा रहेको पुस्तकालयका सबै पुस्तक एक वर्षमा पढेर सिध्याएको बताए ।

पढ्नु भनेको थाहा पाउनु र लेख्नु भनेको ज्ञानलाई सङ्गठित गर्नु हो भन्ने मान्यता राख्ने ओलीले साहित्यलाई बैँसको रहरका रूपमा लिए त्यो गलत हुने बताए । उमेरमा जो कोही कम्युनिष्ट र कवि बन्छन् भन्ने गरिन्छ नि रु भन्ने पत्रकार भण्डारीको जिज्ञासामा ओलीले उक्त भाष्य गलत भएको धारणा राखे ।

“काव्यमा व्यक्त हुने भावना र रसमा परिवर्तन आउन सक्छ तर कुनै उमेरको प्रभावले कला, साहित्यको मूल्य तलमाथि हुन सक्दैन”, उनले भने । फरक प्रसङ्गमा ओलीले आफू सत्यवादी भएको बताए । “निकम्मा भाग्यवादमा म विश्वास राख्दिन, म सत्यको पक्षपाती हुँ, सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने मेरो जीवनको आदर्श र मन्त्र हो”, उनले भने ।

ओलीले नेपालमा जन्मन पाएकामा भने आफूलाई सधैँ भाग्यमानी ठान्ने गरेको बताए । उनले राजनीतिबाहेक जीवनका अनेक पक्षबारे आफ्ना अनुभव र भोगाइ सुनाए । राजनीतिज्ञ मात्रै नभएर एउटा आम मानिसका रूपमा बाँचेको जीवनका अन्तरकुन्तर विषयलाई उनले रमाइलो शैलीमा अभिव्यक्त गरे ।

मेसीका फ्यान 

साहित्य महोत्सवमा ओलीले यसपटकको विश्व कप हेर्दाको रोचक किस्सा समेत सुनाए । यो पटकको विश्वकपमा आफूले अर्जेन्टिनालाई समर्थन गरेको बताए।

‘हो, यस पटक मैले अर्जेन्टिनालाई समर्थन गरेको थिएँ, अर्जेन्टिनालाई मैले तटस्थ समर्थन गरेको हो। फाइनल भिडन्त बहुतै रोचक भयोु’, उनले भने, ‘मैले फाइनल खेल पूरै हेरेँ। राति भएकाले खेल हेर्न मलाई समस्या भएन। अरु काम पनि नहुने भएकाले ढुक्कसँग फाइनल हेरेँ।’

उनले फाइनल हेरिरहँदा आफूले उठेर हुटिङ गरेको बताए। ‘मैले अर्जेन्टिनाको समर्थनमा उठेर कराएँ। तर मैले यहाँबाट कराएको कसैले सुन्ने त थिएनन्। खेलाडीले पनि सुन्दैन थिए’, उनले भने, ‘तर खेलसँगै बग्दै गएपछि एउटा जोश आउँदो रहेछ। त्यही जोशले मैले उठेर हुटिङ पनि गरेँ।’

उनले आफू पौडी, टेबल टेनिस, क्यारमबोर्ड, स्नुकरसहितका खेल राम्ररी खेल्ने बताए। पोखरामा जारी नेपाल साहित्य सम्मेलनको क्रममा कुन खेलमा विज्ञता छ भन्ने प्रश्नको उत्तर दिने क्रममा उनले भने,‘विज्ञता केलाई भन्नेरु फुटबल, भलिबल, टिटी, क्यारेमबोर्ड खेल्छु। नजान्ने पाएँ भने हराउँछु।’

उनले आफूमा विभिन्न खेल कौशल रहेको पनि बताए।’ हो, म केही खेल खेल्ने क्षमता राख्छु। विश्वकप हेर्दा पनि अहिले नै मैदान छिरुँ जस्तो जोश आउँथ्यो, उनले भने, म खेलाडी त हो तर त्यस्तो जान्ने होइन, मभन्दा नजान्ने खेलाडी आए भने हराउन सक्छु।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

सम्बन्धित

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group