ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्याग्दीमा अल्लो व्यवसाय फस्टाउँदै


एबीसी न्यूज
११ माघ २०७४, बिहिबार   १२ : ५९   बजे

 

बेनी, म्याग्दी, ११ माघ ।  जल, जमिन, जंगल र जडीबुटीमा प्रशस्त सम्भावना रहेको जिल्लामा जंगलमा पाइने अल्लो र त्यसबाट निर्माण गरिने सामग्रीको व्यवसाय फस्टाउँदै गएको छ ।

अल्लोबाट निर्माण गरिएका सामग्रीको माग बढ्दै गएको सो व्यवसायसँग सम्बन्धित व्यक्तिले बताएका छन् । हालै सम्पन्न छैटौँ म्याग्दी महोत्सव तथा माघेसङ््क्रान्ति मेलाको अवसरमा महिला उद्यमीले अहिलेसम्मकै बढी अल्लो र ढाकाका साम्रगी बिक्री गरेका थिए ।


विगतका महोत्सवमा कक्ष राखे पनि अधिकांश सामग्री घरमै फिर्ता लिएर आउने गरेकी महिला उद्यमी नेकसरा पुनले यस वर्ष करिब रु पाँच लाख बराबरको अल्लोका सामान बिक्री भएको बताउनुभयो । उहाँले रु १०० देखि रु सात हजारसम्म पर्ने अल्लोका विभिन्न सामान बिक्री गर्नुभएको थियो ।

अल्लो कपडाबाट बनाइएको कोट, जुत्ता, चप्पल, झोला, टोपी, पर्सलगायत सामग्री बिक्री गर्नुभएको थियो । उहाँले काठमाडौँको भृकुटीमण्डपमा आयोजित हस्तकला प्रदर्शनीमा समेत रु तीन लाखको विभिन्न सामग्री बिक्री गर्नुभएको थियो । धौलागिरि अल्लो कपडा उत्पादन तथा टे«निङ सेन्टर सञ्चालन गरेर पुनले अल्लोका सामग्री उत्पादन गर्दै आउनुभएको छ ।

“स्वदेशमा भन्दा विदेशमा यसको माग अत्यधिक छ,” उहाँले भन्नुभयो । पुनले अल्लोका जुत्तादेखि कोट, इष्टकोट, गलबन्दी, रुमाल, टोपीलगायत सामग्री निर्माण गर्नुहुन्छ । जिल्लाभरि व्यावसायिकरुपमा अल्लोका ७० जना तथा ढाकाका ६० उद्यमीले दैनिकरुपमा सामग्री निर्माण गरिरहेका छन् ।

बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाभित्र सरकारी तथा गैरसरकारी संस्थामार्फत तालीम लिएर उद्यमी बनेका अधिकांशले उत्पादनले बजार पाउन थालेपछि अन्य घरायसी कामसमेत छोडेर दैनिक अल्लो र ढाकाका सामग्री बनाउने गरेका छन् । “विदेशबाट आएकाहरु कोशेलीको रुपमा लैजान्छन् । गाउँका महिला आर्थिकरुपमा समेत आत्मनिर्भर हँुदैछन्” अन्नपूर्ण गाउँपालिका–८ राम्चे नांगीकी राममायाँ पुनले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै

नुवाकोटको रातमाटेमा पहिरो, सडक आवागमन ठप्प

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Israeli Settlers Establish New Outposts in Occupied West Bank Amid Rising Violence

Marjorie Taylor Greene Claims US Discussing Nuclear Weapons Against Iran

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै

नुवाकोटको रातमाटेमा पहिरो, सडक आवागमन ठप्प

एनसेलले थप २०० भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै

मनसुनमा लन्ड्री सहज बनाउन एलजीको एआई डीडी २.० वासर एन्ड ड्रायर नेपालमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu