भाग्यमानी म
शिशिर योगीजीले गाउनुभएको गीत मैले अप्रेसन गरिसकेपछि होस खुलेर बेडमा हुँदा, उठ्न नसक्ने, केही गर्न नसक्ने केही गर्न डाक्टरले दिँदैन । म बेडमा सुतेको वेला रचना गरेको हो ।
भाग्यमानीको दुई अर्थ हुन्छन् । एउटा भगवानले बनाइदिएको, कमाइदिएको भन्ने । अर्को चाहिँ आफ्नो कमाइ, मेहनत, परिश्रमले होइन, स्वतः आइलागेको कुरालाई भाग्यको कुरा भन्छौं । भगवानले गर्छ गराउँछ भन्ने कुराका राम्रा नराम्रा पक्ष छन् । विश्वासका पक्ष छन् ।
जर्मनीमा १९ औं शताब्दीमा ईश्वरले तोकेका आधारमा जेसुकै हुन्छ भन्थे । हेगेल जस्तो विद्वान थिए, जे गर्छन्, ईश्वरले गर्छन् भन्थे । पढेर पास हुने होइन, भगवानको इच्छाले पास हुने हो । मेहनत गरेर होइन, भगवानको इच्छाले हुने हो । भाग्यवादी, ईश्वरवादी लहर नै चलेको थियो । जर्मनहरु दृढताका साथ काम गर्दैन थिए । सबै बिग्रिएका कामहरु, अल्छी हुने, सफल नहुँदा भगवानलाई अपजस लगाउने । त्यसवेला बर्लिन विश्वविद्यालयमा नित्से भन्ने विान प्रोफेसर हुनुहुन्थ्यो ।
जर्मन १६ टुक्रामा बाँडिएको छ । यत्रा देशहरुले जर्मनीलाई टुक्राटुक्रा परेका छन् के गर्ने ? पछाडि परेको छ जर्मनी । जनता निराश छन् । आशावादी छैनन् । यस्तो अवस्थामा नित्सेले सानो कठपुतली बनाए । डण्डा लिएर विश्वविद्यालयबाट बाहिर निस्किए ।
प्रोफेसरको हातमा कलम हुनुपर्ने ठाउँमा डण्डा लिएर निस्किएका छन् । किताब हुनुपर्ने ठाउँमा परालको कठपुतली बनाएर हिँडेका छन् । ऊ सरासर चौबाटोमा पुग्यो । सर कता हिँड्नुभएको भनेर विद्यार्थीले सोध्छन्, एक शब्द फर्काएका छैनन् । चौबाटोमा उनले सबै मान्छे वरिपरि जम्मा गरेपछि कठपुतलीलाई कराएर भूईंमा पछारे । र भने, ‘आज म भगवानको हत्या गर्दैछु ।’ उनले पछारेर, लाठीले हानेर कठपुतलीलाई ध्वस्त बनाए ।
अनि विद्यार्थीलाई सोधे, ‘देख्यौ ? तिमीहरुको भगवान मारिदिएँ ?’
‘आई किल्ड द गड’
‘भगवान छैन तिमीहरुको । भगवानले गर्दिन्छ भन्थ्यौ, त्यो छैन । अब १६ टुक्रा भएको जर्मनीलाई कसले एकीकृत बनाउँछ ? अब पछाडि परेको जर्मनीलाई कसले अगाडि बढाउँछ ? आत्मविश्वास गुमाएको जर्मनीलाई कसले जगाउँछ ? स्वाभीमान कमजोर बनाएको जर्मनीलाई कसले फेरि उठाउँछ ?’
हाम्रो खलक अलि अल्पायु, अल्पायु छ । स्वास्थ्य त्यति राम्रो छैन । हजुरआमा पनि १०१ वर्षमा बितिहाल्नुभो । हजुरबा पनि झण्डै सय वर्ष पुग्दानपुग्दा बित्नुभो । हेर्दाहेर्दै मेरो बुवा पनि बूढो बूढो देखिन थालिसक्नुभो भन्याथें ।
उसको विद्यार्थीमध्ये विस्मार्क भन्ने युवा थिए । उसले एक कदम अगाडि सरेर भन्यो, ‘जर्मनीलाई अगाडि म बढाउँछु, एकीकरण गर्छु । तसर्थ चिन्ता नलिनुस् गुरु, म गर्छु ।’
त्यही विस्मार्क भन्ने जर्मनीको चान्सलर भए । जसलाई आइरनम्यान भनियो । आइरनन्यान अफ जर्मनी । संसारले आइरनम्यान भन्यो ।
मैले भाग्यमानी भनेको हेगेलले भनेको भाग्यवाद होइन, मैले गीतको त्यो दुई लाइनमै भनेको छु, ‘छानेर नि होइन, होइन रोजीरोजी, तर जन्मे नेपालमै कस्तो भाग्यमानी ।’
मैले भाग्यमानी भनेको मेरो परिश्रमविना, मेहनतविना, निकम्मा भाग्यवादमा विश्वास गरेर होइन । मेरो देशमा किड्नी ट्रान्सप्लान्ट जस्तो सर्जरीहरु पनि भएका छन् । त्यतिखेर म प्रधानमन्त्री थिएँ । प्रधानमन्त्रीजस्तो मान्छेले सेवासुविधा खोज्दै अन्त जानु परेन । मैले भरोसा गरें, आफ्नो देशलाई, डाक्टर, नर्सलाई र म सफल भएको छु ।
वास्तवमा यो देशले विकास गर्न सक्छ । यो देशमा जन्मिनु भनेको मेरो मेहनत होइन । मैले छानेर, रोजेर जन्मेको होइन । तर, यस देशमा जन्मिनु, यो शिवभूमि, बुद्धभूमि, व्यासभूमि, वीरहरुको भूमिमा जन्मिनु असाध्यै भाग्यमानी हो भनेर लेखेको हो ।
शसक्तता मनको
त्यतिवेला प्रधानमन्त्री थिएँ । सरकारले मेरो उपचार खर्च व्यहोर्थ्यो । बाहिर जाँदा त ५० लाख सामान्य खर्च थियो । तर, नेपालमै त्यो सुविधा, उत्कृष्टता हामीले प्राप्त गरेका छौं । नेपालमै डाक्टरहरु त्यो क्षमता राख्नुहुन्छ । नेपालमै त्यो प्रविधि, उपकरण, अभ्यास र ज्ञान सबै चिज छ । त्यो सबै हामीसँगै छ भने पद ओहोदाको कारण महँगो पैसा तिर्न बाहिर जानु पर्दैन, यहीँ गर्न सक्छौं भनें । तर, फेसनको रुपमा टाउको दुख्यो कि विदेश कुद्ने गर्नु पर्दैन । जे कुरा यहाँ हुन सक्दैन, सक्नेले बाहिर गएर पनि उपचार गर्न सकियो ।
मैले त्यसवेला डाक्टरहरुलाई सोधेको थिएँ, ‘तपाईंहरु सक्नुहुन्छ ?
‘सक्छौं ।’
मैले यही भन्न खोजेको थिएँ, ‘तपाईंहरु सक्नुहुन्छ । प्रत्यारोपण गरिरहनुभएको छ भने मेरोमात्रै गर्न नसक्ने होइन । तपाईंहरु सक्नुहुन्छ, त्यसकारण तपाईंहरु गर्नुस् ।’
उहाँहरुले सफलतापूर्वक गर्नुभयो, उहाँहरुलाई धन्यवाद । स्वास्थ क्षेत्रमा गरेका प्रगति हासिल गरेका छौं । यद्यपि पर्याप्त छैन ।
म दुईवटा मृगौला प्रत्यारोपन गर्दा, पाँच सातवटा अप्रेसन गर्दा पनि अशक्त भइनँ । तर, हरेक कुरामा शशक्त छु भनेर पनि भन्दिनँ । किनभने शसक्तता मनको, भावनाको कुरा हो । मैले भावनाको कुरा गरेँ, त्यो भावना गलत छैन, सही छ ।
बालेन शाहलाई नफुट्ने तबला उपहार
मलाई के जानकारी थियो भने काठमाडौंका मेयर बालेन शाह अर्थात् बालेन्द्र शाह तबला बजाउने गर्नुहुन्छ र उहाँको माटाको तबला थियो । ठाउँ सार्दा फुट्यो । उहाँसँग तबला थिएन । मसँग मेटल तबला थियो । बलियो थियो । सार्दा पनि नफुट्ने खालको थियो । त्यसकारण मैले अलि बलियो तबला, यो लगेर यताउता सार्दावर्दा फुट्दैन है लैजाऊ भनेर गिफ्ट दिएको हो ।
राजनीति गर्ने मान्छेले खानु पर्दैन ?
सिंगो जीवनको कुरा गर्दा म बच्चा थिएँ । किशोर, युवा, अधबैंसे हुँदै गएँ । अहिले अधबैंसे-अधबैसे नै छु भन्नुपर्यो । बाँचिरहे बूढो हुनु पनि अनिवार्य नै छ । मैले पोहोरपरार बिरामी भएपछि चिन्ता लिएका साथीहरुलाई भनें, ‘हाम्रो खलक अलि अल्पायु, अल्पायु छ । स्वास्थ्य त्यति राम्रो छैन । हजुरआमा पनि १०१ वर्षमा बितिहाल्नुभो । हजुरबा पनि झण्डै सय वर्ष पुग्दानपुग्दा बित्नुभो । हेर्दाहेर्दै मेरो बुवा पनि बूढो बूढो देखिन थालिसक्नुभो भन्याथें ।’
खाना नै मैले कति कति वर्षसम्म बनाएको छु । आफैं चामल केलाएको छु । मलाई छिन्कन, निफन्न, सार्न सबै आउँछ । सायद कतिपयले बुझ्नुहुन्न होला, यो छिन्किने, निफन्ने भनेको के हो !
मेरो बुवा दुईचार किलोमिटर वरवर हिँड्नुहुन्छ । मेरोभन्दा उहाँको स्वास्थ्य राम्रो छ । न सुगर न त डायबिटिज । खानेकुरा बार्नुहुन्न । अस्वस्थ कुरा खानुहुन्छ । तर, बुवा अलिअलि बुढो हुनुभएको छ ।
जीवन भनेको एउटामात्रै उमेर होइन नि ! म युवा हुँदाको, बालक हुँदाको, किशोर हुँदाको पनि जीवन हो । त्यसैले जीवनका रङहरु पनि विभिन्न प्रकारका हुन्छन् । जीवनका रसहरु पनि विभिन्न प्रकारका हुन्छन् । क्यानभासका रङ जस्तै अथवा साहित्यका रसहरु जस्तै वा संगीतका सुर तालहरु जस्तै विविधता हुन्छ जिन्दगीमा । त्यसो भएर राजनीति गर्ने भनेपछि खेतमा धान फलाउने, सुन्तला फलाउने कुरा हो कि होइन ? उद्योग स्थापना गर्ने कुरा हो कि होइन ? ऐतिहासिक धरोहर जोगाउने कुरा हो कि होइन ? चुल्हो बाल्ने हो कि होइन ?
अस्ति यसो कुरो आएको थियो, साग केलाएको । खाना नै मैले कति कति वर्षसम्म बनाएको छु । आफैं चामल केलाएको छु । मलाई छिन्कन, निफन्न, सार्न सबै आउँछ । सायद कतिपयले बुझ्नुहुन्न होला, यो छिन्किने, निफन्ने भनेको के हो !
राजनीति गर्ने मान्छेले खानु पर्दैन ? खानुपर्छ भने के खाने, के नखाने ? साग खानुपर्दैन ? साग खाने भए केलाउनु पर्दैन ? भ्याएसम्म, सकेसम्म रमाउनु पर्दैन ? संसारमा केही दुःखी मान्छे हुन्छन्, जो कहिल्यै मुस्कुराउँदैनन् । जहिल्यै अँध्यारो मुख लगाएर बस्छ । कहिल्यै प्रशन्न चित्त हुँदैन । मानिलिउँ यो संसार उसैले मात्रै बोकेको छ । संसारको पीर चिन्ता उसैलाई मात्रै छ भनेर एकदमै दुःखित भएर बस्छ ।
आफ्नो भागको पीर, आफ्नो भागको चिन्ता र आफ्नो भागको काम । हामीले काम पनि आफ्नो भागको गर्ने हो । कर्तव्य आफ्नो भागको पूरा गर्ने हो । मैले जे काम गर्नुपर्छ, त्यो मैले कामचोर नभई नठगीकन आफ्नो भागको गर्नुपर्छ । मैले प्रशन्न चित्तको हुुनुपर्छ । देउसी खेल्ने ठाउँ भेटियो भने देउसी खेल्ने ठाउँमा धुम्धुम्ती भएर बस्ने ? त्यहाँ त देउसी रे गाउने, नाच्ने हो । त्यसकारण यसलाई राजनीति गर्ने मान्छेले देउसी कसरी खेल्यो ? राजनीति गर्ने मान्छे फुटबल, क्यारम, टीटी कसरी खेल्छ ? राजनीति गर्ने मान्छे गाईंभैंसी कसरी हेर्छ ? राजनीति गर्ने मान्छे चित्र कसरी बनाउँछ ? भन्न आवश्यक छैन ।
सानो ठाउँबाट सानै सपनासँग
म दुर्गम गाउँमा जन्मेको हो । मेरो गाउँमा भर्खर बाटो, बिजुली पुग्यो । दुवै दुईचार वर्षमात्रै भयो । अझै पक्की भइसकेको छैन बाटो चाहिं । विद्यालय पुगेको धेरै पहिला हो । राणाशासनको अन्त्यपछि तुरुन्त पुग्यो । शिक्षा होइन, विकासका अरु मापदण्डमा पछाडि परेको थियो ।
गाउँमा सपना देखिन्थ्यो । तर, ठूला सपना देखिँदैन थियो । हाम्रो चलन के थियो भने एक मानाको बन्दोबस्त छ कि छैन भनिन्थ्यो । कसैलाई छोरी दिनुपर्दा एक मानाको बन्दोदस्त छ कि छैन भनेर सोधिन्थ्यो । एक मानाको बन्दोबस्त भनेको पेटको समस्या समाधान होला ।
धेरै ठूला सपनाहरु थिएनन् । मैले अलि ठूलो भइञ्जेलसम्म साना, ठूला काम बुझ्दैन थिएँ । सफा थालमा खानुपर्छ भने थाल त माझ्नुपर्छ । सफा थालमा खाने काम ठूलो, माझ्ने काम सानो भन्ने थिएन । आमा पनि बित्नुभएको थियो । त्यही भएर होला, थुप्रो कामहरु गरें ।
मलाई गाउँघरमा बत्ती काट्नेदेखि टपरी, दुना बनाउनेदेखि गुन्द्रीको हत्यौरी बाट्ने, तान लगाउने, बुन्नेदेखि लिएर पराल, खोसेलाका पिर्का बनाउन आउँछ । यहाँ पोखरा जेलमा बस्दा कपडा बुन्न सिकेको थिएँ । मन परेका दिदीबहिनीहरुलाई साडी बनाइदिएर बाहिर पठाइदिन्थें । आफैंले लाउने कुरा पनि बुन्थें । मलाई कमिज सुरुवाल काट्न, बनाउन आउँछ । आफैं काट्थें, आफैं सिउँथें । जेलमा बस्दा आफैंले लाउने लुगा सिउँथें ।धेरै ठूला सपनाहरु थिएनन् । मैले अलि ठूलो भइन्जेलसम्म साना, ठूला काम बुझ्दैन थिएँ । सफा थालमा खानुपर्छ भने थाल त माझ्नुपर्छ । सफा थालमा खाने काम ठूलो, माझ्ने काम सानो भन्ने थिएन । आमा पनि बित्नुभएको थियो । त्यही भएर हो
ला, थुप्रो कामहरु गरें ।
अहिले पनि खाना बनाउन अलि बढ्तै समय लाग्छ । त्यसकारण साथीहरुसँग जेलमा बस्दा पनि काम बाँड्दा साथीहरु खाना बनाउँथे, म भाँडा माझ्ने काम रोज्थें । त्यसकारण फुर्सद हुनासाथ जहाँ पनि जे काम गर्न सक्छु । खोला देख्न हुन्न थियो, पौडी खेलिहाल्थें । मैले घरगृहस्थीमा आफूलाई चाहिने काम सबै गरेको हो । हवाईजहाजको पाइलट हुन सकिनँ, चलाउन जानेको छैन ।
ठिटै हुँदाखेरि गाउँमा त्यसवेला जेएमसी भन्ने दोस्रो विश्वयुद्धको बूढो ट्रक पाइन्थ्यो । ह्याण्डलबाट घ्याँघ्याँ घुमाएर स्टार्ट गर्नपर्थ्याे । मैले २०२६ सालमा ड्राइभिङ सिकेको हुँ । २०२० सालमा साइकल चलाएँ । मान्छेहरु बिग्रन्छ भन्थे । आफ्नो थिएन, अर्कोको कुदाइन्थ्यो । तर, बिग्रिहाल्ने चाहिं होइन रहेछ ।
‘खर्पन’ शीर्षकको कविता
म पोखरा जेलमा थिएँ । पोखरा जेलको गेटमा एकजना मान्छे सागसब्जी खर्पनमा राखेर गेटमा आए । मैले उनलाई देखें । उनी भएर मैले यो कविता लेखें । म त जेलभित्र थिएँ । बन्दी थिएँ । मै भएर यो कविता लेख्न सक्दिन थिएँ । मैले खर्पन बोक्नेमा आफूलाई परिणत गर्नु थियो ।
कविता लेख्नुअघि खर्पन बोकेको मान्छेको सरर स्केच बनाएँ । अनि कविता लेखें । बानी के छ भने भूमिगत कालमा लेखिएका निबन्ध, कथा, कविता जहाँ लेख्यो त्यही छाड्थें । बोकेर हिँड्न मिल्दैनथ्यो ।
अहिले भर्खर माननीय हुनुभएको छ केआर खम्बुजी । जो २०२६/०२७ सालका आन्दोलनकारी हुनुहुन्थ्यो । टीयुको २०३८ सालसम्म सम्पर्क सूत्र हुनुहुन्थ्यो । पछि जर्मनीबाट पीएचडी गर्नुभो । उहाँसँग लामो संगत भएको थियो । उहाँले नै मलाई विराटनगर आउँदा त्यही कलेज पढ्ने माधव नेपालसँग परिचय गराउनुभएको थियो । त्यसको आफ्नो च्याप्टर छ ।
उहाँसँग पनि मेरो कविता छुटेका रहेछन् । अरुतिर पनि छुटेका रहेछन् । उहाँको संस्मरण पछि निस्कियो, ‘छायाँका लश्करहरु’ । उहाँले पीएचडी गरिसकेपछि क्याम्पस पढाउँदै हुनुहुन्थ्यो, दुवै आँखाको ज्योति गएपछि पूर्ण रुपले ज्योतिविहीन हुनुभो । त्यसपछि उहाँले पिक्चर त देख्नुहुन्न, छायाँमात्रै देख्नुहुन्छ । त्यसैले संस्मरण लेख्नुभयो ।
अर्को साथीकहाँ अस्थायी रुपमा भूमिगत समयमा आश्रय लिएको थिएँ । त्यहाँ पनि कविताहरु लेखेर छाडेको रहेछु । त्यतिखेर मेरो नाम चाहिँ कालीचरण भनेर लेखेको रहेछु । त्यो कालीचरणका नामका कविता उहाँले छाप्नुभएको छ ।
जेलमा मैले अनेक कृति, कविता लेखें । सयौं कविता लेखें । अलिकति समयको अन्तरालमा जेलमा आएर खोसेर लैजान्थे । दुःख ग¥यो, लुटेर जान्छ । हतोत्साही पनि भएँ । त्यही कारण पनि ठूलो ग्रन्थ लेख्न सकिनँ । भूपनिधि पन्तजीलाई २०४२ सालको आन्दोलनमा उहाँलाई पक्रेर ल्याएको थियो । जेलमेट पनि हुनुभएको थियो । त्यसवेला उहाँले म राख्छु भनेर राख्नुभो कि यतिकै राख्नुभो, मलाई यादै भएन ।
तनहुँका भञ्ज्याङ पत्रिकाका सम्पादक विश्ववन्धु भण्डारीजीले उहाँ पनि जेलमा चिनजान भएकाले भूपनिधि पन्तसँग चिनजान भएकाले खर्पन कविता पत्रिकामा प्रकाशित गर्नुभयो । यो कविता मैले पेन्सिलले लेखेको हो । मेरो कविता भूपि शेरचनको जस्तो लेख्ने, केर्ने, मेट्ने चलिरह्यो । भूपि शेरचनको जस्तो यसो लेख्छन्, हेर्छन्, केर्छन्, फेरि लेख्छन्, कठैबरी भूपि शेरचन भनेर लेख्नुभो । मेरो त्यस्तो बानी छैन, लेख्छन्, हेर्छन्, छोड्छन् ।
त्यो महाकाव्य अलिकति सिद्धिन बाँकी थियो । करिब १८ सर्ग हुने थियो । करिब करिब छ महिना जेलमा लुटपाट भएको थिएन । लगभग १६ सर्गसम्म लेखेको थिएँ । पछि लुटेर लगे । त्यो लुटिएपछि त्यताको बाटो नहिँडौं भनेर छाडिदिएँ ।
महाकाव्यको नाम अलि प्रचलित नाम राखुँ भन्ने थियो । मलाई आफ्नी आमा गुमाउनु परेकोमा असाध्यै पीडा थियो । तीन वर्षदेखि अहिलेसम्म आमाको चेहरा सम्झिरहन्छु । आमाप्रतिको विशेष मेरो आत्मीयता थियो । त्यस महाकाव्यको नाम आमा नै राख्ने सोचेको थिएँ । पछि लुटे, कता फ्याँके थाहा छैन ।
दुई कान, दुई आँखा, एक मुख निबन्ध
सामान्यतया साथीहरुलाई सम्झाउने कुरा गर्ने । एकपटक साथीहरुलाई सम्झाउँदा अंश अंशका कुरा राखेको थिएँ । एउटा अंशमा हाम्रा कान दुइटा छन्, दुवटाले सुन्छौं । दुइटा आँखाले हेर्छौं । चनाखोसँग हेर्नुपर्छ र सुन्नुपर्छ । हेर्ने, सुन्ने दुवै सिक्ने कुरा हो । तर, मुख त एउटामात्रै छ, त्यसकारण अत्यन्त सीमित बोल्ने हो ।
कम बोल्ने हो । चाहिने कुरामात्रै बोल्ने । सही कुरामात्रै बोल्ने । सुनेका, जानेका, देखेका जति सबै कुरा वा त्यसको आधा जति बोल्ने हो । बोलेर ज्ञान आर्जन कम हुन्छ । त्यसकारण बोल्दा विचार गरेर थोरै बोलौं भन्ने अर्थ थियो । भद्रगोल जेलमा हुँदा सम्भवतः २०३७ सालतिर लेखेको निबन्ध हो ।
मैले चुरोटको खोलमा उनकै विषयमा सानो कविता लेखेर उनैलाई सुनाएँ । मैले कविता सुनाउँदै गर्दा पहिला गम्भीर हुँदै गए । तीनचार लाइनमा पुगेपछि आँसु खसाउन थाले । पाँचसात लाइन पढेपछि स्याँकसुँक गरे । टुप्पातिर पुगेपछि धरधरी रोए । अनि मलाई भने, ‘मैलाई दिनुस् ।’
एकपटक म हार्मोनियममा यसो बसें । साथीले सोध्यो, ‘बजाउन आउँछ ?’
‘आउँछ । पछाडिबाट यसो थिच्नुपर्छ, अनि रिडमा थिच्नुपर्छ । अनि बज्छ, आउँछ । तर, एउटा सर्त छ, मेरो बजाउने तरीका अरु कसैसँग मिल्दैन । मलाई आउन धेरै कुरा आउँछ । तर, अरुको जसरी आउँदैन । आफ्नै मौलिक पारा हुन्छ । वा सिक्दै नसिकेको बच्चाले जस्तै अत्यन्त नयाँ बजाउँछु म ।’
चुरोटको बट्टामा लेखिएको कविताले खसालेको आँसु
म जेलमा पर्ने बित्तिकै गोलघरमा हालिएँ । गोलघरमा केही पनि दिँदैन । पानी खाने भाँडो पनि दिँदैन । पछि साह्रै ठूलो लडाइँ गरेर माटाको सुराइ झिकाइयो । सीसाको सामान दिइँदैन । सबै कुरामा शंका गरिन्छ । निराश मान्छेले आफ्नै लागि घात गर्नसक्छ । अरुलाई पनि घात गर्नसक्छ भनेर दिइँदैन थियो । अनि हामीलाई दुःख दिने नियत राखिएकाले दुःख दिन पनि दिइँदैन । कागजपत्र, किताब केही दिइँदैन ।
एउटा रेडियो नेपाल जडान गरेर माइक राखिएको थियो । त्यहाँबाट रेडियो नेपालको समाचार सुन्न पाइन्थ्यो । राति सुत्ने वेला हवारीहरुको फर्माइस खुब आउँथ्यो । हवारी भन्ने थर पहिला थाहा थिएन । हिन्दी गीतका लागि फमाइस पठाउँथे । त्योबाहेक अरु सुन्न पाइँदैन थियो ।
एक दिन म अलि बिरामी थिएँ । जेलको गेटमा डाक्टरसँग जँचाउन लगियो मलाई । त्यसवेला गोल फ्लेक भन्ने चुरोट पाउँथ्यो । दश खिल्लीवाला हुन्थ्यो । जँचाएर फर्किंदा बाटोमा त्यो खाएर कसैले फ्याँकेको रहेछ । बाहिर लेखिए पनि भित्रपट्टि खाली हुन्थ्यो । मैले त्यो कागज टिपें । कागज नदेखेको केही महिना भइसकेको थियो । कागज देख्दा मलाई आफन्त भेटेजस्तो, नजिकको मित्र भेटेजस्तो भयो ।
चुरोटको खोल टिपें र बोकें । संयोग, अलिकति अगाडि जाँदै थिएँ, पेन्सिलको सानो टुक्रो साह्रै छोटो भएपछि फ्याँकेको रहेछ । त्यो टुक्रो पनि टिपें । अरु मान्छेले वरिपरिबाट हेरे । गोलघरबाट निकालेको, खुस्केको रहेछ जस्तो सोचे होलान् । चुरोटको खाली खोल टिपेर हिँडेको छ । ठुटो टिपेको भए पनि तलतल लागेर टिपेको भन्ने हुन्छ । मान्छेहरुले वरिपरिबाट हेरे । मानसिक बिरामी होला भन्ठाने होलान् ।
मलाई असाध्यै नियन्त्रणमा राख्न खोज्ने, आफूलाई शासक देखाउन खोज्ने कामदार थिए । कामदार भनेर राखिएको जेलको नाइके भन्ने हुन्छ । चौकीदार, भाइ चौकीदार, नाइके, भाइ नाइके जस्ता हुन्छन् । केन्द्रीय कारागारमा त पूरै सिस्टम छ शासन चलाउन । त्यसमध्ये एक कामदार मलाई अलिकति आफ्नो शासकीयपन देखाएर नियन्त्रण गर्न खोज्थे । तिनको जीवन कहानी सुनेको थिएँ, एकदमै मार्मिक थियो ।
उनीमाथि प्रहरी, आफ्ना विरोधी गाउँले, वकिल, न्यायाधीशले अति अन्यायपूर्ण ढंगले नभएको मुद्दालाई भएकै बनाएर ठूलो पीडाको भागीदार बनाएको थियो । उनको जीवन साँच्चै टिठलाग्दो थियो । उनको प्रेम, परिवार, छोराछोरी, आमाबावु सबै जोडिएर हेर्दा असाध्यै मार्मिक थियो ।
