ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खोलामा पुल बन्दा पनि राजघाटबासी भने दुःखै दुख


एबीसी न्यूज
१२ माघ २०७४, शुक्रबार   १० : ०२   बजे

 मोरङ, १२ माघ । खोलामा पक्की पुल बनेपछि सर्वसाधारण तथा स्थानीय खुशी हुन्छन् । तर झापा र मोरङ जोड्ने पुल बनेपछि स्थानीय दुःखी भएका छन् ।

आफ्नो गाउँको मुहार नै फेरिने सपना बोकेका मोरङको राजघाटवासीको सपना पानीको फोकाझैँ बनेको छ । मोरङ र झापा जिल्लाको सिमानामा रहेको मावा खोलामा पुल बनिसके पनि मोरङवासी अझै खुशी हुन सकेका छैनन् । खोलाको पूर्वी भागसँग जोडिएर ७५ दशमलव ४५ मिटर लामो पुल बने पनि खोलाको पश्चिमतर्फको झण्डै ५०० मिटर लामो भङ्गालोलाई व्यवस्थित गर्न नसक्दा पुल ‘लंकाको सुन’ जस्तै बनेको छ ।

झापातर्फ पुलसम्म आउने बाटो धमाधम कालोपत्रे भइरहेको छ भने मोरङतर्फ आमवारी–झुर्किया सडकसँग पुल जोड्न झण्डै ६०० मिटर सडक निर्माण गर्नुपर्ने स्थानीय गणेश राईको भनाइ छ ।

पुलबाट सडक जोड्ने बाटोका लागि साविक राजघाट–६, हाल उर्लाबारी–९ का सुकबहादुर लिम्बू, चक्रबहादुर राई, चक्र छाराहाङ र फौदराज लिम्बू, टंक लिम्बू र कालीबहादुर लिम्बूले आफ्नो नम्बरी जग्गाबाट २५÷२५ फिट जग्गा दिइसक्नुभएको छ ।

सडकलाई जग्गा दिएका फौदराज लिम्बूको तीन कट्ठामध्ये डेढ कट्ठा जग्गा बाटोमा गएको छ । सम्पत्तिका नाममा यही माटो हो तर बाटोमा जाने भयो, उहाँको भनाइ छ । उहाँले बाटोमा जग्गा गएपनि झापाको दमकसँग सिधा सम्पर्क हुनसके आफ्नो गाउँको विकास हुने सपना देख्नुभएको थियो ।

वर्षायाममा साविक दमक–१९ र राजघाट–६ का बासिन्दाले वारिपारि गर्न ३० किलोमिटरको यात्रा तय गर्नुपथ्र्याे । तर पुल बनिसक्दा पनि उनीहरूको नियति फेरिएको छैन । स्थानीय समाजसेवी तेजन खड्का भन्नुहुन्छ– “पुल बन्यो, तर मुख्य खोला माथि बनेन ।”

झापाले आफूलाई पायक पर्नेगरी पुल बनाउँदा मोरङवासीलाई अन्याय भएको राईको भनाइ छ । तर पुल निर्माण गर्दा साविक नक्सामा खोलो जहाँ छ त्यहीँ बनेको उर्लाबारी–९ का वडासदस्य खड्गबहादुर कार्कीको भनाइ छ । कार्कीले भन्नुभयो– खोला पश्चिम हानिएको बीसौँ वर्षभन्दा बढी भयो, तर हिउँदमा जहाँ पानी बगेको छ, त्यहीँ पुल बनाउने निर्णय हुँदा मोरङवासीलाई अन्याय भयो ।”

२०७१ को चैतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको पुल बिटी निर्माण सेवाले निर्माण गरेको हो । मावा पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष अम्बिका खनालका अनुसार सरकारले रु चार करोड ४० लाख मा २०० मिटर लम्बाइको पुल निर्माण गर्ने ठेक्का दिएको हो । तर पुल ७५ दशमलव ४५ मिटर लामो मात्र बनेको छ ।

मोरङतर्फको भङ्गालोमा कल्भर्ट निर्माण गर्नसमेत रु ६६ लाख बजेट विनियोजन भएको भएपनि भङ्गालो व्यवस्थापन अझै हुन सकेको छैन । स्थानीय गजलाल खवास भन्नुहुन्छ– “पुल बन्यो भनेर हामीले खुशी हुने अवस्था छैन । पुलसम्म पुग्न अर्को पुल चाहिन्छ । खोला माथि पुल नबनेको खवासको गुनासो छ ।

उपभोक्ता समितिका उपाध्यक्ष राजन रायमाझी मोरङतर्फको काम सन्तोषजनक नभएको बताउनुहुन्छ । कल्भर्टभन्दा पनि ६०० मिटर सडक निर्माण गर्ने काम जटिल रहेको रायमाझीको भनाइ छ ।

पुल बनेपछि मोरङतर्फको ६०० मिटर सडक निर्माण गर्न पुलको दुवैतर्फ अग्लो बाँध निर्माण गर्नुपर्ने रायमाझीको भनाइ छ । पुल निर्माण कम्पनीले पुलको उत्तरतर्फ एक किलोमिटर र दक्षिणतर्फ ५०० मिटर बाँध बनाउने सहमति गरेको भए पनि सहमति कार्यान्वयन नभएको उहाँले बताउनुभयो ।

त्यस्तै, झापा र मोरङतर्फ पुलबाट १÷१ सय मिटर सडक पनि व्यवस्थापन गरिदिने सहमति भएको थियो जसअनुसार झापातर्फ पुलसम्म आउने सडक धमाधम स्तरोन्नति भइरहेको छ भने मोरङतर्फ कुनै काम हुन सकेको छैन ।

उर्लावासी–९ का गणेश राईले भन्नुभयो– “पुल बन्नु राम्रो कुरा हो, तर पुलमा पुग्न अर्को पुल चाहिने भएको छ । वर्षायाममा खोलाले बगाएर ल्याएका जराबुटा तथा रुख पुलमुनि अड्किएर खोला थुनिन्छ र पानी पश्चिमको गाउँतर्फ पसेर डुबान हुने गरेको उहाँको भनाइ छ । पुलको निर्माण सम्पन्न भए विराटनगर र दमकको दूरी झण्डै ३० किलो छोट्टिने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको भेलले बगाएका तिलकलाई भुमरीले बचायो

माथिल्लो त्रिशूली–३ ‘बी’ मा उद्धार माग्दै माइतीघरमा प्रदर्शन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोशीको भेलले बगाएका तिलकलाई भुमरीले बचायो

ताप्लेजुङमा ट्याक्टर दुर्घटना, दुईजना बेपत्ता

माथिल्लो त्रिशूली–३ ‘बी’ मा उद्धार माग्दै माइतीघरमा प्रदर्शन

Armed Attack on Ohio Democratic Candidate During Campaign Stop

Philippines Warns China of Potential Reassertion Amid US-South Korea Drill Cuts

Proposed Repeal of Roadless Rule Sparks Concern Over Western Water Security

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu