ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति चुनावबारे सुझाव माग्दै प्रचण्डले भने – ‘ओलीको रकमी तरिका फेरिएको छैन’


ABC NEWS
१२ माघ २०७९, बिहिबार   ९ : ०२   बजे

 

काठमाडौँ १२ माघ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका नेताहरुसंग राष्ट्रपतिको निर्वाचन र उमेद्वारका बारेमा सुझाब मागेका छन् ।अध्यक्ष प्रचण्डले विहीबार शुरु भएको स्थायी कमिटीको बैठकमा समसामयिक राजनीतिक विषयमा ब्रिफिङ गर्दै राष्ट्रपतिको निर्वाचनबारे सुझाव मागेका हुन् ।
राष्ट्रपति निर्वाचनबारे दाहालले सत्ता साझेदार एमालेसँग छलफल चलिरहेको जानकारी स्थायी कमिटीलाई दिएका थिए । कांग्रेसले सरकारलाई विश्वासको मत दिएको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा गठबन्धनमा रहेका अन्य राजनीतिक दलका नेताहरूसँग पनि छलफल चलिरहेको उनले बताएका थिए ।
एक नेताका अनुसार वाम गठबन्धनको सरकार बने पनि ओलीको बानी र कार्यशैलीमा कुनै परिवर्तन नभएको प्रचण्डले बैठकलाई बताएका छन् । स्रोतका नुससार सत्ता गठबन्धनको ठूलो दल एमालेका अध्यक्ष ओलीले राप्रपा र रास्वपालाई बढी महत्व दिएर माओवादीलाई कर्नर गर्न खोजेको आभास भइरहेको प्रचण्डले बैठकमा बताएका थिए । ओलीले जहां जे पनि बोल्ने र अत्यन्तै रकमी पारामा कुरा गर्ने गरेको भन्दै प्रचण्डले भने उनी सजिलै ढांट्न र त्यसलाई केही नभएजस्तो अभिनय गर्नमा माहिर छन् ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको फागुन २९ गते कार्यकाल सकिन लागेको र नयाँ राष्ट्रपतिका लागि निर्वाचन तयारी भइरहेको अवस्थामा दाहालले पार्टीका नेताहरूबाट सुझाव मागेका हुन् ।

स्थायी कमिटी सदस्य महेश्वरजंग गहतराजले मुलुकको अबको राजनीतिबारे धारणा बनाएर आउन अध्यक्ष दाहालबाट आग्रह भएको बताए । ुअब मुलुक राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा केन्द्रित हुन्छ । स्थायी कमिटीको यो बैठकमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे पनि छलफल हुन्छ । यसबारे सबैले धारणा बनाउनुहोला भन्नुभएको छ, गहतराजले भने ।
एमालेसँगको गठबन्धनलाई नै अगाडि बढाउने आफ्नो पूर्ण प्रयास रहने कुरा पनि दाहालले स्थायी कमिटीमा राखेका थिए । उनले एमालेसँग २०७५ सालमा भएको पार्टी एकतादेखि एकता विघटनसम्मका विषय पनि राखेका थिए ।

स्थायी कमिटी सदस्य जयपुरी घर्तीले बैठकमा अध्यक्षले राखेका विषयबारे भनिन्, विगतमा पार्टी एकता भयो फेरि विघटन भयो, यो पृष्ठभूमिमा अहिले सरकार बनेको छ । यो गठबन्धन टिकाउने र अर्को निर्वाचनसम्म लैजाने भन्ने हाम्रो कोसिस रहन्छ भन्ने कुरा राख्नुभएको थियो ।

एमालेले गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार उठाउने भनेको र कांग्रेसले पनि विश्वासको मत दिएपछि राष्ट्रपतिमा दाबी गरेको कुरा दाहालले बताएका थिए । यस विषयमा दाहालको भनाइ उदृत गर्दै घर्तीले भनिन्, ‘सबैसँग छलफल गरेर जानुपर्छ । कांग्रेसले पनि समर्थन गरेर आएको छ । राष्ट्रपतिबारे गठबन्धनमा पनि छलफल भइरहेको छ ।’सत्ता गठबन्धनभित्र एमालेबाट राष्ट्रपति र माओवादी केन्द्रबाट उपराष्ट्रपति उम्मेदवार बनाउने सहमति छ ।’

‘कांग्रेसले ठूलो धोका दिएको हो नि! हामीसँग एउटा समझदारी गर्ने अनि माओवादीलाई सत्ताबाहिर राख्ने अन्तको डिजाइनमा साथ दिन तयार भएर बसेको रहेछ’, प्रचण्डले बैठकमा भने, ‘गठबन्धनका पार्टनरहरुले पनि सहयोग गरेको देखिएन। संख्याभन्दा बढी भाग माग्ने गरेर समस्यामा पारे।’

कांग्रेसले रोक्न खोजे पनि नेकपा एमाले लगायतका दलहरुको सहयोगमा माओवादीकै नेतृत्वमा सरकार गठन भएकोले यसलाई जोगाउनुपर्ने दायित्व आफ्नो भएको प्रचण्डले बताए।

‘तपाईंहरुले देख्नु भएकै छ, अहिले नयाँ गठबन्धन कसरी अघि बढेको छ,’ प्रचण्डले थपे।

उनले अब कांग्रेससहित सबै दलबीच एउटा सहमति बनाउन लाग्नुपर्ने बताएका छन्।

‘अलिक गम्भीर हुनुपर्ने अवस्था छ, यहीबेला राम्रो सोचिएन भने भविष्यमा समस्या पर्नसक्छ,’ उनले बैठकमा भने।

माओवादी स्थायी कमिटीको बैठकले शुक्रबारदेखि एजेन्डामा छलफल गर्ने भएको छ । उपाध्यक्ष एवं पार्टी प्रवक्ता कृष्णबहादुर महराले शुक्रबार बिहान ११ बजेदेखि एजेन्डामा छलफल गर्नका लागि बैठक बस्ने बताए । संगठन विस्तार, पार्टीमा उपाध्यक्ष थप तथा समसामयिक राजनीतिक विषयमा स्थायी कमिटी बैठकमा एजेन्डा राखिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group