मैले चुरोटको खोलमा उनकै विषयमा सानो कविता लेखेर उनैलाई सुनाएँ । मैले कविता सुनाउँदै गर्दा पहिला गम्भीर हुँदै गए । तीनचार लाइनमा पुगेपछि आँसु खसाउन थाले । पाँचसात लाइन पढेपछि स्याँकसुँक गरे । टुप्पातिर पुगेपछि धरधरी रोए । अनि मलाई भने, ‘मैलाई दिनुस् ।’
‘तपाईंलाई लेखिदिएको हो, तपाईंकै भयो ।’
त्यसपछि चुरोटको खोलको खाँचो भएन । उनैले जोहो गरिदिए । पेन्सिलको टुक्रोलाई सिमेन्टकमा घोट्यो, अनि लेख्यो । ब्लेड, छुरा, कटर केही चाहिँदैन थियो । अवस्था र आवश्यकताले पेन्सिल तिखार्न सिकायो ।
अलिपछि चुरोटको खोलहरुमा चाङ कविता लेखें । त्यो पनि उठाएर लगे । जेलरले पढेछन् । त्यसपछि मलाई भेट्न आए र भने, ‘मीठा कविता लेख्नुहुँदो रहेछ, तपाईंलाई फुलस्केप कागज र पेन्सिल मै उपलब्ध गराइदिन्छु ।’
लेख्ने काम त्यहाँबाट सुरु भयो । चुरोटको खोलमा लेखिएका कविताहरु भन्ने रघुजी पन्तले युगदूत पत्रिकाका लागि लेखिदिनुस् भन्नुभो । मैले लेखेर छाडिदिएँ । उहाँले कतै यो लेख्नुभएको छ ।
जेलको पठन वातावरण
मैले नै अलिकति संघर्ष गरें । गोलघरको बाहिरपट्टि लाइब्रेरी छ । त्यसमा केही हजार किताब होलान् र ती किताबहरु पढ्ने इजाजत लिएँ । दिनमा दुई तीन किताब लिएर पढें । यो शास्त्र पढ्ने, यो नपढ्ने भनिनँ । जे जे उपलब्ध भयो, पढें । रुचि नभएर कुनै शास्त्रलाई हेंला गरिँदोरहेछ, कुनैलाई माया गरिँदोरहेछ । तर, शास्त्रमा केही न केही खोज अनुसन्धान हुँदोरहेछ । त्यो लाइब्रेरीका पुस्तक लगभग एक वर्षमा सबै सिध्याएँ ।
अहिले दिउँसो पढ्ने कुरा सम्भव छैन । अलि कम सुत्छु र समय मिल्यो भने सुतिहाल्छु । जतिखेर सुत्छु, त्यतिखेर निदाइहाल्छु । जति समयका लागि सुत्छु, त्यति समयपछि उठिहाल्छु । जति मिनेटमा उठ्छु भन्छु, त्यतिवेला उठिहाल्छु । म बिहानै उठ्दा व्यस्त हुनुपर्ने भएकाले राति नै अध्ययन गर्छु ।
मलाई लाग्छ, लेख्नु भनेको ज्ञानलाई संगठित गर्नु हो । पढ्नु भनेको चाहिँ सरसर्ती सूचना प्राप्त गर्नु हो । तर, त्यसलाई ज्ञानको रुपमा संगठित गर्न लेख्नैपर्छ वा ज्ञानलाई संंगठित गर्ने योजना बनाउनैपर्छ ।
हाम्रा कान दुइटा छन्, दुइटाले सुन्छौं । दुइटा आँखाले हेर्छौं । चनाखोसँग हेर्नुपर्छ र सुन्नुपर्छ । हेर्ने, सुन्ने दुवै सिक्ने कुरा हो । तर, मुख त एउटामात्रै छ, त्यसकारण अत्यन्त सीमित बोल्ने हो । कम बोल्ने हो । चाहिने कुरामात्रै बोल्ने । सही कुरामात्रै बोल्ने । सुनेका, जानेका, देखेका जति सबै कुरा वा त्यसको आधा जति बोल्ने हो । बोलेर ज्ञान आर्जन कम हुन्छ । त्यसकारण बोल्दा विचार गरेर थोरै बोलौं भन्ने अर्थ थियो ।
दिग्गज स्रष्टाहरुसँगको भेटघाट तीर्थ झैं लाग्छ
राष्ट्रकवि माधवप्रसाद घिमिरे वा शताब्दी पुरुष सत्यमोहन जोशीजी वा भजन शिरोमणि भक्तराज आचार्य वा वैरागी काइँला जस्ता लेखकहरु हाम्रा लागि तीर्थ जस्ता हुन् । त्यसकारण एउटा त म उहाँहरुको सम्मानको लागि तीर्थ गर्न जसरी जान्छु । उहाँहरुसँग गएपछि अनौठो वात्सल्य प्राप्त हुन्छ ।
त्यो वात्सल्यले एक ढंगले भन्दा ज्ञान इनकलकेट गरिदिन्छ । समष्टि ज्ञानभित्र प्रवेश गराइदिने उहाँहरुको दिव्यवाणी हुन्छ । उहाँहरुसँग मैले आफैंले बोलाएर पनि साहित्यिक सत्संग गर्ने गरेको छु । कोभिडपछि आफैंले ज्येष्ठ नागरिकलाई ल्याएर बोलाउन कोभिडकै डर हुने भएकाले अहिले त्यो बन्द भयो ।
म जेसुकै कुरामा पनि रुचि राख्ने मान्छे हो । पौडी खेल्न नजान्दा पनि पोखरीमा हाम फाल्ने र संकटबाट निस्कने बानी थियो । मलाई जेमा पनि जिज्ञासा हुने । चित्रकारिताको सन्दर्भमा पनि विद्यालयमा सिकाउने कुरा हुन्थ्यो । हामी केटाकेटीहरु भाग लिन कोसिस गर्थ्यौं । कलम ठूलो कि तरबार ठूलो भनेर वक्तृत्वकलामा भाग लिइन्थ्यो ।
अलिकति समय भयो भने यसो केही चित्र कोर्न मन लागिहाल्ने हुन्थ्यो । मैले चित्रकारिता कसरी गर्ने भनेर पढेको छैन । मान्छे बनाएँ भने मान्छे जस्तो देखिने बनाउँछु ।
उत्तर कोरिया जाँदा उहाँहरुको चलनअनुसार नेताको सालिकअघि पुगेपछि बो डाउन प्लिज भन्ने रहेछ । अनि निहुरिनुपर्यो । निहुरिएर सम्मान व्यक्त गर्नुपर्यो । बुद्धको त्यहाँ एउटा राम्रो स्तूपा छ । बुद्धको मूर्ति भएको ठाउँमा पुगेपछि मैले पनि उनीहरुलाई भनें, ‘बो डाउन प्लिज ।’
त्यसअघि मलाई मूर्तिको अगाडि निहुरिउँ भन्ने लाग्दैन थियो । त्यहाँ नेताका अगाडि बो डाउन प्लिज भनेर ढोगाएपछि बुद्धको मूर्ति आउँदा बो डाउन प्लिज भनेर ढोगाएर हिँडें ।
म सत्यमा विश्वास गर्छु । मेरो दृष्टिकोणको मूल थिम सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने भन्ने थियो । यस मामलामा सुकरात, बुद्धजस्तै सत्य अंगीकार गर्ने काम गर्छु ।
योगको सम्बन्धमा शैव, शिवबाट सुरु भएर, सांख्य दर्शनका प्रणेता भनेर मानिने कपिलमणि वा त्यसलाई पछि व्यवस्थित गरेको पतञ्जली छ । अष्टांग योगको पहिलो सूत्र यमोनेमआसन आदि आठवटा अंग छन् । त्यसमा योगको पहिलो अंग भनेको यमो । यमोको पहिलो सूत्र अहिंसा अनि सत्य ।
खाली आसन र प्रायमलाई मात्रै योग बुझ्नु हुँदैन । सत्य, अहिंसा योगका आधार हुन् । योगी हुँ भन्ने, एकछिन स्याँस्याँ फ्याँफ्याँ गर्ने अनि कपट चिताउने । योगी हुने हो भने पहिला सत्य धारण गर्छु, असत्यको पछि लाग्दिनँ भनेर कबुल गर्नुपर्छ ।
(कास्कीको पोखरामा भएको नेपाल लिट्रेचर फेस्टिभलमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पत्रकार अखण्ड भण्डारीले गरेको कुराकानीको सम्पादित अंश ।)
प्रतिक्रिया दिनुहोस्