ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्डको पक्षमा सिंगै संसद विश्वासको मतको पक्षमा २६८ विपक्षमा जम्मा २ मत


ABC NEWS
२६ पुस २०७९, मंगलबार   ५ : २५   बजे

काठमाडौं २६पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री नियुक्त भएएको १६ दिनमा संसदबाट भारीमतका साथ विश्वासको मतस प्राप्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले संसद मा रहेका १२ दल मध्ये १० दल र तीन जना स्वतन्त्र सांसद गरी जम्मा २६८ मत पाएका छन् । प्रचण्डको विपक्षमा १–१ सिट रहेका राजमो र नेमकिपाका दुई जना, तथा मोरंग ५ बाट निर्वाचित एमालेका बागी स्वतन्त्र सांसद मात्र उभिएका छन् ।


आश्चार्यजनक रुपमा प्रमुख प्रतिपक्षी र संसदको सवैभन्दा ठूलो दल नेपाली कांग्रेसले समेत प्रधानमन्त्री प्रचण्डको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

संसदमा नेका ८९, एमाले ७९, माआवादी ३२, रास्वपा २०, राप्रपा१४, जसपा १२, एस १०, जनमत ६, लोसपा ४ नाउपा ४, राजमो र नेमकिपा १,१ र स्वतन्त्र तीन जना सांसद रहेका छन् ।
सत्ता साझेदारका रुपमा नेका, लोसपा, एस र राजमो तथा नेमकिपा बाहेकका ७ दल रहेका छन् ।

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर यही संसदीय कार्यकालमा पुनः प्रचण्डसंग सत्ता साझेदारीको ढोका खुला नै राखेको रुपमा समेत हेरिएको छ । नेपालको संसदीय इतिहासमा दुई वा दुई भन्दा बढी दलको संयुक्त सरकार वा एकल बहुमत प्राप्त दलको प्रधानमन्त्रीको पक्षमा सबै दल खडा भएको यो पहिलो घटना हो । प्रधानमन्त्री प्रचण्डको यो तेस्रो कार्यकाल हो ।

२०५१ सालमा ततकालीन संसदको सबैभन्दा ठूलो दल एमालेको अल्पमतको सरकारलाई बाध्यात्मक रुपमा कांग्रेसले विश्वासको मत दिएको थियो । त्यो बेला कांग्रेसले एमाले अध्यक्ष मनमोहन अधिकारीलाई विश्वासको मत दिएको ८ महिना नपुग्दै कांग्रेसले नै अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । सोही प्रस्तावका कारण २०५२ साल भदौमा नेकाका शेरबहादुर देउवा पहिलो पटक राप्रपाको सहयोगामा प्रधानमन्त्री बनेका थिए ।
संसदमा रहेका सबै दल आफ्नो पक्षमा उभिएको घटनालाई प्रधानमन्त्री प्रचण्डले संघीय संसदले आफूमाथि न्याय गरेको टिप्पणी गरेका छन् । प्रचण्ड गणतन्त्र, शान्ति प्रक्रिया, संविधानसभाका नायक हुन् । उनको नेतृत्वमा २०५२ सालदेखि २०६२ सालसम्म सशस्त्र संघर्ष भएको थियो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार जारी, पुनः बाढी आएपछि नदीको सतह १० मिटरसम्म बढ्यो

त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धारका लागि प्राविधिक टोली परिचालन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu