ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीति उत्तेजना र भावना भन्दा माथि हुन्छ :प्रधानमन्त्री प्रचण्ड


ABC NEWS
२५ पुस २०७९, सोमबार   १ : ३५   बजे

काठमाडौं २५ पुस । जनताको चासो र चिन्ता सबै राजनीतिक दलको साझा प्रतिवद्धता हुनु पर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । नवनिर्वाचित संदको पहिलो वैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने संसदमा प्रवेश गरेका नयाँ दलहरुलाई स्वागत छ्, उनले भने प्रधानमन्त्री
राजनीतिलाई भावना र उत्तेजनाभन्दा माथि आर्थिक क्रान्तिको सझा संकल्पका रुपमा कार्यान्वयन गर्नु पर्दछ ।
नवनिर्वाचित संसदमा १२ वटा विभिन्न दलहरुको प्रतिनिधित्व रहेको छ । ती मध्ये ७ वटा दलले राष्ट्रिय मान्यता प्राप्त गरेका छन् ।

अहिले हामी लोकतन्त्रको मन्दिरमा छौँ। हामीलाई जनताले सशर्त समर्थन दिएका छन्’, उनले भने, ‘जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ सक्दैनौँ? त्यसैले यो संसद हाम्रो परीक्षा पनि हो।’

उनले अब परम्परागत राजनीतिले मात्रै जनतामा जान नसकिने बताए। ‘अब परम्परागत राजनीतिले मात्रै हामी जनतामा जान सक्दैनौँ’, उनले भने, ‘हामी फरक फरक राजनीतिक पृष्ठभूमिबाट आएका छौँ। जनतासँग सुशासनका प्रतिवद्धता हाम्रा साझा हुन्।’

उनले यो पटक नयाँ दलहरु संसदमा आएका पनि उनले बताए। ‘नयाँ दलहरु संसदमा आउनु भएको छ। तपाईंहरुको प्रवेश लोकतन्त्र र नागरिकको जीत हो’, उनले भने, ‘तपाईंहरुको आवेग जाजय छ।’

उनले अब केही हुँदैन भन्ने भावना त्याग्नुपर्ने बताए। ‘केही हुँदैन भन्ने हीन भावनाका ठाउँमा गरे के हुँदैन भनेर आशा जगाउनु छ’, उनले भने, ‘विभेद र बहिष्करणलाई अस्वीकार गर्दै राष्ट्रिय एकता बलियो बनाउनुछ।’

संसद्को अर्जुनदृष्टि सुशासन र समृद्धि

प्रतिनिधिसभाको सोमबारबाट सुरु भएको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘यो संसद्को अर्जुनदृष्टि सुशासन र समृद्धि हुनेछ ।’ संसद्‌मा लोकतान्त्रिक अभ्यासको वातावरण हुनुपर्ने उनको भनाइ थियो । संसद्‌मा उत्तेजनाभन्दा पनि समझदारीमा अगाडि बढ्नुपर्ने उनको आग्रह थियो ।

‘राजनीतिलाई भावना र उत्तेजनाभन्दा पर आर्थिक समृद्धिको महाअभियानमा केन्द्रित गर्नु छ । विभेद र बहिष्करणलाई अस्वीकार गर्दै राष्ट्रिय एकता बलियो बनाउनुछ । समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गर्नुछ,’ प्रधानमन्त्री दाहालले भने, ‘यो प्रतिनिधिसभा सार्थक संवादको थलो बन्नेछ । हाम्रा अभ्यासहरूमा जनताले गौरव गर्ने वातावरण बन्नेछ । राष्ट्रका आवश्यकताका बारेमा विवेकपूर्ण निर्णय लिइनेछ । सहमतिमात्रै होइन हाम्रा मतभेद पनि मर्यादापूर्ण हुनेछन् ।’

दाहालले भने, “समस्या केलाएर बस्ने छुट छैन, समाधानको सूत्र खोज्नुपर्छ।”
प्रधानमन्त्री दाहालले पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनतम पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा दाहाल पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए।
प्रतिनिधि सभामा सत्तारुढ गठबन्धनमा रहेका एमालेका ७८, माओवादीका ३२, स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका तीन सांसद छन्। २७५ सदस्यीय प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न १३८ सांसद आवश्यक पर्छ।
त्यस्तै, विपक्षमा रहेका नेपाली कांग्रेसका ८९, नेकपा (एकीकृत समाजवादी)का १०, लोकतान्त्रिक समाजवादी पार्टीका चार, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टीका एक-एक सांसद छन्। प्रतिनिधि सभामा पाँच जना स्वतन्त्र सांसद छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group