एबीसी ब्रिफिङः काठमाडौं १० पुसः नयां सरकार गठनको अन्तिम प्रयास भन्दै शानिबार दिनभर दौडधुप र सांझ सत्ता गठबन्धनको बैठक भएपनि पनि कुनै निश्कर्ष निकस्कन सकेन ।शुक्रबारदेखि नै सत्त गठबन्धनका नेताहरु शेरबहादुर देउवा र प्रचण्डले विभिन्न शक्ति केन्द्र समेत मन्त्रणा गरिरहेका छन् । बाह्य छिमेकी मध्ये चीनले वक्तव्य निकालेर नै हामीले नेपालमा सरकार गठनका सन्दर्भमा कुनै चासो राखेका छैनौ भनेको छ । तर पश्भिी र दक्षिण शक्ति केन्द्रहरुले आफ्नै शैलीमा देउवा, ओली र प्रचण्डलाई पर्गेलिरहेका छन् । विशेषगरी पश्चिमी शक्ति केन्द्रले देउवालाई कुनै हालतमा प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण नगर्न दबाव दिइरहेको उच्च राजनीतिक स्रोतले दावी गरेको छ । अहिले विहानै देखि बालुवाटार, बालकोट र खमलटार स्थितिलाई आफ्नो पक्षमा पार्न सक्रिय भएका छन् ।
धारा ७६(२) अनुसार राष्ट्रपतिले सरकार बनाउन दिएको एक साताको समय आज आइतबार सकिँदै छ । सत्तागठबन्धनमा सहमति भएन वा राष्ट्रपतिले समय थपिनन् भने धारा ७६(३) अनुसार ठूलो दलको नेता प्रधानमन्त्री बन्ने प्रक्रिया अघि बढ्नेछ । र, सत्तागठबन्धनको भत्कने छ ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बन्ने सरकारको नेतृत्व आफैँले गर्नुपर्ने ‘बटमलाइन’ बनाएपछि सत्तागठबन्धन धरापामा परेको हो । राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संयुक्त सरकार बनाउन दिएको एक साताको समय सकिने अघिल्लो दिनसम्म नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने कुनै टुंगो लागेको छैन । अन्तिम समयमा लिनुपर्ने सम्भावित कदमलाई लिएर देउवाले एमाले र माओवादीका बाहेकका साना दलससँग र प्रचण्ड ले एमालेसमेतको वाम गठबन्धन गर्ने अन्तरिक रूपमा वैकल्पिक गठबन्धनको तयारी पनि गरिरहेका छन् ।
सत्तागठबन्धन एक्लैलाई संसद्मा सुविधाजनक बहुमत नभएकाले कांग्रेस र माओवादीको जोड पहिलो कार्यकालकै प्रधानमन्त्रीमा छ । समग्र शक्ति बाँडफाँडमा प्रवेश गरे उनीहरूले प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र मुख्यमन्त्रीहरूको भागबन्डा गर्न सक्छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा साँझ बसेको सत्तागठबन्धनको बैठकमा माओवादीले पहिलो कार्यकालमा आफूले प्रधानमन्त्री बन्नुपर्ने अडान राखेको छ भने कांग्रेस छाड्न तयार देखिएको छैन । ठूलो दलको हैसियतमा सरकारको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने कांग्रेस नेताहरूको भनाइ छ ।
गठबन्धनकै बलमा देउवा प्रधानमन्त्री बनिसकेकाले पहिलो कार्यकाल आफ्नो पार्टीले पाउनुपर्ने माओवादी नेताहरूको तर्क छ । माओवादी नेताहरुले चुनाव पहिले देउवाले नै चुनवापछिको प्रधानमन्त्री प्रचण्ड भनेकोले आफ्नो बचन पालना गराउन देउवालाई झक्झकाइरहेको छन् । संविधानको धारा ७६ (२) अनुसारको सरकार गठनको दाबी गर्ने समय आइतबार सांझ ५ बजेसम्म छ । शनिबार सहमति नभएपछि सत्तागठबन्धनका नेताहरू आइतबार बिहान १० बजे पुनः बैठक बस्ने गरी उठेका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकरात्मक नभएपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नेता विमलेन्द्र निधिलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्नका लागि बालकोट पठाएका थिए । निधि देउवाको दूत बनेर ओलीसंग अल्पमतको सरकार बनाउंदा सघाउन अनुरोध गरेको बुझिएको छ ।
माओवादी महासचिव देव गुरुङले माओवादीको प्रस्तावमा कांग्रेस सहमत हुन नसक्दा शनिबार निष्कर्षमा पुग्न नसकेको बताए । ‘को पहिला प्रधानमन्त्री भन्ने विषयले सहमति जुट्न सकेको छैन । कांग्रेस सभापतिले पार्टीमा प्रेसर पर्यो, अहिले छाड्न गाह्रो भयो भन्नुभयो । हामीले आलोपालो सहमतिअनुसार अहिले कांग्रेसले छाड्नुपर्ने कुरा राख्यौँ । अहिले पनि कांग्रेसकै नेतृत्व भएकाले अब सुरुमा माओवादीले नेतृत्व गर्दा स्वाभाविक हुन्छ, परिवर्तनको आभास पनि हुन्छ भन्ने हाम्रो तर्क छ,’ उनले भने, ‘तर, कांग्रेसले अडान छाडेको छैन । गठबन्धनका अरू दलहरूबाट आपसी सहमतिमा टुंग्याउन आग्रह भएपछि उहाँ (देउवा)छलफलबाट निष्कर्षमा पुग्न सहमत हुनुभएको छ । आइतबार फेरि बैठक बस्छौँ ।’
एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले प्रधानमन्त्रीमा कांग्रेस र माओवादीको दाबीको विषय टुंगो नलाग्दा सहमतिमा पुग्न नसकिएको बताए । गठबन्धनमा कांग्रेस र माओवादीले दुई–दुई वर्ष र एकीकृत समाजवादीले एक वर्ष सरकारको नेतृत्व गर्ने समझदारी बनेको उनको भनाई छ । पहिला को भन्ने विषयमा माओवादी र कांग्रेसबीच कुरा नमिल्दा सहमतिमा पुग्न नसकेको उनको भनाइ छ । गठबन्धनलाई निरन्तरता दिने विषयमा भने सबै दल एकमत रहेको उनको तर्क छ ।
‘गठबन्धनमा कांग्रेस र माओवादीले दुई–दुई तथा एकीकृत समाजवादीले एक वर्ष सरकारको नेतृत्व गर्ने समझदारी छ । प्रधानमन्त्रीको विषय टुंगो लागेपछि अरू पदको बाँडफाँड टुंगिन्छ । भोलि फेरि गठबन्धनको बैठक बस्छ । त्यसअघि दलहरूबीच आन्तरिक छलफल हुन्छ ।’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कांग्रेस र माओवादीमध्ये को पहिला प्रधानमन्त्री बन्ने भन्ने विषयले निष्कर्ष ननिस्किएपछि दुई दललाई सल्लाह गरेर निष्कर्ष निकाल्न आग्रह गरेका थिए । जनमोर्चाका सचिव हिमलाल पुरीका अनुसार अध्यक्ष केसीले पार्टीको नीतिअनुसार गठबन्धनकै नेतृत्वमा सरकार बन्नुपर्नेमा धाराणा राखेका थिए । बैठकमा अध्यक्ष केसीले आफू सरकारमा सहभागी नहुने, तर समर्थन गर्ने जनमोर्चाको निर्णय बैठकमा सुनाएका थिए . ‘हामी सरकारलाई समर्थन गछौँ, सहभागी हुँदैनौँ । तर, वर्तमान गठबन्धनकै नेतृत्वमा सरकार बन्नुपर्छ भन्नेमा हामी दृढ छौँ । भागबन्डाको विषयमा तपाईंहरू मिल्नुहोस् । कांग्रेस र माओवादीमा को पहिला प्रधानमन्त्री बन्ने भन्ने तपाईंहरू सल्लाह गरेर टुंगोमा पुग्नुहोस्,’ केसीको भनाइ उद्धृत गर्दै पुरीले नयाँ पत्रिकासँग भने ।
सहमतिका लागि शनिबार नेताहरूको दौडधुप चलेको थियो । बिहान ८ बजे प्रचण्डनिवास खुमलटार पुगेर वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्डसँग भेट गरेका थिए । भेटमा पौडेलले गठबन्धन टुट्ने अवस्था आउन नहुने भन्दै गठबन्धनमा सहमति जुटाउनका लागि आग्रह गरेका थिए । पौडेलले लगत्तै माधव नेपाललाई समेत भेटेर गठबन्धन जोगाउन पहल गर्न अनुरोध गरेको थिए । सत्ता गठबन्धन कायम नरहे रामचन्द्र पौडेल राष्ट्रपति बन्ने च्याप्टर बन्द हुनेछ।
शनिबार बिहान नै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छुट्टाछुट्टै छलफल गरेका थिए । पौडेल र खड्का दुवै नेतासँगको भेटमा प्रचण्डले पहिलो कार्यकालमा सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने अडान दोहोर्याएका थिए ।
कांग्रेसका दुई नेताले आफूलाई भेटेपछि प्रचण्डले पार्टी उपमहासचिव वर्षमान पुनलाई प्रधानमन्त्री देउवासँग भेट्न बालुवाटार पठाएका थिए । प्रचण्डले पुनमार्फत शनिबारको बैठक निर्णायक हुने सन्देश प्रधानमन्त्री देउवाकहां पठाएका थिए । बिहान पौने १२ बजे बालुवाटार छिरेका पुन करिब १५ मिनेट बसेर बाहिरिएका थिए ।
पुनले पहिलो कार्यकाल प्रधानमन्त्री माओवादीले नपाउने अवस्थामा आफूहरूले गठबन्धनबाट बाहिरिएको औपचारिक निर्णय लिने प्रचण्डको सन्देश रहेको जानकारी गराएका थिए । तर, देउवाले बाहिरिने निर्णय नगर्न र पार्टी र गठबन्धनमा थप छलफल गरेर यही गठबन्धनलाई निरन्तरता दिन आफू तयार रहेको बताएका थिए ।
शनिबार दिँउसो ४ बजे बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो । गठबन्धन बैठकअघि अध्यक्ष प्रचण्डले देउवासँग एकल छलफल गरेका थिए । गठबन्धनमा करिब तीन घन्टा छलफल चलेको थियो । तर, निर्णायक भनिएको बैठक निष्कर्षमा भने पुग्न सकेन ।
बैठक सकिएलगत्तै कांग्रेस नेता बालुवाटारमै आन्तरिक छलफलमा गरे पनि देउवामाथि दबाव दिन सकनन् । बैठकमा कांग्रेसबाट सभापति देउवा, उपसभापति खड्का, नेता कृष्ण सिटौला र कार्की सहभागी थिए । माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि पार्टी नेताहरूसँग सहमतिका विकल्पबारे छलफल गरेका थिए ।
आज निर्णायक बैठक
शनिबार दिनभरका भेटघाट र बैठकमा कांग्रेस र माओवादीले पहिलो कार्यकालको सरकार आफ्नै नेतृत्वमा बन्नुपर्ने दाबी गरेका छन् । भावी प्रधानमन्त्रीमै विवाद भएपछि कांग्रेस र माओवादी समग्र शक्ति बाँडफाँडमा प्रवेशसमेत गरेका छैनन् । आइतबार पुनः बैठक बस्ने गरी उठेका सत्तागठबन्धनका नेताहरू आ–आफ्नो दलमा छलफल गरेर वारपारको निर्णय लिने तयारीमा छन् ।
मध्यावधिमा हुने ओलीको चेतावनी
एमाले अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनलाई चुनौती दिएका छन् । पहिलो– माओवादी अध्यक्ष प्रचण्डको प्रधानमन्त्री बन्ने सम्भावना सकिएको भन्ने सन्देश दिएका ओलीले देश मध्यावधि निर्वाचनमा जान सक्ने सिथति आएको शनिबार बताएका छन् । । ओलीले भनेजस्तो गरी प्रचण्ड प्रधानमन्त्री नबन्ने र मुलुक मध्यावधिमा जाने–नजाने निक्र्योल अहिलेको गठबन्धन निरन्तर रहने वा भत्किने भन्नेमा भर पर्नेछ ।
भावी सरकारको नेतृत्वलाई लिएर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डको दाबी कायमै रहेका वेला ओलीले सरकार गठन हुनै नसक्ने अवस्था आएको भन्दै मध्यावधि निर्वाचनको सम्भावना बताएका हुन् ।
ओलीले भने सरकार गठन हुनै सकेको छैन, स्वार्थको टकराव हुन थाल्यो भने सरकार सञ्चालन कसरी हुने ? ’राष्ट्रपतिले प्रधानमन्त्रीमा दाबी गर्न दिएको समय आइतबार साँझ ५ बजे सकिँदै छ । संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्य प्रधानमन्त्री नियुक्त हुन नसके उपधारा (३) अनुसार सबैभन्दा ठूलो दलको नेताका रूपमा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।
प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिन नसके प्रधानमन्त्री पद स्वतः रिक्त हुन्छ । त्यसपछि उपधारा (५) अनुसार सरकार गठन प्रक्रिया अघि बढ्छ । उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।
प्रचण्डले प्रधानमन्त्रीको इच्छा गरेको, तर निर्णय गर्न ढिला गरेकोमा ओलीको असन्तुष्टी छ । ‘पुष्पकमल दाहालजी प्रधानमन्त्रीको इच्छा गरिरहनुभएको छ । तर, उहाँले निर्णय गर्न ढिला गर्नुभयो । लिनुपर्ने कुरा, दिनुपर्ने कुरा, गर्नुपर्ने काम, जे–जस्ता छन् ती समयमै गर्नुपर्छ । समयमै कुनै काम गरिँदैन भने, समयले नै त्यसको उपलब्धि समाप्त पारिदिन्छ । यदि तपाईंले आँप पाकेकै वेला टिप्नुभएन भने खान पनि पाउनुहुँदैन, बेच्न पनि पाउनुहुँदैन । किनभने त्यो आफैँ झरेर जान्छ,’ ओलीले भने ।
गठबन्धनलाई सत्ताको मात्रै चिन्ता रहेको ओलीको आरोप छ । ओलीले ओरालो लागेको परिस्थितिलाई सकारात्मक बाटोमा कसरी फर्काउन सकिन्छ भन्नेमा एमालेको ध्यान रहेको पनि बताए । उनले भने, ‘हामी मूकदर्शक भएर हेरेर बस्न सक्दैनौँ । जेसुकै भए पनि अहिलेको ओरालो लागेको परिस्थितिलाई फेरि सकारात्मक बाटोमा कसरी फर्काउन सकिन्छ ? त्यतापट्टि एमालेको ध्यान छ ।’
एमाले नेताहरूले कांग्रेस र एमाले वा एमाले र माओवादी मिलेर सरकार गठन गर्नुपर्ने बताउँदै आएका छन् । त्यसका लागि पहिला गठबन्धन त्याग्नुपर्ने सर्त एमालेको छ । माओवादीसँग मिलेर सरकार गठन गर्न एमालेका दोस्रो तहका नेताहरू सक्रिय भएका छन् । उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ प्रचण्डसँग नियमित सम्पर्कमा छन् । एमाले नेताहरूले प्रचण्डलाई प्रधानमन्त्री पद स्विकारेर एमालेसँग सहकार्य गर्न आग्रह गर्दै आएका छन् ।
सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, प्रधानमन्त्री देउवा कि प्रचण्ड भन्नेमा विवाद
प्रतिक्रिया दिनुहोस्