ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपालको प्रतिवेदन दुखैदु:खको पोको : ‘कांग्रेस घमण्डी – माओवादी सत्ताकेन्द्रित र एमाले दक्षिणपन्थी’ (पूर्णपाठ)


ABC NEWS
२१ माघ २०७९, शनिबार   ३ : ३३   बजे

उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीसहित कांग्रेस–माओवादीको गठबन्धन टुट्नुका कारणहरु औँल्याएका छन्। प्रतिवदेनमा कांग्रेसको घमण्ड र माओवादी केन्द्रको सत्ता केन्द्रित सोचले नयाँ गठबन्धन बनेको र एमालेको बक्र दृष्टिका कारण आफुहरु सत्ता बाहिर रहेको घुमाउरो पाराले उल्लेख गरेका छन् ।

अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवदेनमा देशलाई सहमतिको मार्गमा डोहोर्‍याउने वा नडोहोर्‍याउने जिम्मा प्रचण्डको हातमा रहेको दावी गरेका छन् ।नेपालले आजबाट शुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन्।

प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम–लोकतान्त्रिक गठबन्धनलाई जसरी पनि तोडिछाड्ने उद्देश्य राखेर चालबाजीपूर्ण कदम चालेको आरोप लगाएका छन् ।‘पुराना राजनीतिक दलहरूको प्रभाव केही घटेको छ। बुर्जुवा चरित्रका केही नयाँ राजनीतिक दलहरू प्रकट भएका छन्। वामपन्थी शक्तिहरू पहिलेको तुलनामा कमजोर देखिएका छन्। हाम्रो पार्टी पनि अनुमान गरिएभन्दा कमजोर देखिएको छ भन्ने मूल्यांकन प्रतिवेदनमा गरिएको छ । ‘एमाले, माओवादी, राप्रपा र रास्वपा सम्मिलित वाम–दक्षिणपन्थी गठबन्धन बनेको छ र त्यही गठबन्धनले सरकार बनाएको छ। संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षमा बसेको छ र हाम्रो पार्टी पनि प्रतिपक्षमा छ। यस ठोस परिस्थितिमा कस्तो कार्ययोजना तय गरेर अगाडि बढ्ने हो भन्ने प्रश्न खडा भएको छ।’ माधव नेपालले भनेका छन् ।

अध्यक्ष नेपालले कांग्रेसलाई पुँजीवादी वर्गचरित्रको पार्टी तर संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

नेकपा एमालेलाई दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिस्ट पार्टी भन्दै उसको वर्ग अडान स्पष्ट नभएको उल्लेख गरेका छन् । ‘दलाल पुँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीब्र गतिमा दक्षिणपन्थी हुँदै गएको छ, यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिवद्ध छैन’ उनले भनेका छन् ।

अध्यक्ष नेपालले नेकपा माअ‍ोवादी केन्द्र भने ढुलमुले चरित्रको रहेको बताएका छन् । ‘यसको पनि वर्ग अडान स्पष्ट छैन, सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको यो पार्टी शान्ति प्रक्रिया लम्बिदै गएपछि सत्ताको वरिपरि केन्द्रीय हुँदै गएको छ’ नेपालको प्रतिवेदनमा भनिएको छ ।

संविधान लोकतन्त्रप्रति प्रतिवद्ध भए पनि सत्ता स्वार्थका लागि जुनसुकै बेला कदम चाल्न सक्ने अस्थिर रहेको पनि उनले बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने अध्यक्ष नेपालले पुँजीपति वर्ग चरित्रको पार्टी भन्दै यसको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा स्पष्ट नभएको बताएका छन् ।

यो पार्टी राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोकप्रियताको नारा दिएर उदाएको अध्यक्ष नेपालले बताएका छन् । ‘सस्तो लोकप्रियतावादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिक्रियावादको सेवा गर्नेछ’ उनले भनेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले भने जनताको क्रान्तिकारी आन्दोलनले उखेलेर फ्याँकेको राजतन्त्र पुनस्र्थापना गर्न चाहेको उनले बताएका छन् ।

अध्यक्ष नेपालले श्रमजीवि वर्गको सच्चा प्रतिनिधिका रुपमा नेकपा एकीकृत समाजवादी मात्र रहेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

अध्यक्ष नेपालले अप्रत्यासित रूपमा गठबन्धन भत्कनुका कारण यसरी प्रस्तुत गरेका छन् ।

१. निर्वाचनबाट ठूलो दल बनेपछि नेपाली कांग्रेसमा शक्तिको घमण्ड बढ्नु ।
२. नेपाली कांग्रेससँग सही सूचना नहुनु र उसले गलत सूचनामा विश्वास गर्नु ।
३. केपी ओलीले उपर्युक्त वाम–लोकतान्त्रिक गठबन्धनलाई जसरी पनि तोडिछाड्ने उद्देश्य राखेर चालबाजीपूर्ण कदम चाल्नु ।
४. माओवादी केन्द्रको सत्ताकेन्द्रीत सोच र आफुलाई लाभ हुने भएपछि विचार, नीति, सिद्धान्त, दृष्टिकोण र सहयात्री साथीहरू सबै त्यागेर हिड्ने प्रवृत्ति हुनु ।

अध्यक्ष नेपालले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति तरल अवस्थामा रहेको उल्लेख गर्दै निर्वाचनपछि मुलुकमा स्थिरता कायम हुनेछ भन्ने अपेक्षा गरिएपनि त्यस विपरीत मुलुक अस्थिरतातर्पm धकेलिन सक्ने खतरा पैदा भएको उल्लेख गरेका छन् ।  निर्वाचनले संविधानको कार्यान्वयन र लोकतन्त्रको अभ्यासमा केही सकारात्मक योगदान त भएपनि अहिले त्रि–शङ्कु प्रतिनिधिसभा बनेको र यसले मुलुक अस्थिरतातर्पm धकेलिन सक्ने खतरा उत्पन्न भएको अध्यक्ष नेपालले औंल्याएका छन् ।

प्रतिवेदनमा उनले भनेका छन्– ‘अहिलेको प्रतिनिधिसभा त्रि–शङ्कु मात्र होइन खिचडी प्रकृतिको समेत छ । त्यहाँ गणतन्त्रवादी र गणतन्त्र विरोधी, सङ्घीयतावादी र सङ्घीयता विरोधी, धर्म निरपेक्षतावादी र धर्म सापेक्षतावादी, परिवर्तनकारी र पुनरुत्थानवादी, यथास्थितिवादी र अग्रगामी आदि चरित्रका राजनीतिक शक्तिहरू उपस्थित छन् ।’

प्रतिवेदनको पूर्णपाठ

Political Report for Fifth CC Meeting 2079-10-20

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group