काठमाडौं, ६ माघ। अहिले गणतन्त्रका नायक पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेको छ । यो सरकारमा संसदमा रहेका ५ वटा दल सहभागी भएका छन् । माओवादी र एमालेबीचको एकता र झगडा नेपाली राजनीतिको स्वभाविक पहेली हो । तर विचित्र के छ भने जिन्दगीभरि प्रचण्डलाई गाली गरेर नथाकेका मात्र होइन, प्रचण्डलाई बद्ख्वाईं गर्ने, त्यतिले पनि नपुगेर प्रचण्डलाई समाप्त पार्ने षडयन्त्रको मुखौटा बनेका केही समय टिभीमा चिच्यचाएर जनतामा बढेको प्रमुखदल प्रतिको आक्रोशलाई समाते जस्तो देखिएका पात्र रवि लामिछाने तिनै प्रचण्ड सरकारको उप प्रधानमन्त्री बनेका छन् ।
त्यतिमात्र कहां हो र ? चुनाव ताका एक एक गरेर प्रचण्ड, केपी ओली र शेरबहादुर देउवालाई हराउनु पर्दछ भन्दै लामिछाने चिच्याएको तपाईंहरुले पनि विर्सनु भएको छैन होला । लामिछानेले एक एक गरेर हराउनु पर्छ भन्दै धेरैको नाम लिए पनि उनको मुख्य आक्रोशको आगो थियो प्रचण्डका विरुद्ध । त्यो पनि ठिकै छ उनले त प्रचण्डसहितका नेताहरुलाई खुलामञ्चमा लगेर मुड्डी घुमाएर नाकको डाँडी भाँच्ने फुईं लगाएको भिडियो फुटेज पनि अझै सम्म भाइरल भइरहेकै होला । प्रचण्डलाई चितवनबाट हराउने भन्दै पूर्व राजावादीहरुका नेता राजेन्द्र लिङ्देनदेखि कुनै बेला र अहिले पनि प्रचण्डका सहयात्री बनेका केपी ओली सम्मले बनाएको चितवन क्षेत्र नं. ३ का लागि डमी उमेद्वार बन्दै थिए लामिछाने । प्रचण्ड चुनाव लड्न गोरखा गएपछि लामिछाने फाली फुकालेको हलो जस्तै भएका थिए ।
उनको भाग्यबलियो रहेछ हलो र ओलीको सहयोगमा चितवन २ बाट चुनाव लडे । अहिले जस्तो सरकार बनेको छ । त्यसमा चार चार जना नामकखांतिर नाम भनेजस्तै गरेर उपप्रधान मन्त्रीभएका छन् । यिनै लामिछाने तिनै चार मध्येका एक नभएर कुनै टिभीको स्त्रिनमा हप्तामा एक दिनको समय पाएर बोल्ने मानिस भएको भए के भनेर चिच्याउने थिए होला ? शायद उनले भन्ने थिए होलान् ‘पुष्पकमलदाहाल जी तपाईंले चार चार जना उप प्रधानमन्त्री सिंहदरबार माम्यारिज खेल्न बनाउनु भएको होइन कसरी भन्ने ? वा यस्तै यस्तै । अहिले त्यही म्यारिज खेलका प्युसा बनेका छन् लामिछाने । उनले गठबन्धन सरकार बनाउने बेलामा कोही पनि उपप्रधानमन्त्री नराखौं भन्न किन सकेनन् ? यस्तो कल्पना तपाईंहरु कसैले गर्दै हुनुहुन्छ भने फेरि पनि धोका खांदै हुनुहुन्छ ।
यिनै रवि लामिछानेले उपप्रधानमन्त्री सहित गृह दिने भएमात्र आफूले सरकारलाई समर्थन गर्ने नभए कांग्रेसतिर लाग्ने भनेर ओलीलाई घुकाईरहेका थिए । सत्ताका लागि वैधता आवश्यक हुन्छ । वैध सत्तामा जनमत र कानुनी बल हुन्छ भने अवैध सत्तामा हतियार वा सैनिक बल हुन्छ । वैध सत्तावालाको सबैभन्दा ठूलो बल नै जनताको समर्थन हो । तर पछिल्ला दिनहरूमा वैध सत्ता प्राप्त गरेकाहरूको पनि मनोविज्ञान जनतातर्फभन्दा आफूतर्फ केन्द्रित हुन थालेको देखिन्छ । जब केही व्यक्तिको सत्ता स्पर्श हुन्छ, त्यसपछि उसले आफ्नो धरातल बिर्सन थाल्छ । सत्तामा पुगेपछि मान्छेको मनोविज्ञानमा परिवर्तन आउँछ । दर्शक वृन्द्ध नेपाली नागरिकता त्यागेर अमेरकी नागरिकता लिईसकेका रवि लामिछाने नेपालमा टेलिभिजनमा कार्यक्रम गरेर चर्चामा आए । उनले सिधा कुरा जनतासँग चलाउँदा वैदेशिक रोजगारीमा समस्यामा परेका नेपाली र नेपालको राजनीतिक विकृति र भ्रष्टाचार बिरुद्ध चर्चा गरे । जसको फलस्वरुप उनले लोकप्रियता पाए । त्यसैको जगमा उनले टेलिजिभनबाटै राजनीतिमा लाग्ने घोषणा गरेर दल निर्माण गरे ।
छोटो अवधिमै उनले सफलता पाए । संसदमा उनले २० सिट जिते । उनले पार्टी घोषणा गर्दा भनेका थिए भ्रष्टहरु बिरुद्धको घण्टी बजाउन शुरु भयो । सुसासन कायम गर्ने राम्रो काम गर्ने उनको अठोट थियो । त्यही एजेण्डाका कारण उनलाई युवाहरुले मत दिए । उनी लगत्तै सत्ताको बार्गेनिङमा लागे । ओली र प्रचण्डले पनि उपप्रधानमन्त्री सहित रोजेकै मन्त्रालय गृह दिएर उनको समर्थन लियो । डिजिटल डिमोक्रेसीको कुरा गरेका उनले सरकारमा पुग्नासाथ कार्यक्षेत्र बाहिर पुगेर राहदानी विभागको अनुगमन गरे । प्रहरीहरुको एकै पटक ठूलो मात्रामा सरुवा गरे । उनी बिरुद्ध नेपाली नागरिकताको अवैध प्रयोगको बिषयमा सर्वोच्चमा बिचाराधीन मुद्धा रहेको र अख्तियार र प्रहरीले उनी बिरुद्ध अनुसन्धान गरिरहेका बेला तीनै लामिछाने प्रहरीकै नेतृत्व गर्ने मन्त्री बने । त्यसपछि उनको अनुसन्धान प्रभावित बनेको छ । यो स्वार्थ बाझिने मन्त्रालय उनलाई दिँनु पनि र उनले लिनु पनि आफैमा सुसासन बिरुद्धको पहिलो कदम थियो । त्यसपछि दोस्रो उनले म्यानपावर व्यवशायीलाई नै श्रम मन्त्रीको जिम्मेवारी दिए । त्यसको बिरुद्ध चौतर्फी प्रश्न उठ्न शुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्