ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भाङ्गो किन खाने ? के यो लागू पदार्थ हो ?


ABC NEWS
२१ पुस २०७९, बिहिबार   २ : ५३   बजे

 

काठमार्डौं । आम रूपमा भाङ भन्ने बित्तिकै लागुऔषध वा नशालु पदार्थ भन्ने बुझिन्छ। यद्यपि, भाङ्गो र भाङमा फरक छ। शिवरात्रिमा शिवलाई चढाइने प्रसादमा भाङ मिसाइन्छ र व्रतालु तथा उपवास नबसेकाले पनि त्यस्ता प्रसाद गर्छन्। अरू दिन भाङ खानु ुगैरकानुनीु भए पनि शिवरात्रिमा भने त्यसको सेवन छुट छ।

टीएचसी नामक एक यौगिकले भाङलाई नशालु बनाउने हो। भाङ भनेको बोटका फूल, पात इत्यादि मिचेर निकालिएको नशालु पदार्थ हो भने भाङ्गोचाहिँ सोही बिरुवाको बीज वा फल। हामीले कुरा गरिरहेको भाङ्गोमा टीएचसी ०।३५ भन्दा कम हुन्छ। त्यसैले यसबाट नशा लाग्दैन।

.
भाङको उत्पत्ति मध्य(एसियामा भएको बताइन्छ। लगभग पहिलो र दोस्रो शताब्दी ईसा पूर्वतिर लेखिएका केही चिनियाँ पुस्तकहरूका अनुसार भाङ्गोलाई प्राचीन चीनमा कोदो, धान, जौजस्तै अन्नको रूपमा लिइन्थ्यो। तथापि, यसको बिरुवाको प्रारम्भिक वा प्राथमिक उपयोग यसबाट प्राप्त हुने फाइबर ९कपडा०का लागि हुने गर्थ्यो ९लि हुइ लिनर१९७४००। पश्चिम युरोपमा पनि परम्परागत रूपमा यसको खेती कपडा र डोरी उत्पादनका लागि गर्ने गरिन्थ्यो।

आलसलाई जस्तै भाङ्गोलाई पनि विभिन्न तरिकाले खान सकिन्छ। चीनमा यसलाई भुटेर खाजाको रुपमा खाइन्छ। कतिपय देशमा भाङ्गोलाई बेकरी पाउरोटी, कुकीज, एनर्जी बार, साथै मासु र मासु उत्पादनहरूमा समेत मिसाइएको पाइन्छ। विशुद्ध शाकाहारीहरूले ुहेम्प मिल्कु अर्थात् भाङ्गोको दूध बनाएर पनि खाने गर्छन्। अचेल बजारमा यसको तेल, आँटा, र प्रोटिन पाउडर पनि उपलब्ध छन्।

भाङ्गोका फाइदाहरूः

भाङ्गो ३ चम्चा मात्रै खाने हो भने पनि १० ग्राम प्रोटिन प्राप्त गर्न सकिन्छ। यो भिटामिन ई, फस्फोरस, पोटासियम, म्याग्नेसियम, सल्फर, क्याल्सियम, आइरन र जिंकको राम्रो स्रोत हो। आलस जस्तै भाङ्गोमा पनि प्रशस्त ओमेगा ३ पाइन्छ। यसमा पाइने गामा लिनिलेनिक एसिडले महिलाहरूमा महिनावारी हुनुअघि देखिने समस्या, जस्तैस् झर्को लाग्ने, स्तन दुख्ने, मुड बदलिरहने, उदासी भइरहने आदिलाई कम गर्न सहयोग गर्दछ। भाङ्गोमा यथेष्ट मात्रामा रेसादार पदार्थ पाइने हुँदा कब्जियत निको पार्न पनि मद्दत गर्दछ।

काल्लवे, जेम्स, एट अल (२००५) ले गरेको अध्ययनमा भाङ्गोको तेलले सुख्खा छालालाई राहत दिने, चिलाउन कम गर्ने र औषधिको आवश्यकतासमेत कम गरेको पाइएको छ। भाङ्गोमा फाइदाजनक चिल्लो मात्र नभै थुप्रै अन्य पोषक तत्व पाइने हुँदा नियमित खानका लागि भने भाङ्गोको तेलभन्दा पनि भाङ्गोमै ध्यान दिनुपर्छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सरकारसँगै डराइरहेका छन् व्यवसायी …

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu