ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय बजेटमा नेपाललाई दिने अनुदान घट्यो, यो वर्ष साढे ५ अर्ब मात्रै दिने


ABC NEWS
१८ माघ २०७९, बुधबार   ४ : २७   बजे

 

काठमाडौं १८ माघ । भारतले नेपाललाई उपलब्ध गराउने वार्षिक अनुदान रकम घटाएको छ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बुधबार पेश गरेको भारतको युनियन सरकारको २०२३–२०२४ को बजेटमा नेपाललाई ५ अर्ब ५० करोड भारु अनुदान शीर्षकमा विनियोजन गरेकी हुन्।

बुधबार भारतको नयाँ बजेट सार्वजनिक गर्दै भारतीय वित्त मन्त्री निर्मला सीतारमणले विभिन्न मुलुकहरूलाई दिने अनुदानबारे जानकारी दिएकी हुन्।

भारतीय बजेटअनुसार आगामी वर्ष भारतले नेपाललाई ५५० करोड भारू अनुदान दिनेछ।

गत वर्ष भारतले नेपाललाई दिने अनुदान रकम ४२५ करोड भारू थियो। सुरूमा ७५० करोड भारू अनुदान दिने बजेटमा उल्लेख भए पनि पछि बजेट संशोधन गरेर रकम घटाइएको थियो।

आर्थिक वर्ष २०२१-०२२ मा भारतले नेपाललाई ४४८ करोड भारू दिएको थियो।

यसपालि भारतले सबैभन्दा धेरै अनुदान भुटानलाई दिने भएको छ। भुटानले १६३२ करोड अनुदान पाउने भएको छ भने ७८८ करोड ऋण पाउने छ।

गत वर्ष भारु सात अर्ब ५० करोड (१२ अर्ब रुपैयाँ) अनुदान छुट्याइएको थियो। त्यसमा ४ अर्ब २५ करोड भारु भारतले नेपाललाई भुक्तानी गरिसकेको छ।

सन् २०२१–२२ को बजेटमा भारतले नेपाललाई नौ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) अनुदान छुट्याएको थियो।

कुनलाई कति? 

मौरिसस : ४ अर्ब ६० करोड ७९ लाख भारु 
म्यानमार : ४ अर्ब (भारु) 
अफगानिस्तान : २ अर्ब भारु 
बंगलादेश : २ अर्ब भारु 
भुटान : २४ अर्ब ५८ लाख (ऋण र अनुदान) 
श्रीलंका : १ अर्ब ५० करोड 
माल्दिभ्स : ४ अर्ब भारु 
मंगोलिया : ७ करोड भारु

करका दर हेरफेर

भारत सरकारले बुधबार ल्याएको बजेटले टेलिभिजन, मोबाइल लगायत वस्तुहरूको कर घटाएको छ भने सुन, चाँदी, सवारी साधन, विद्युतीय चिम्नी, खेलौना, साइकल लगायतमा कर बढाएको छ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को बजेटले विद्युतीय सवारी साधनका लागि बनाइने ब्याट्रीमा प्रयोग हुने सामग्री तथा औजारमा सन् २०२४ मार्च ३१ सम्म कुनै पनि भन्सार शुल्क नलाग्ने घोषणा गरेको छ।

मोबाइल फोनमा प्रयोग हुने क्यामरा लेन्समा २.५ प्रतिशत भन्सार लाग्दै आएकोमा अब नलाग्ने व्यवस्था गरिएको छ।

त्यस्तै, टेलिभिजन प्यानल बनाउन प्रयोग हुने सामग्रीको भन्सार ५ प्रतिशतबाट घटाएर २.५ प्रतिशत बनाइएको छ। विद्युतीय चिम्नीको भन्सार ७.५ बाट बढाएर १५ प्रतिशत पुर्‍याइएको छ। भारतभित्रै चिम्नीको उत्पादन बढाउन यसमा प्रयोग हुने कोइलाको भन्सार भने २० बाट घटाएर १५ प्रतिशतमा सीमित बनाइएको छ।

भारतले सवारी साधन आयात निरूत्साहित गर्न पार्टपूर्जा आयातमा भन्सार बढाएको छ। पहिले ३० प्रतिशत लाग्ने गरेकोमा बढाएर ३५ प्रतिशत पुर्‍याइएको छ।

तयारी सवारी साधन आयातमा लाग्ने भन्सार पनि बढाइएको छ। ४० हजार अमेरिकी डलरभन्दा बढी मूल्यका वा पेट्रोलबाट चल्ने तीन हजार सिसीभन्दा माथिका र डिजेलबाट चल्ने २५ सय सिसी माथिका सवारी आयातमा भन्सार शुल्क बढाएर ७० प्रतिशत पुर्‍याइएको छ। यसअघि यिनमा ६० प्रतिशत भन्सार लाग्दै आएको थियो। ४० हजार अमेरिकी डलरभन्दा बढी मूल्यका विद्युतीय सवारी साधानमा पनि यही दर लगाइएको छ।

मुलुकभित्रै सवारी साधन उत्पादनलाई बढावा दिन केही पार्टपूर्जा, टायर लगायतमा भन्सार नलाग्ने व्यवस्था गरिएको छ।

चाँदी, चाँदीका बार, अन्य धातुका गरगहनाको पनि भन्सार शुल्क बढाइएको छ। यी वस्तुमा ६.१ देखि २० प्रतिशतसम्म भन्सार लाग्ने गरेकोमा अब १० देखि २५ प्रतिशतसम्म भन्सार लाग्ने भएको छ।

साइकलमा ३० प्रतिशतबाट बढाएर ३५ प्रतिशत र खेलौनामा ६० प्रतिशतबाट बढाएर ७० प्रतिशत भन्सार शुल्क तोकिएको छ। चुरोटमा भने प्रति हजार खिलीको २ सयदेखि ६ सय भारू अन्तःशुल्क लाग्ने गरेकोमा अब २३० देखि ६९० भारू लाग्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

हर्मुजमा युद्धको उल्टोगणना: ट्रम्पको आदेशपछि अमेरिकाको नयाँ आक्रमण, इरानको कडा प्रतिशोध

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu