काठमाडौं, १० पुस । सांसदहरूको शपथ भएसँगै दलहरूले नयाँ सरकार गठनको तयारी औपचारिक रूपमा सुरुवात भएपनि शानिबर साँझसम्म निश्कर्षमा पुगेको छैन । सहरमा एकथरिले मानिसले नेपाली कांग्रसले जसरीपनि सत्ताका सवै पद कांग्रेसले नै राख्नु पर्दछ भनिरहेका छन् भने सत्तारुढ गठबन्धनमा प्रचण्ड र उनको दल भएकोमा चित्त दुखाउनेहरु मिडियाजगतमा पनि प्रशस्तै छन् । तिनै मध्येका अभियन्ताले गठबन्धन सरकार नेपाली काँग्रेस र एमाले मिलेर बनाउनु पर्दछ भन्दै पैरवी गरिरहेका छन् । नेपाली काँग्रेसको वास्तविक ट्रेडमार्क बेइमान सावित भइसकेको छ । यथार्थ यो हो कि, कांग्रेसबाट इमान्दारिताको आशा गर्नु नै प्रचण्डको मुर्खता हो ।
पछिल्लो समय प्रचण्ड अस्थिर र दोमन ट्रेड मार्कका मानिस भन्दै उछितो काढ्ने अभियान शुरु भएको छ । प्रचण्डको ‘दोमन’ ट्रेडमार्क मान्ने हो भने देउवाको अर्थात् नेकाको ‘बेइमान’ ट्रेडमार्क मान्नु पर्दछ । अघिल्लो निर्वाचनमा विलीन कांग्रेसलाई वम्पर उपहारका रुपमा प्रधानमन्त्री र सत्तासिन बनाउने पात्र थिए प्रचण्ड र माधव नेपाल । अन्यथा आज नेपाली कांग्रेस राप्रपाको हैसियतमा मरिच खुम्चिंदा झैं खुम्चिने निश्चित थियो । गत स्थानीय निर्वाचन र प्रदेश तथा संघीय निर्वाचनमा देशभर गठबन्धनको पक्षमा माओवादीका मतदाताले मतदान गरे, तर कांग्रेसले देशैभर घण्टीलाई मतदान गर्न र माओवादीलाई पराजित गराउन निर्देशन नै जारी गर्यो । भलै त्यसको मार नेकाले पनि व्योहर्न परिरहेको छ । त्यतिबेलामा पनि माओवादीका अघि विकल्प नभएको होइन । माओवादीले चाहेको भए नेकाका उमेद्वारको सट्टा स्थानीय रुपमा एमालेका उमेद्वारलाई मतदान गर्ने र आफ्नो पनि जित निकाल्ने गर्न सक्दथे । तर दोमनमा रहेको भनिएको माओवादीले एकमननै बनायो । तर उदार लोकतान्त्रिक भनिने नेकाले देशैभर घण्टी र जुम्लामा त ह्विप नै जारी गरेर राप्रपाका उमेद्वारलाई मतदान गरे । अझैपनि, पार्टीको निर्णय र निर्वाचनमा ठुलो दल भएका कारण पनि प्रधानमन्त्री तथा राष्ट्रपतिमा काँग्रेसको दाबी स्वाभाविक भएको र सरकार गठन काँग्रेसले गर्नुपर्ने बताउँदै आएका छन ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड २०७४ सालदेखिनै वेइमान ट्रेडमार्कका खालमा परेका छन् । वेइमानहरुको खालबाट उनी निस्कन त खोज्छन् । तर जता फर्केपनि बेइमानहरुकै अखडा छ । त्यसकारण उनी दोमनमा उभिन पुग्छन् । एउटा रोचक सन्दर्भ के छ भने २०७५ साल जेठ ३ गते पार्टी एकता भयो । त्यसको तीन महिना पुग्दा नपुग्दै भदौमा माधव नेपालले नोट अफ डिसेन्ट लेखेर नेकपा विभाजनको योजनावद्ध शुरुवात गरेका थिए । त्यो दोहोरो बेइमानी प्रचण्डले पत्तै पाएनन् । अन्तत त्यसले नै नेपालको वाम आन्दोलन क्षयीकरणको दिशामा गइरहेको छ । अब दुई वाम दलका बीचको तितोपनको च्याप्टर क्लोज भएको छ । खुरुक्क प्रचण्डकै भाषाको अर्को वेइमान दल एमालेसंग तालमेल गरेर पुन वाम एकताको बाटोमा फर्कनुको कुनै विकल्प नै छैन । प्रचण्ड किन चुनावमा गठबन्धन गरियो, कांग्रेसीले वदमासी गरे तरपनि सत्ता सहकार्यमा किन तलमाथि गर्ने भन्दैछन् । यसो गर्दा उनी स्वयं वद्नाम हुंदैछन् । यसैबखत यता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको फेरी प्रधानमन्त्री हुने चाहना पूरा नहुने बताउँछदै छन । एउटा विडम्वना के छ भने नेपालमा वामपन्थी बाहेक जोसुकैले जे गर्न पनि छुट छ । तर वामपन्थीबाट थोरै गल्ती भयो भने तिलको पहाड बनिहाल्छ । यो अस्वाभाविक पनि होइन । पावर शेयरिङमा पनि कांग्रेसले ठूलो दल भएकाले राष्ट्रपति र प्रधानमन्त्री पाउनु पर्ने वालहठ त छोडेको छैन । तर हिजो देउवा प्रधानमन्त्री बन्ने बेला र चुनावी गठबन्धन गर्ने बेला प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने बचन दिएको देउवा र आरजु राणाले विर्से जस्तो छ ।
त्यही कारण माओवादीले भने कुनै पनि हालतमा प्रधानमन्त्री नछाड्ने बताइरहेको छ ।अब प्रचण्डले नै दोमनको अवस्थालाई सदाका लागि अन्त गर्न निर्णय गर्नु पर्ने बेला आएको छ । ओलीसंगको रिसले नेपाली समाजको वामपन्थी रुपान्तरण गर्ने अभियानलाई अवरुद्ध गर्न मिल्दैन । वाम तालमेलमा तलमाथि जता परेपनि कहां पोख्यो उही दुनोमा हो । तर स्थानीय देखि संघीय निर्वाचनसम्म माओवादीको भोट कांग्रेसलाई घोप्टाएर गम्भीर गल्ती त भएकै छ । त्यसलाई सुधार्ने भनेकै पुनः वाम एकताको बाटोमा जाने नै हो । संसदमा उदाएका नयां दलहरु घण्टी, नागरिक उन्मुक्ति, र सिके राउतको चाहना पनि वाम एकता भएदेखि सत्ता सहकार्यमा सहज हुने थियो भन्ने स्पष्टै गरेका छन् । उपेन्द्र यादव त पहिले देखिनै वाम गठबन्धन होस् भन्नेमा नै छन् । त्यो हुन सकेमा केन्द्रको सत्ता देखि ७ वटै प्रदेश सरकार वाम गठबन्धनको वन्ने प्रष्टै छ । त्यो बेला यतातिर प्रचण्डका बारेमा दोमनको गित जति गाएपनि केही फरक पर्दैन । यही ५ वर्षे कार्यकालमा प्रचण्ड र ओलीको सत्ता सुखको चाह पूरा भएपछि एकीकृत वाम आन्दोलनमा नयांपनको ढोका खुल्ने छ ।
प्रतिक्रिया दिनुहोस्