ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी, जसपा, एस र नेसपाबीच पार्टी एकता, नभए मोर्चावन्दी ! एमालेमाथि दबाब


ABC NEWS
९ माघ २०७९, सोमबार   ६ : ४७   बजे

 

काठमाडौँ ९ माघ ।  नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच पुनः पार्टी एकताको कोशिश  शुरु भएको छ । गत हप्ता प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो ।

आइतबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तीनकुनेमा जसपा र एकीकृत समाजवादीका वार्ता समितिबीच छलफल भएको थियो । दुई दलका बीचमा एकीकृत समाजवादीको तर्फबाट महासचिव बेदुराम भुसाल, उपमहासचिवद्वय विजय पौडेल र प्रकाश ज्वाला र जसपातर्फबाट अशोक राई र राजेन्द्र श्रेष्ठसहितका नेता वार्तामा सहभागी थिए ।

आइतबार नै दिउँसो एकीकृत समाजवादी र माओवादी केन्द्रको वार्ता टोलीबीच माओवादी मुख्यालय पेरिसडाँडामा वार्ता भएको थियो । जसमा माओवादीका नेता कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत सहभागी थिए ।

‘तीनै दलका अध्यक्षबीच गोप्य स्थानमा छलफलपछि वार्ता टोली सक्रिय भएको हो,’ वार्तामा सहभागी एक नेताले बताए । ‘नेताहरुबीच राष्ट्रपति निर्वाचनअघि नै एकता नभएर मोर्चा निर्माण गर्ने विषयमा तयारी रहेको छ । त्यसैअनुसार आइतबारबाट वार्ता सुरु भएको हो ।’

राष्ट्रपति निर्वाचन माघ २८ अघि नै गरिसक्नु पर्ने छ । संवैधानिक राष्ट्रपति भए पनि कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा सरकार निर्माणसहित विषयमा भूमिका महत्वपूर्ण हुने अनुमान गरिदै आएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच छलफलपछि वार्ता टोली सक्रिय भएको हो ।

 

एमालेले राष्ट्रपति आफ्नो दलले पाउने गरी गठबन्धनभित्र सहमति रहेको दावी गर्दै आएको छ । वार्ता टोलीका सदस्य रहेका एकीकृत समाजवादी उपमहासचिव प्रकाश ज्वालाले ३ दलबीच एकताका लागि वार्ता सुरु भएको बताए । ‘तीनै दलबीच वार्ता सुरु भएको छ । पहिलो चरणमा दस्तावेजको आदान प्रदान गरेका छौं,’ ज्वालाले भने, ‘आजको वार्तामा पार्टी एकता, वर्तमान र भविष्यको राजनीतिक यात्रा, वार्ता समितिहरुको कार्य जिम्मेवारीलगायत विभिन्न वैचारिक राजनीतिक विषयमा छलफल हुनुको साथै दुई पार्टीबीच पार्टीका दस्तावेजहरु आदानप्रदान गरिएको छ । आजको वार्ता सकारात्मक रहेको र दुई पार्टीबिच सम्वादलाई निरन्तरता दिने सहमति भएको छ ।’

माओवादी केन्द्र र एकीकृत समाजवादीले आमनिर्वाचनअघि नै एकताका लागि एकता संयोजन समिति बनाएको थियो । प्रतिनिधिसभामा ३२ सीट रहेको माओवादी सरकारको नेतृत्व गरिरहेको छ भने १२ सीट रहेको जसपाले सत्ता गठबन्धनमा रहेको छ । मन्त्रालयको भागबन्डामा असन्तुष्टि जनाउँदै सरकारमा सहभागी भएको छैन । १० स्थान रहेको एकीकृत समाजवादी भने विपक्ष दलको रुपमा रहेको छ । चुनावअघिको कांग्रेससहितको गठबन्धनमा भने ३ वटै दल एकै स्थानमा रहेका थिए ।
वामपन्थीहरु बीच एकता गर्नु पर्ने भन्दै माओवादी नेता कृष्णबहादुर महराले कपिलवस्तु पुगेर नेत्र विक्रम चन्द विप्लवलाई समेत भेटेर आएका छन् । विप्लवको पार्टीको केन्द्रीय समितिको ब्रैठक कपिलस्तुमै जारी छ ।
शनिबार माओवादी र बाबुराम नेतृत्वको पार्टीका बीचमा पार्टी एकता गर्नेगरी अन्तिम तयारी गर्ने भन्ने सहमति भएको छ । माओवादी स्रोतका अनुसार माघ ११ गते हुने माओवादीको स्थायी समितिको बैठकले भट्टराईससंगको एकतालाई अनुमोदन गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group