ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री मोदी र गुजरात दंगामाथि बनेको बीबीसीको ‘डकुमेन्ट्री’ प्रसारण भारतमा रोक


ABC NEWS
८ माघ २०७९, आइतबार   ३ : १९   बजे

काठमाडौँ — भारत सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सन् २००२ मा भारतको गुजरातमा भएको दंगामाथि बनेको बीबीसीको डकुमेन्ट्री प्रसारणमा रोक लगाएको छ । बीबीसीले सन् २००२ मा भारतको गुजरातमा भएको दंगाको विषयलाई लिएर बनाएको डकुमेन्ट्रीमा प्रधानमन्त्री मोदीको नकारात्मक चित्रण गरिएको भन्दै विरोध भएको थियो ।

 

‘इन्डिया : द मोदी क्वेस्चन’ शीर्षकको उक्त डकुमेन्ट्रीमा मोदीको सुरुवाती राजनीतिक जीवनको बारेमा देखिएको छ । मोदी गुजरातको मुख्यमन्त्री भएको समयमा भएको दंगाको विषयमा बनेको उक्त डकुमेन्ट्रीका अंशसमेत सामाजिक सञ्जालमा पोस्ट गर्न प्रतिबन्ध लगाइएको छ ।

डकुमेन्ट्रीका कुनै पनि अंश सामाजिक सञ्जालमा सेयर गर्न नदिन भारत सरकारले निर्देशन दिएको सरकारका सल्लाहकार कञ्चन गुप्ताले ट्विटरमा उल्लेख गरेका छन् ।

उक्त डकुमेन्ट्रीबारे बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार प्रेस सम्मेलनमा यो डकुमेन्ट्रीको उद्देश्य नै अर्कै किसिमको न्यारेटिभ सिर्जना गर्नु भएको बताएका छन् । उक्त न्यारेटिभलाई यसअघि नै निष्क्रिय भइसकेकोमा पुनः त्यसलाई ब्युँताउन खोजिएको आरोप लगाएका छन् । उनले डकुमेन्ट्री बनाउने बीबीसीको आशयप्रतिसमेत संशय व्यक्त गरेका छन् ।

उक्त डकुमेन्ट्री एक अप्रकाशित रिपोर्टमा आधारित रहेको बीबीसीले जनाएको छ । उक्त रिपोर्ट बेलायतको विदेश विभागबाट प्राप्त भएको बीबीसीले उल्लेख गरेको छ । डकुमेन्ट्रीमा प्रधानमन्त्री मोदी भारतको गुजरातमा मुख्यमन्त्री भएको समयमा भएको दंगामा कम्तीमा पनि २ हजार मानिसको मृत्यु भएको विषयलाई उठाइएको छ ।

बेलायतको विदेश विभागमा रहेको उक्त रिपोर्टका अनुसार सन् २००२ मा भएको उक्त दंगा फैलाउनमा मोदीको प्रत्यक्ष संलग्नता रहेको थियो ।

प्रधानमन्त्री मोदी भने आफू उक्त हिंसामा कतैबाट पनि संलग्न नभएको भन्दै बचाउ गर्दै आएका छन् । आफूहरूको अनुसन्धानको निष्कर्ष आज पनि उत्तिकै सान्दर्भिक र सही रहेको उक्त रिपोर्ट लेख्ने कूटनीतिज्ञलाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ ।

विभिन्न कूटनीतिज्ञहरूद्वारा बनाइएको उक्त रिपोर्ट बेलायती विदेशमन्त्री ज्याक स्ट्रोको निर्देशनमा तयार पारिएको थियो । उक्त हिंसाको विस्तार‚ मिडियामा आएको रिपोर्टभन्दा धेरै गहिरो रहेको र दंगाको उद्देश्य हिन्दूहरू बसोबास गर्दै आएको क्षेत्रबाट मुसलमानलाई हटाउनु भएको रिपोर्टमा उल्लेख गरिएको छ ।

गुजरात दंगाका आरोपित भारतीय प्रधानमन्त्री मोदीले यसअघि नै त्यहाँको सर्वोच्च अदालतद्वारा सफाइ पाइसकेका छन् । अदालतले गुजरात दंगामा कुनै समुदायमाथि हिंसा फैलाउने षड्यन्त्र कुनै पनि उच्च सरकारी तहबाट नभएको भन्दै रिट खारेज गरिदिएको थियो ।

रिटमा कुनै गलत उद्देश्यले दंगा फैलाइएको र त्यसमा मोदीसहितको सहभागिता रहेको भन्दै कानुनी कारबाहीको माग गरिएको भए पनि सर्वोच्चले अल्पसंख्यकविरुद्ध राज्य प्रायोजित अपराध भएको आरोप अस्वीकार गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu