ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चको फैसलाबारे ट्विटरमा पूर्वसभामुख देखि पूर्वमुख्यसचिव भन्छन् – रबि कति अनैतिक, उनलाई बनाउने झन् कति बेइमान ?


ABC NEWS
१४ माघ २०७९, शनिबार   ८ : १२   बजे

काडमाडौं १४ माघ । पूर्व मुख्य सचिव लिलामणि पौडेल भनछन् – ‘रवि लामिछानेलाई अदालतको फैसलाले अनागरिक बनाएको हो कि उनले निर्वाचनमा प्रयोग गरेको नागरिकता रद्द भैसकेकोले चाहिने भए नागरकता लिने प्रकृयामा जाउँ भनेको हो ? बहस त अनागरिक भए भन्ने जस्तो छ। उनले पनि मिडियामा त्यही भने भन्ने छापिएको छ।’ बरिष्ठ पत्रकार ध्रुव अधिकारी थप टिप्पणी गर्छन – ‘नागरिकता चाहिने भए प्रक्रियामा प्रवेश गरेर
लिन सकिन्छ भन्ने नै अदालती आदेशको आशय देखिन्छ। लामिछानेका वकिलहरूले आ–आफ्नो क्षमता देखाउन सक्नुपर्थ्यो र सक्नुपर्छ।’

पूर्व सभामुख तथा बरिष्ठ अधिवक्ता दमनाथा दुंगाना भन्छन् –’साहसिलो आदेश हो अदालतको,रबि लामिछाने बारे । कानुन बमोजिम सम्पन्न सम्मानित आदेशको राजनैतिक प्रभाब राजनैनिक क्षेत्रले सम्हालने हो ।
एमाले पूर्व उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रहेका डा. भीम रावल भन्छन् सर्वोच्च अदालतबाट रवि लामिछानेजीको नागरिकता र संसद् सदस्यता बदर भइसकेपछि उहाँले कुन कुन नागरिकता कसरी प्राप्त गर्नुभयो र त्यसमा कसकसको संलग्नता छ भन्ने बारे छानबिन भइ कानून बमोजिम हुनु पर्छ ।’
नागरिक अभियन्ता तथा लेखकद्धय भलक सुवेदी र खगेन्द्र संग्रौलाले रोचक टिप्पणी गरेका छन् –सुवेदी भन्छन्– ‘रवि सर गोलखाडी जानू भो । अरु केही भन्नू छैन ।’

त्यसैमा संग्रौला थप्छन्
‘अनि प्रधानमन्त्री निर्माता बाल्कोटे बाले ?’ रोचक प्रश्न गरेका छन् । ‘त्यसैमा गोविन्द अधिकारी थप्छन् – सबैभन्दा बढी त उनलाई गृहमन्त्री बनाउने प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने हैन ?’

पूर्व सभासद हरिरोका लेख्छन् – ‘एकअमेरिकी नागरिकले नेपालको गृहमनन्त्री भएर हामी नेपालीमाथि एक महिना शासन गर्न भ्याए । यस्कालागि कोही कतइ जिम्मेवार हुन पर्ने वा नपर्ने ? पासपोर्ट अड्डा, जस्तो निर्वाचन आयोग, सत्तारूढ राजनैतिक दलहरू, गरिमामय संसद आदि,इत्यादि? ‘

पूर्व मुख्य सचिव भोजराज घिमिरे भन्छन् – ‘नागरिकता विवाद उठेपछि छानवीन नगरीकन मतगणना र नतिजा प्रकाशन गर्ने अनि क्षेत्राधिकार सर्वोच्च अदालतको भनी पन्छाउने निर्वाचन आयोगमाथि प्रश्न चिन्ह खडा भएको छ ?

ट्विटरमा चर्चित डा. रमेश कोइरालले गज्जब प्रश्न उठाएका छन् –बीसका बीस सांसद रविको छविले बनाएको जगका कारण चुनिएका हुन्। तर अब जग नै अनैतिक भइसकेपछि ती १९ले के गर्लान्रु कमसेकम एकजनाले पनि ग्लानीबोध गरेर सांसद पदबाट राजिनामा देलान् त ?  कि पदमा लिसो झैँ टाँसिइरहला ?  कि दुईचारदिन लुक्लान् ? के गर्लान् त ? हेर्दै गर्नूस्, जनतासँग सिधा कुरा !’

रास्वपाका सांसद मनिष झा प्रतिउत्तर दिन्छन् –

‘डाक्साब के तपाईले मेरो राजिनामा खोजेको हो ?  कि गगन थापा पनि देउवा कै कारण जितेको भन्ने प्रमाणित गर्न खोजेको हो ? गंगालाल र रामेश कोइराला फरक छ, अस्तित्व फरक छ र स्विकार्यता फरक छ। मैले त्यही स्वीकारेको छु र तपाईबाट पनि त्यही अभ्यासको अपेक्षा रहेको छ।”उप निर्वाचन हुन्छ भन्ने जबाफ होइन, नैतिकताको कठघरामा उभिएको प्रमाणित गर्न सक्नुपर्छ ।’

विश्लेषक तथा टिप्पणीकार चन्द्र किशोरले सवैभन्दा गम्भीर र यथार्थपरक टिप्पणी मतदातालाई सोधेका छन् – ‘नेपाली क्रांतिको इतिहासमा चितवनबासीको योगदान स्तुत्य छ । रवि लामिछाने जो अनागरिक नेपाली भाषी थिए तिनलाई मत दिएर जिताउने चितवन 2 का मतदाता यतिखेर नैतिकताको कठघरामा उभिएका छन। मतदान गर्दा निकै सुझबुझ र संयम न देखाए ,केवल बतासे तालमा भोट दिदा यस्तै अप्रतिनिधित्वको अवस्था आईपुग्छ।’
ट्विटर प्रयोगकर्ता अंकल ब्राम लेख्छिन् – श्रीमती लाई झुक्याए झैं देश लाई झुक्याउन सजिलो रैनछ नीरु नागरिकता हराएको मान्छे।’
रबिका बारेका यसपाटोको ससबैभन्दा गम्भीर प्रश्न यो पनि पक्कै हो ।

ट्विटरमा चर्चित प्रदीप भट्टराईले रबिको पक्ष्मा वकालत गर्ने वकिलहरुको पनि हिसाब किताव राख्नु पर्ने बतएका छन् – ‘अनागरिक रवि लामिछानेको पक्षमा वकालत गर्ने सुनील पोखरेल र सुशील पन्त हुन् यी।पैसा पाएपछि अनागरिकलाई पनि नागरिक बनाउन लाग्ने यी दुई पनि राष्ट्रद्रोही हुन् ।
यस्ता राष्ट्रद्रोहीहरूको पनि हिसाबकिताव राखिरहौं ‘

सामाजिक भियन्ता उज्जव विक्रम थापा लेख्छन् –’पर्यटक भिसामा बिदेशी नागरिक एअरपोर्ट आउने र दराज मा राखेको पुरानो नेपाली नगरिकता लिएर कार्यालय गएर गैरकानुनी काम गर्ने सम्पुर्ण नेपाली मुल का बिदेशी नागरिक सावधान।’ स्वरुप आचार्य ले भनेका छन् उलने गृहबाट बाहिरिंदा पनि झुठ बोलेका छन् –’रवि लामिछानेले गृहमन्त्रालयबाट बाहिरिँदै गर्दा पुनस् झुठ बोलेका छन् । सर्वोच्च अदालतले उनलाई परिचय नभएको अनागरिक बनाएको होइन केवल उनीसँग वैधानिक नागरिकता प्रमाणपत्र नरहेको सत्य उजागर गरिदिएको हो । वैधानिक रुपमा पुनस् नागरिकता लिन उनलाई कसैले रोकेको र छेकेको छैन।’
ट्विटर प्रयोगकर्ता शर्मिला आचार्य भन्छिन् – ‘आफ्नो नागरीकता लिने विधि पद्धति र कानुन पनि थाहा नभएको एउटा अराजक व्यक्तिले दुनियाँलाई तथानाम गालि गर्दै कानुन सिकाउँदै थियो ।’ नेपाली कांग्रेसका बुदिजीवी तथा लेखक गेजाशर्मा वाग्ले भन्छन् – ‘अदालतको फैसलाबाट कानुनी प्रश्नको त निरुपण भएको छ तर राजनीतिक र नैतिक प्रश्न कानुनी भन्दा पनि संवेदनशील छ ‘

विधिको शासन, सुशासन, पारदर्शिता, नैतिक राजनीतिुको नाममा राजनीतिमा आएका रवि आफैले फर्जी काम गरेकाले नेपाली जनतासंग क्षमा माग्दै सार्वजनिक जीवनबाट सन्यास लिनुपर्छ ।’

अभियन्ता केदार शर्मा भन्छन् – ‘नक्कली नामको मखुण्डोभित्र लुकेका हुन् वा चिनिएका रवि लामिछानेर रास्वपाका कार्यकर्ता र प्रशंसकहरूको छुच्याइँ र छुद्रताले अन्ततः पार्टीलाई नै नोक्सानी गर्छ। तिनलाई चुप लगाउन प्रयत्न गरे नसकिने होइन लाभ तपाईंहरूलाई नै हुन्छ है’

जनमत पार्टीका अध्यक्ष सिके राउतले भने रविप्रति सहानुभूति प्रकट गरेका छन् – ‘प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा ३रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो। बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो।’

Image

Image

प्रत्यक्ष निर्वाचितलाई पाखा लगाएर रबिका व्यवससायिक सहयोगी अर्याल, पार्टी सभापति र दलको नेता चयन

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group